default_image

क्रिकेट

January 24, 2019

रुस्लान डीपीएलमा छक्का क्याच गर्ने दर्शकलाई १० हजार

काठमाडौं (हाम्रो खेलकुद)– तेस्रो संकरणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट टि ट्वान्टी प्रतियोगितामा प्रत्येक खेलको पहिलो छक्का क्याच गर्ने दर्शकले १० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । क्याच एक–दुई हात दुबैको मान्य हुने आयोजक जनाएको छ । जसको प्रायोजन अजोड इन्सुरेन्स लिमिटेडले गरेको छ । बिहीबार आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) र अजोडकाबीच […]

January 24, 2019

ललितले ओडीआई डेब्यु गर्ने प्रबल सम्भावना !

सुबास हुमागाईं, दुवई युवा स्पिनर ललित नारायण राजवंशीले यूएईविरुद्ध शुक्रबार हुने पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा खेल्दै नेपालको लागि ओडीआईमा डेब्यु गर्ने सम्भावना प्रबल रहेको छ । नेपाली टोलीले बिहीबार खेलको पूर्वसन्ध्यामा प्रशिक्षण गर्दा टोलीका महत्त्वपूर्ण सदस्य रहेका भेट्रान स्पिनर वसन्त रेग्मी बिरामी रहेपछि ललितले खेल्ने सम्भावना बढेको हो । वसन्त यूएई आएदेखि ज्वरोले ग्रसित […]

January 24, 2019

सिरिज क्लिनसिट गर्ने नेपाली टोलीको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली दृष्टिबिहीन महिला क्रिकेट टोलीले पाकिस्तानमा आयोजना हुन लागेको प्रथम नेत्रहीन क्रिकेट सिरिजमा क्लिनसिट राख्ने लक्ष्य लिएको छ । टोलीलाई बिदाई गर्न आयोजना गरिएको कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक रिजन प्रजुले घरेलु टोलीविरुद्धको पाँच टी–२० सिरिज क्लिनसिट राख्ने योजना बनाएको बताएको हो । सिरिज १३ माघबाट २३ माघसम्म आयोजना हुदैछ । ‘नेपालले यो […]

January 24, 2019

‘युवा खेलाडी सक्षम छन्’ – उपकप्तान ज्ञानेन्द्र

सुबास हुमागाईं, दुवई नेपालले शुक्रबार यूएईविरुद्ध ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिज अन्तर्गत पहिलो खेल खेल्दैछ । उक्त खेलको पूर्वसन्ध्यामा बोल्दै टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले टोलीमा युवा खेलाडी भएपनि सबैले सक्षम भएर नै अवसर पाएको बताए । पछिल्लो समय नेपाली टोलीमा युवा खेलाडीले स्थान बनाउँदै आएका छन् । यसपटक टोलीमा चार नयाँ अनुहार समावेश गरिएको […]

January 24, 2019

‘जहाँ ब्याटिङ गरेपनि रन जोड्नु महत्त्वपूर्ण हुन्छ’ – कप्तान पारस

सुबास हुमागाईं, दुवई नेपालले यूएईविरुद्ध खेल्ने ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिज अन्तर्गत पहिलो खेल शुक्रबार खेल्दैछ । खेलको पूर्वसन्ध्यामा कप्तान पारस खड्काले टोलीको अवस्थाबारे विस्तृत जानकारी दिएका छन् । कप्तान खड्काले टोलीको ओपनिङ समस्यालाई सुधार्न आफ्नो नाम विकल्पको रुपमा चर्चा चलेपनि त्यसो नहुने संकेत दिएका छन् । ‘पछिल्लो समय वान डे मा तेस्रो नम्बरमा […]

January 24, 2019

परम्परागत ब्याटिङ समस्या सुधार्न नयाँ युगलाई अवसर

भूपेन्द्र जिसी, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोली यूएईसँग समान तीन ओडीआई र टि ट्वान्टीको लागि मंगलबार दुवई पुगि सकेको छ । १६ सदस्य टोलीमा अधिकांश खेलाडी युवा छन् । पारस खड्का, वसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी बाहेक सबै खेलाडी उमेरले युवा हुन् । समग्रमा भन्नुपर्दा युवा पुस्तामा नेपाली क्रिकेट हस्तान्तरण भइसकेको छ । […]

January 23, 2019

रुस्लान डीपीएल–३ लाई आइसिसीको मान्यता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संकरणको रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल) क्रिकेट टी–२० प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)को मान्यता दिएको छ । धनगढी क्रिकेट एकेडेमीले बुधबार एक विज्ञप्ति जारी गर्दै आइसीसीले मान्यता दिएको जनाएको हो । देशको क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ तीन वर्षदेखी निलम्बनमा छ । यस्तो अवस्थामा निलम्बित देशहरूमा हुने ठूला प्रतियोगिताका लागि आईसीसीबाट […]

January 23, 2019

न्युजिल्यान्डमाथि भारतको सहज जित

नेपियर (एजेन्सी) – भारतले पहिलो वान डे न्युजिल्यान्डसँगलाई ८ विकेटले हराएको छ । १ सय ५६ रनको सामान्य लक्ष्य पछ्याएको भारतले भारतले ३५ ओभरमा २ विकेट गुमाउँदै जित हासिल गरेको हो । खराब मौसमका कारण केहि समय खेल रोकिँदा १ ओभर घटाइएको खेलमा १ सय ५८ रनको लक्ष्य १ सय ५६ मा झारिएको थियो । […]

January 23, 2019

नेपाल र युएई सिरीज बीचको विजेतालाई ३ लाख!

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र संयुक्त अरब एमिरेट्स (यूएई) को क्रिकेट टोलीबीच हुने ३ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) र ३ टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरीजलाई एएनआईबीले प्रयोजन गरेको छ । युएई क्रिकेट बोर्डले आफ्नो आधिकारीक ट्विटरमा गरेको पोष्ट अनुसार एएनआईबीसँग सम्झौंता गर्दै सिरीज विजेता टोलीले १० हजार दिर्हाम पाउने छ । आजको अन्तर्राष्ट्रिय मुद्रा मुल्य १ […]

January 23, 2019

पारस पहिलो पटक रुस्लानको ब्रान्ड एम्बेसडर, ज्ञानेन्द्र र शरदको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र महत्वपूर्ण सदस्य शरद भेषवाकर रुस्लानको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । पारस पहिलो पटक रुस्लानको ब्रान्ड एम्बेसडर बनेका हुन् भने ज्ञानेन्द्र र शरद केहि वर्षयतिा रुस्लानसँग आबद्ध रहेका छन् । तीनै जनासँगको सम्झतौ एक वर्षको रहने बताइएको छ । जावलाखेल ग्रुप […]

Success

Thank you for your time.