default_image

क्रिकेट

February 9, 2023

यस्तो छ आरिफ नेपालको टोलीमा नपर्नुको कारण

काठमाडौं (हाम्रो खेलकुद)– मध्यक्रमका ब्याटर आरिफ शेख आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबिया र स्कटल्यान्डविरुद्ध खेल्ने टोलीमा छैनन् । घरेलु टोली नेपालले अन्तिम १४ सदस्य टोली घोषणा गर्दा आरिफलाई भने वैकल्पिक सूचिमा राखेको छ । नेपाली क्रिकेट टोलीका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले आरिफ टोलीमा नपर्नुको कारण बताएका छन् । दीपेन्द्र चौधरीका अनुसार आरिफ […]

February 9, 2023

धारा नेपालगन्ज म्याराथनको क्रिकेटमा सहकार्य

नेपालगन्ज (हाम्रो खेलकुद)– दौड संस्कृतिलाई बढावा दिने उद्देश्यले धारा नेपालगन्ज म्याराथनले बर्षभरि विभिन्न गतिविधि गर्ने कार्यअन्तर्गत नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगितामा सहभागी टिमसँग सहकार्य गरेको छ । मंगोलियन स्पोर्ट्स क्लबलाई जर्सी सेट प्रदान गरेर खेल संस्कृति बढाउने अभियानमा सहकार्य गरेको हो । बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीपजंग शाह, धारा नेपालगन्ज म्याराथनका सिओओ सौगातविक्रम […]

February 9, 2023

सूर्य पहिलो पटक नेपाली टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर सूर्य तामाङ पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका छन् । नेपालले मंगलबारदेखि टियु क्रिकेट मैदानमा हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको लागि नामिबिया र स्कटल्यान्डसँग खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा बायाँ हाते स्पिनर सूर्य पहिलो पटक परेका छन् । सूर्य पहिलो पटकनै बन्द […]

February 9, 2023

सन्दीपलाई समेट्दै नेपालको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले स्पिनर सन्दीप लामिछानेलाई समेट्दै आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबिया र स्कटल्यान्डसँग खेल्ने अन्तिम टोली घोषणा गरेको छ । घोषणा टोलीमा बायाँ हाते स्पिनर सूर्य तामाङ पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका छन् । सन्दीप बलात्कार आरोप लागेपछि पाँच महिनापछि नेपाली टोलीमा फर्किएका हुन् । सन्दीपलाई गत भदौमा […]

February 9, 2023

अष्ट्रेलियाविरुद्ध भारत हाबी

एजेन्सी – घरेलु टोली भारत अष्ट्रेलियासँग पहिलो टेस्ट खेलमा पहिलो दिन ब्याटिङ र बलिङ दुबैमा हाबी बनेको छ । स्पिनर जडेजाले सानदार बलिङ गर्दै अष्ट्रेलियालाई सस्तैमा अल आउट गर्दा भारतले ब्याटिङमा पनि राम्रो सुरुवात गरेको छ । पहिलो दिनको खेल सकिँदा भारत पहिलो इनिङमा एक विकेट गुमाउँदै ७७ रन बनाएको छ । भारतका ओपनर तथा […]

February 9, 2023

मयंक अग्रवालले हाने दोहोरो शतक

एजेन्सी– भारतीय ओपनर मयंक अग्रवालले रणजी ट्रफीको दोस्रो सेमिफाइनल खेलमा कर्नाटकाबाट सौराष्ट्रविरुद्ध दोहोरो शतक प्रहार गरेका छन् । चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्नाटका दोस्रो दिन पहिलो सेसनमा ४ सय ७ रनमा अल आउट भएको छ । कर्नाटका कप्तान तथा ओपनर मयंक अग्रवालले ४ सय २९ बलमा २८ चौका र ५ छक्कासहित […]

February 9, 2023

जडेजाको उत्कृष्ट बलिङसँगै अष्ट्रेलिया सस्तैमा अल आउट

एजेन्सी – चोटका कारण लामो समयपछि पूनरागमन गरेका स्पिनर रविन्द्र जडेजाको उत्कृष्ट बलिङमा भारतले पहिलो टेस्ट खेलमा अष्ट्रेलियालाई पहिलो इनिङमा १ सय ७७ रनमा अल आउट गरेको छ । नागपुरमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलिया ६३.५ ओभरमा १ सय ७७ रनमा अल आउट भयो । अष्ट्रेलियाका मार्नस लाबुसेनले १ सय २३ बलमा ८ चौकासहित […]

February 9, 2023

दोहोरो शतक प्रहार गर्ने दुबै ब्याटर भारतको बेन्चमा

एजेन्सी – भारतले दुई दोहोरो शतकधारी ब्याटर ईशान किशन र शुभमन गिललाई अष्ट्रेलियासँगको पहिलो टेस्ट खेलमा बेन्चमा राखेको छ । नागपुरमा भएको टसमा अष्ट्रेलिया कप्तान प्याट कमिन्सले टस जितेर पहिला ब्याटिङको निर्णय लिएका छन् । भारतले ओडिआई क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने दुवै युवा ब्याटरलाई अष्ट्रेलियाविरुद्ध बेन्चमा राखेको छ । गिलले तीन साताअघि न्युजिल्यान्डविरुद्ध पहिलो […]

February 9, 2023

अष्ट्रेलियाले टस जित्यो, सूर्यको डेब्यू

एजेन्सी – अष्ट्रेलियाले भारतसँगको पहिलो टेस्ट खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नागपुरमा भएको टसमा अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । भारतले सूर्यकुमार यादव र विकेटकिपर स्रिकर भरतलाई डेब्यू दिएको छ । सूर्यले सिमित ओभरको क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । भरतले […]

February 9, 2023

नेपाल आइपुग्यो स्कटल्यान्डको टोली

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न स्कटल्यान्डको टोली नेपाल आइपुगेको छ । स्कटल्यान्डको टोली विहीबार बिहान नेपाल आइपुगेको नेपाल क्रिकेट संघ (क्यान) का कोषाअध्यक्ष रोशनसिंहले जानकारी दिएका छन् । स्कटल्यान्डको टोली विहान ८: ४५ मा त्रिभुवन विमानस्थलमा आइपुगेको थियो । रोशनका अनुसार स्कटल्यान्डको टोलीले शुक्रबारदेखि मुलपानीमा अभ्यास गर्नेछ । अभ्यास […]

Success

Thank you for your time.