default_image

क्रिकेट

January 29, 2023

बटलर र ब्रुकको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिकालाई विशाल लक्ष्य

एजेन्सी – कप्तान जस बटलर र युवा ब्याटर ह्यारी ब्रुकको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई ३ सय ४३ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४२ रन बनायो । इंग्ल्यान्डका कप्तान जस बटलर ८२ बलमा ८ […]

January 29, 2023

मोन्टीको आगमनसँगै राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु

काठमाडौं(हाम्रो खेलकुद) – दुई सातापछि घरेलु मैदान टियुमा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबिया र स्कटल्यान्डसँग खेल्ने राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण सुरु गरेको छ । मुख्य प्रशिक्षकको रुपमा भारतीय मोन्टी देशाई नेपाल आएसँगै आइतबारदेखि प्रशिक्षण सुरु गरेको छ। नेपालको मुख्य प्रशिक्षकमा मोन्टी देशाई नियुक्त भने हुन सकेका छैनन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) […]

January 29, 2023

क्यानकै केन्द्रीय सदस्यहरुले मागे नेतृत्वको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का ७ केन्द्रीय सदस्यले नेपाल टि२० लिगमा भएका विविध गल्तीको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताउँदै अध्यक्षसहित कार्यसम्पादन समितिको राजीनामा माग गरेका छन् । क्यानको केन्द्रीय समितिमा रहेका ७ सदस्यले पटक पटक सचेत गराउनुका बाबजुद कार्यसमितिलाई गुमराहमा राख्दै विवादित संस्थालाई जिम्मेवारी दिएको खुलासा गरे । क्यान नेतृत्वको कार्यप्रति असन्तुष्ट […]

January 29, 2023

को हुन् नेपालका नयाँ मुख्य प्रशिक्षक मोन्टी देशाई ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकको रुपमा भारतीय मोन्टी देशाईलाई पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले विश्व क्रिकेटका उत्कृष्ट ब्याटिङ प्रशिक्षक मानिने मोन्टी देशाईलाई नेपालको मुख्य प्रशिक्षकमा ल्याएको छ । नेपाली क्रिकेट टोलीका नयाँ मुख्य प्रशिक्षक मोन्टी देशाई शनिबार नेपाल आइपुगेका छन् । तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) […]

January 28, 2023

नेपाल आइपुगे प्रशिक्षक देशाई, राखेपको कारण नियुक्तिमा ढिलाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका नयाँ मुख्य प्रशिक्षक मोन्टी देशाई शनिबार नेपाल आइपुगेका छन् । तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नियुक्तिको लागि अनुमति नदिँदा नेपाल क्रिकेट संघ (क्यान) ले हालसम्म औपचारिक रुपमा सार्वजनिक गरेको छैन । देशाई शनिबार दिउँसो १ बजे नेपाल आइपुगेका थिए । राखेपबाट नियुक्तिको लागि स्वीकृति नआएको अवस्थामा क्यानले […]

January 28, 2023

महिला यू-१९ विश्वकपः अष्ट्रेलियामाथि रोमान्चक जितसँगै इंग्ल्यान्ड फाइनलमा

एजेन्सी – इंग्ल्यान्डले दक्षिण अफ्रिकामा जारी आइसिसी महिला यू-१९ विश्वकपको दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियामाथि तीन रनको रोमान्चक जित हात पार्दै फाइनलमा पुगेको छ । पहिलो पटक भएको यू-१९ महिला विश्वकपको फाइनलमा भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । जितको लागि एक सय रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १८.४ ओभरमा ९६ रनमा अल आउट भयो । अष्ट्रेलियाकी […]

January 28, 2023

इंग्ल्यान्डमाथि दक्षिण अफ्रिकाको सानदार पूनरागमन जित

एजेन्सी – घरेलु टोली दक्षिण अफ्रिकाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डमाथि उत्कृष्ट पूनरागमन गर्दै २७ रनको जित हात पारेको छ । विश्वकप सुपर लिगमा महत्वपूर्ण १० अंक थपेको छ । जितको लागि २ सय ९९ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४४.२ ओभरमा २ सय ७१ रनमा अल आउट भयो । इंग्ल्यान्डका ओपनर जेसन रोयले ९१ बलमा […]

January 27, 2023

भारतमाथि न्युजिल्यान्डको सहज जित

एजेन्सी – न्युजिल्यान्डले पहिलो टि२० आई खेलमा घरेलु टोली भारतमाथि २१ रनको सहज जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा न्युजिल्यान्डले १–० को अग्रता लिएको छ । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो । भारतका तल्लोक्रमका […]

January 27, 2023

बन्द प्रशिक्षणमा फर्किएका ७ क्रिकेटर

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अर्को महिना घरेलु मैदान टियुमा नामिबिया र स्कटल्यान्डसँग खेल्ने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको लागि प्रारम्भिक टोली घोषणा गर्दा ७ खेलाडीले पूनरागमन गरेका छन् । युवा आक्रामक ब्याटर सिद्धान्त लोहनीले पाँच वर्षपछि सिनियर टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका छन् । सिद्धान्त ओडिआई क्रिकेटमा भने पहिलो पटक मौका पाएका छन् […]

January 27, 2023

मिचेलको उत्कृष्ट ब्याटिङमा भारतलाई चुनौतीपूर्ण लक्ष्य

एजेन्सी – मध्यक्रमका ब्याटर डर्याल मिचेलको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डले पहिलो टि२० आई खेलमा घरेलु टोली भारतलाई १ सय ७७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । राँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । न्युजिल्यान्डका डर्याल मिचेल ३० बलमा ३ चौका र ५ छक्कासहित […]

Success

Thank you for your time.