default_image

क्रिकेट

December 26, 2022

ललित र वाल्टनको उत्कृष्ट प्रदर्शनमा जनकपुरको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर चाडविक वाल्टन र स्पिनर ललित नारायण राजवंशीको उत्कृष्ट प्रदर्शनमा जनकपुर रोयल्सले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्समाथि पाँच विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।जनकपुरलाई जितको लागि अन्तिम ६ बलमा १६ […]

December 26, 2022

ललितको नेपाल टि२० लिगकै उत्कृष्ट बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर ललित नारायण राजवंशीको घातक बलिङमा विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा जनकपुर रोयल्सलाई १ सय ४१ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको विराटनगर १९.४ ओभरमा १ सय ४० रनमा अल आउट भयो । विराटनगरका सिकन्दर राजाले १८ बलमा २ चौका […]

December 26, 2022

विश्व क्रिकेटमा बन्यो दुर्लभ नयाँ कीर्तिमान

एजेन्सी – विश्व टेस्ट क्रिकेटको १ सय ४५ वर्षको इतिहासमा पहिलो पटक सुरुवाती दुबै ब्याटर स्टम्पिङ आउट भएका छन् । न्युजिल्यान्डसँगको पहिलो टेस्ट खेलमा पाकिस्तानका सुरुवाती दुबै ब्याटर स्टम्पिङ आउट हुँदै दुर्लभ कीर्तिमान बनाएका छन् । स्पिनर अजाज पटेलको चौथो ओभरको तेस्रो बलमा ओपनर अब्दुल्लाह शफिक ७ रनमा विकेटकिपर टम ब्लन्डेलबाट स्टम्पिङ आउट भए । […]

December 26, 2022

ग्रीनको सानदार बलिङमा दक्षिण अफ्रिका धरासयी

एजेन्सी – युवा अलराउन्डर क्यामरन ग्रीनको सानदार बलिङसँगै दक्षिण अफ्रिका तेस्रो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलियासँग पहिलो इनिङमा सस्तैमा आउट भएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिका ६८.४ ओभरमा १ सय ८९ रनमा अल आउट भयो । दक्षिण अफ्रिका मार्को यानसनले १ सय ३६ बलमा १० चौकासहित सर्वाधिक ५९ […]

December 26, 2022

कप्तान शाहिदीको अलराउन्ड प्रदर्शनमा फार वेस्टको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान हशमतुल्लाह शाहिदीको अलराउन्ड प्रदर्शनमा फार वेस्ट युनाइटेडले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सलाई चार विकेटले हराएको छ । फार वेस्टले पहिलो जित हात पार्दा काठमाडौंको पहिलो हार हो । जितको लागि ९९ रनको सामान्य लक्ष्य पछ्याएको फार वेस्ट युनाइटेडले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । फार वेस्टका लागि कप्तान […]

December 26, 2022

खराब ब्याटिङसँगै काठमाडौंको फार वेस्टलाई सामान्य लक्ष्य

काठमाडौं ( हाम्रो खेलकुद) – ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं नाइट्सले खराब ब्याटिङ गर्दै नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडलाई ९९ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९८ रन बनायो । काठमाडौंका लागि इंग्ल्यान्डका एलेक्स ब्लेक ३७ बलमा ५ […]

December 26, 2022

बर्ल काठमाडौंबाट खेल्दै, फार वेस्टमा दुई मात्रै विदेशी खेलाडी

काठमाडौं ( हाम्रो खेलकुद) – जिम्बावेका अलराउन्डर रयान बर्लले काठमाडौंबाट नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडविरुद्ध खेल्दैछन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । काठमाडौंले आजको खेलमा चार विदेशी खेलाडी मैदान उतारेको छ । फार वेस्ट युनाइटेड भने लगातार दोस्रो खेलमा दुई मात्रै विदेशी खेलाडी लिएर मैदान उत्रिएको छ […]

December 25, 2022

बागमतीको महिला टोलीले ङकङलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – बागमती महिला क्रिकेट टोलीले पहिलो ४० ओभरको अभ्यास खेलमा हङकङ महिला क्रिकेट क्लबलाई दुई विकेटले हराएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको २९.१ ओभरमा १ सय ७० रनमा अल आउट भयो । हङकङको टिममा राष्ट्रिय टिमकी कप्तान क्यारी चेनले २५ बलमा ४ चौका र १ छक्कासहित ३१ […]

December 25, 2022

पोखरामाथि जनकपुरको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – जनकपुर रोयल्सले नेपाल टि२० लिगमा शरद भेषावकर कप्तान रहेको पोखरा एभेन्जर्समाथि पाँच विकेटको सहज जित हात पारेको छ । पोखराको भने यो लगातार दोस्रो हार हो । जितको लागि १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले १७.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । जनकपुरका सन्दीप जोरा ३० बलमा २ […]

December 25, 2022

पोखराको नाटकीय ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा नाटकीय रुपमा ब्याटिङ गर्दा जनकपुर रोयल्सलाई १ सय ३९ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखरा १९.४ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । पोखराका ओपनर आसिफ शेख ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक […]

Success

Thank you for your time.