default_image

क्रिकेट

January 5, 2023

शानका र मेन्डिसको विष्फोटक ब्याटिङमा भारतलाई विशाल लक्ष्य

एजेन्सी – कप्तान दासुन शानका र कुशल मेन्डिसको विष्फोटक ब्याटिङमा श्रीलंकाले दोस्रो टि२० आई खेलमा घरेलु टोली भारतलाई २ सय ७ रनको विशाल लक्ष्य दिएको छ । पुणेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनायो । श्रीलंका कप्तान दासुन शानका २२ बलमा २ चौका […]

January 5, 2023

म्याथ्युको शतकमा बिग ब्यासमा एडिलेडको कीर्तिमानी जित

एजेन्सी – कप्तान म्याथ्यु शर्टको सानदार शतकमा एडिलेड स्ट्राइकर्सले बिग ब्यास लिगमा होबार्ट हरिकेन्समाथि ७ विकेटको कीर्तिमानी जित हात पारेको छ । जितको लागि २ सय ३० रनको विशाल विजयी लक्ष्य पछ्याएको एडिलेडले १९.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । एडिलेडको जितमा कप्तान म्याथ्यु शर्ट ५९ बलमा ८ चौका र ३ छक्कासहित एक सय […]

January 5, 2023

भारतका १० खेलाडी घाइते!

एजेन्सी – विश्व क्रिकेटको पावर हाउस भारतका प्रमुख खेलाडी अहिले घाइते छन् । पछिल्लो समय लगातार खेलाडी घाइते भएपछि भारत समस्यामा पर्दै आएको छ । चोटकै कारण भारतले टि२० विश्वकपमा जस्प्रित बुमराह र रविन्द्र जडेजा विना नै खेल्नु पर्यो । बुधबार भारतका मध्यक्रमका ब्याटर सन्जु स्यामसन चोटका कारण बाहिरिएका छन् । श्रीलंकासँग पहिलो टि२० आई […]

January 5, 2023

फार वेस्टसँग काठमाडौंको फराकिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – फार वेस्ट युनाइटेडले नेपाल टि२० लिगमा काठमाडौं नाइट्समाथि ८३ रनको फराकिलो जित हात पारेको छ । काठमाडौंमाथि फराकिलो जितका साथ फार वेस्टले प्लेअफ पुग्ने झिनो जितको अंक गणीतिय सम्भावना कायमै राखेको छ । जितको लागि १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ […]

January 5, 2023

केदार जाधवको उत्कृष्ट ब्याटिङ

एजेन्सी – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर केदार जाधकले रणजी ट्रफीमा महाराष्ट्रबाट आसमविरुद्ध सानदार ब्याटिङ गरेका छन् । डिआई पाटिल एकेडेमीमा महाराष्ट्रले पहिलो इनिङमा ५९४-९ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्यो । केदार जाधवले २ सय ८३ बलमा २१ चौका र १२ छक्कासहित २ सय ८३ रनको उत्कृष्ट इनिङ खेले । स्पिनर रियान परागको बलमा […]

January 5, 2023

विनोद र हश्मातुल्लाहको उत्कृष्ट ब्याटिङमा फार वेस्टलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारी र हश्मातुल्लाह शाहिदीको उत्कृष्ट ब्याटिङमा फार वेस्ट युनाइटेडले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सलाई १ सय ९८ रनको विशाल लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको फार वेस्टले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । फार वेस्टका विनोद भण्डारीले ४४ […]

January 5, 2023

खवाजा दोहोरो शतक नजिक पुग्दा अष्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान खवाजा दोहोरो शतक नजिक पुग्दा अष्ट्रेलियाले तेस्रो टेस्ट खेलमा दक्षिण अफ्रिकाविरुद्ध पहिलो इनिङमा विशाल योगफल बनाएको छ । सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले दोस्रो दिनको खेल सकिँदा ४ विकेट गुमाउँदै ४ सय ७५ रन बनाएको छ । उस्मान खवाजा ३ सय ६८ बलमा १९ चौका र १ […]

January 5, 2023

पोखरालाई हराउँदै जनकपुर प्लेअफमा

काठमाडौं (हाम्रो खेलकुद) – जनकपुर रोयल्सले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै प्लेअफमा स्थान पक्का गरेको छ । छैटौं जितका साथ जनकपुरले शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्ने सम्भावना मजबुत बनाएको छ। जितको लागि ६९ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले ९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । जनकपुरका ओपनर शराफुद्दिन अशरफले २७ बलमा […]

January 5, 2023

पोखरा ६८ रनमै अल आउट

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा एभेन्जर्स नेपाल टि२० लिगमा जनकपुर रोयल्सविरुद्ध मात्रै ६८ रनमा अल आउट भएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङकोे निम्तो पाएको पोखरा ६८ रनमा अल आउट भयो । यो नेपाल टि२० लिगमा पुरै २० ओभरको खेलमा सबैभन्दा कम योगफल हो । यसअघि ९–९ ओभरको खेलमा विराटनगर सुपर किंग्स […]

January 4, 2023

‘खेलाडीको पैसा जिम्मेवारी क्यानले लिन्छ, लिग रोकिदैन’– चन्द

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टि२० लिगमा खेलाडीहरुको पैसा आफूहरुले जिम्मेवारी लिने बताएका छन्। नेपाल टि२० लिगमा खेलाडीले पैसा नपाएपछि खेल नै रोकिने अवस्था आई रहेको अवस्थामा चन्दले उक्त प्रतिक्रिया दिएका हुन् । ‘पहिला कुरा जुनदिन देखि खेल सुरु भयो । आज झण्डै १२ औं दिन हो […]

Success

Thank you for your time.