default_image

क्रिकेट

December 25, 2022

नेपाल टि२० लिग : तीन टोलीमा मात्र नेपाली कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सुरु भएको नेपाल टि२० लिगमा सहभागी ६ मध्य तीन टोलीले मात्र नेपाली खेलाडीलाई कप्तानी सुम्पिएका छन् । शनिबारदेखि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको नेपाल टि२० लिगमा लुम्बिनी अलस्टार्स, काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सले नेपाली खेलाडीलाई कप्तानको जिम्मेवारी दिएका छन् । अन्य तीन टोलीमा विदेशी […]

December 24, 2022

‘मौसम’ परिवर्तन, ‘विशाल’ निराशा

भुपेन्द्र जिसी, काठमाडौं ड्राफ्टमा अनुबन्ध नभएका युवा लेगस्पिनर मौसम ढकाल शनिबार नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सबाट काठमाडौं नाइट्सविरुद्ध मैदान उत्रिए । पोखरा काठमाडौंसँग २६ रनले पराजित भएपनि मौसम ढकालले ४ ओभरमा ३२ रन खर्चिर १ विकेट लिए । मौसमले मलेसियाका ब्याटर विरनदीप सिंहलाई १० रनमा आउट भए । पोखराले टसको समयमा बुझाएको लिष्टमा विशाल विक्रम […]

December 24, 2022

२५ बलमै शतक हान्ने ज्याक्सलाई बेंगलोरको करोड मूल्य

एजेन्सी – इंग्ल्यान्डका युवा ब्याटिङ अलराउन्डर विल ज्याक्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले करोड मूल्यमा टोलीमा अनुबन्ध गरेको छ । मिनी अक्सनमा बेंगलोरले विल ज्याक्सलाई ३ करोड २० लाख भारुमा किन्यो । न्यूनतम मूल्य १ करोड ५० लाख भारु राखेका विल ज्याक्सलाई किन्न अक्सनमा राजस्थान रोयल्स र बेंगलोरबीच प्रतिस्पर्धा भएको थियो । […]

December 24, 2022

सामान्य लक्ष्यमै भारतको कमजोर सुरुवात, कोहलीको खराब ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – विराट कोहलीसहित शीर्षक्रमका चार खेलाडीको खराब ब्याटिङसँगै बंगलादेशले प्रस्तुत गरेको दोस्रो टेस्ट खेलमा सामान्य विजयी लक्ष्य पछ्याएको भारत समस्यामा परेको छ । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको भारत तेस्रो दिनको खेल सकिँदा २३ ओभरमा ४ विकेट गुमाउँदै ४५ रन बनाएको छ । भारतका अक्षर पटेल ५४ बलमा […]

December 24, 2022

अल स्टार्सको सानदार विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा उपाधि दाबेदार लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडलाई ६७ रनले हराउँदै सानदार विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको फार वेस्ट युनाटेड १६.२ ओभरमा ८५ रनमा अल आउट भयो । उसका लागि कप्तान हशमतुल्लाह शाहिदीले ४४ […]

December 24, 2022

इंग्ल्यान्डका तीन खेलाडीलाई आइपिएलमा ७७ करोड

एजेन्सी – टि२० विश्वकप विजेता इंग्ल्यान्डका तीन खेलाडी बेन स्टोक्स, साम करन र ह्यारी ब्रुकले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा कुल ७७ करोड नेपाली रुपैयाँमा बिकेका छन् । टि२० विश्वकपमा सानदार प्रदर्शनपछि अक्सनमा यी तीन खेलाडीमाथि धनको वर्षा भएको हो । साम करनलाई पन्जाब किंग्सले इतिहासकै सर्वाधिक १८ करोड ५० लाख भारु […]

December 24, 2022

गुलशनको आक्रामक अन्त्यमा लुम्बिनीको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – गुलशन झाको आक्रामक अन्त्यमा उपाधि दाबेदार लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगको पहिलो खेलमा फार वेस्ट युनाइटेडलाई १ सय ५३ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । लुम्बिनीको लागि ओपनर लाहिरु […]

December 24, 2022

पहिलो खेलमा चलेनन् भारतीय विश्वकप विजेता कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर करण केसीले भारतीय यू–१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्दको विकेट लिएका छन् । नेपाल टि२० लिगमा फार वेस्टर्न युनाइटेडका करण केसीले लुम्बिनी अल स्टार्सका ओपनर उन्मुक्त चन्दलाई आउट गरेका छन् । टियु एन्डबाट आएका करणले चन्दलाई विकेटकिपर विनोद भण्डारीबाट २ रनमा क्याच आउट खेले । चन्दले ७ […]

December 24, 2022

नेपाल टि२० लिगमा काठमाडौंको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर अभिनाश बोहरा र युवा अलराउन्डर आजमतुल्लाह ओमरजाईको उत्कृष्ट प्रदर्शनमा काठमाडौं नाइट्सले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सलाई २६ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १९ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । पोखराको लागि उपुल […]

December 24, 2022

रुटले पहिलो पटक आइपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – इंग्ल्यान्डका अनुवभी ब्याटर जो रुटले इन्डियन प्रिमियर लिग (आइपिएल) पहिलो पटक खेल्ने भएका छन् । शुक्रबार भएको मिनी अक्सनमा जो रुटलाई राजस्थान रोयल्सले १ करोड भारुमा किनेको छ । रुट पहिलो अक्सनमा उनलाई कुनैपनि टोलीले किनेका थिएनन् । पछि अन्तिम समयमा राजस्थानले जो रुटलाई किनेको हो । योसँगै जो रुट पहिलो […]

Success

Thank you for your time.