default_image

क्रिकेट

December 15, 2022

भारतको विशाल अग्रता

एजेन्सी – स्पिनर कुलदीप यादव र तीव्र गतिका बलर मोहम्मद शिराजको उत्कृष्ट प्रदर्शनमा भारतले पहिलो टेस्ट खेलमा घरेलु टोली बंगलादेशविरुद्ध २ सय ७१ रनको विशाल अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिँदा बंगलादेश पहिलो इनिङमा ४४ ओभरमा १३३-८ को दयनीय अवस्थामा छ । बंगलादेशका मेहिदी हसन मिराज १६ र इबादोत हुसैन १३ रनमा क्रिजमा […]

December 15, 2022

प्रभाकरको औपचारिक रुपमा राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले औपचारिक रुपमा पदबाट राजीनामा दिएका छन् । आइतबार नै क्यानबाट विदाई हुँदै सोमबार विहान भारत फर्केपनि प्रभाकरको औपचारिक राजीनामा आज आएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रभाकरको राजीनामा स्वीकृति भएको जनाएको छ । क्यानले प्रभाकरसँग आइतबार नै राजीनामा मागेको थियो । तर […]

December 15, 2022

विलियम्सनले टेस्ट कप्तानी छाडे

एजेन्सी– न्युजिल्यान्डका सर्वाधिक सफल कप्तान केन विलियम्सनले टेस्टको नेतृत्व छाड्ने भएका छन् । साविक विजेता न्युजिल्यान्ड आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ मा फाइनल दौडबाट बाहिरिएपछि विलियम्सनले पद छाड्ने निर्णय लिएका छन् । विलियम्सन न्युजिल्यान्डका सर्वाधिक सफल कप्तान हुन् । उनको कप्तानीमा न्युजिल्यान्डले ४० टेस्ट खेलमा २० मा जित, ८ ड्र र १० खेलमा पराजित भएको […]

December 14, 2022

आइपिएल अक्सन : कुन टोलीसँग कति रकम र खेलाडी बाँकी ?

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सन आगमी डिसेम्बर २३ मा कोचीमा हुँदैछ । अक्नसमा कुल ४ सय ५ खेलाडीमाथि बोली लाग्नेछ । फ्रेन्चाइज टोलीको आग्रहमा आइपिएलले ३६ खेलाडीलाई थपेको जनाएको छ । अक्सनमा २ सय ७३ भारतीय र १ सय ३२ विदेशी खेलाडी हुनेछन् । ४ खेलाडी एसोसियट देशबाट छन् । […]

December 14, 2022

पुजारा र ऐरको साझेदारीमा भारतको पूनरागमन

एजेन्सी – अनुभवी खेलाडी चेतेश्वर पुजारा र युवा ब्याटर श्रेयस ऐरको शतकीय साझेदारीमा भारत पहिलो टेस्ट खेलमा घरेलु टोली बंगलादेशविरुद्ध पूनरागमन गरेको छ । जहूर अहमेद चौधरी स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो दिनको समाप्तिमा ९० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७८ रन बनाएको छ । भारतका युवा ब्याटर श्रेयस ऐर १ […]

December 14, 2022

पुलिसले महिला प्रधानमन्त्री कप खेल्न नपाउने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबको महिला टोलीले पुषको अन्तिममा प्रदेश एकमा हुने प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने सम्भावना रहेको छ । नवौं राष्ट्रिय खेलकुदबाट घरेलु क्रिकेटमा डेब्यू गरेको पुलिसको महिला टोली खेल्ने वा नखेल्नेमा नेपाल क्रिकेट संघ (क्यान) पनि स्पष्ट छैन । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री […]

December 14, 2022

डेब्यूमै सचिनका छोरा अर्जुनको शतक

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सचिन तेन्दुलकरका छोरा अर्जुनले रणजी ट्रफीमा गोवाबाट राजस्थानविरुद्ध शतक हानेका छन् । भारतको सर्वाधिक लोकप्रिय घरेलु प्रयितोगिता रणजी ट्रफीमा गोवाले दोस्रो दिन खेल चलि रहँदा १४४ ओभरमा ६ विकेट गुमाउँदै ४ सय २२ रन बनाएको छ । प्रथम श्रेणीको डेब्यू खेल खेलेका अर्जुनले २ सय ७ […]

December 13, 2022

बंगलादेशका क्रिकेटरले विश्वकप हेर्न नपाउने

एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा अर्जेन्टिनाका प्रशिक्षक र समर्थकले बंगलादेशबाट आफ्नो टोलीले पाएको समर्थनको खुलेर प्रशंसा गरेका छन् । तर बंगलादेशका क्रिकेट खेलाडीले भने मंगलबार राती हुने क्रोएसियाविरुद्धको सेमिफाइनल खेल हेर्न नपाउने भएका छन् । बंगलादेश र भारतबीच बुधबार सुरु हुन लागेको टेस्ट सिरिजका कारण प्रशिक्षक रसेल डोमिंगोले आफ्ना खेलाडीलाई विश्वकप नहेर्न भनेका […]

December 12, 2022

प्रभाकर नेपालको प्रशिक्षक नरहने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर पदबाट हट्ने भएका छन् । स्रोतका अनुसार प्रभाकर आजै भारत फर्कंदै छन् । त्यसपछि उनी नेपाल फर्कने छैनन् । टोलीको समीकरण भद्रगोल बनाएसँगै नतिजा पनि दिन नसकेपछि आपसी समझदारीमा प्रभाकर पदबाट हट्न लागेको बुझिएको छ । पछिल्लो समय नेपालको ब्याटिङक्रम र प्लेइङ ११ निकै […]

December 10, 2022

किशनको दोहोरो शतकमा भारतको विशाल जित

एजेन्सी – ओपनर ईशान किशनको कीर्तमानी दोहोरो शतकमा भारतले तेस्रो ओडिआई खेलमा घरेलु टोली बंगलादेशमाथि २ सय २७ रनको विशाल जित हात पार्दै क्लिनस्विप हुनबाट बचेको छ । हारका बाबजुद बंगलादेशले सिरिज २–१ ले जितेको छ । जितको लागि ४ सय १० रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश ३४ ओभरमा १ सय ८२ रनमा अल […]

Success

Thank you for your time.