default_image

क्रिकेट

December 14, 2022

पुलिसले महिला प्रधानमन्त्री कप खेल्न नपाउने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबको महिला टोलीले पुषको अन्तिममा प्रदेश एकमा हुने प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने सम्भावना रहेको छ । नवौं राष्ट्रिय खेलकुदबाट घरेलु क्रिकेटमा डेब्यू गरेको पुलिसको महिला टोली खेल्ने वा नखेल्नेमा नेपाल क्रिकेट संघ (क्यान) पनि स्पष्ट छैन । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री […]

December 14, 2022

डेब्यूमै सचिनका छोरा अर्जुनको शतक

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सचिन तेन्दुलकरका छोरा अर्जुनले रणजी ट्रफीमा गोवाबाट राजस्थानविरुद्ध शतक हानेका छन् । भारतको सर्वाधिक लोकप्रिय घरेलु प्रयितोगिता रणजी ट्रफीमा गोवाले दोस्रो दिन खेल चलि रहँदा १४४ ओभरमा ६ विकेट गुमाउँदै ४ सय २२ रन बनाएको छ । प्रथम श्रेणीको डेब्यू खेल खेलेका अर्जुनले २ सय ७ […]

December 13, 2022

बंगलादेशका क्रिकेटरले विश्वकप हेर्न नपाउने

एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा अर्जेन्टिनाका प्रशिक्षक र समर्थकले बंगलादेशबाट आफ्नो टोलीले पाएको समर्थनको खुलेर प्रशंसा गरेका छन् । तर बंगलादेशका क्रिकेट खेलाडीले भने मंगलबार राती हुने क्रोएसियाविरुद्धको सेमिफाइनल खेल हेर्न नपाउने भएका छन् । बंगलादेश र भारतबीच बुधबार सुरु हुन लागेको टेस्ट सिरिजका कारण प्रशिक्षक रसेल डोमिंगोले आफ्ना खेलाडीलाई विश्वकप नहेर्न भनेका […]

December 12, 2022

प्रभाकर नेपालको प्रशिक्षक नरहने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर पदबाट हट्ने भएका छन् । स्रोतका अनुसार प्रभाकर आजै भारत फर्कंदै छन् । त्यसपछि उनी नेपाल फर्कने छैनन् । टोलीको समीकरण भद्रगोल बनाएसँगै नतिजा पनि दिन नसकेपछि आपसी समझदारीमा प्रभाकर पदबाट हट्न लागेको बुझिएको छ । पछिल्लो समय नेपालको ब्याटिङक्रम र प्लेइङ ११ निकै […]

December 10, 2022

किशनको दोहोरो शतकमा भारतको विशाल जित

एजेन्सी – ओपनर ईशान किशनको कीर्तमानी दोहोरो शतकमा भारतले तेस्रो ओडिआई खेलमा घरेलु टोली बंगलादेशमाथि २ सय २७ रनको विशाल जित हात पार्दै क्लिनस्विप हुनबाट बचेको छ । हारका बाबजुद बंगलादेशले सिरिज २–१ ले जितेको छ । जितको लागि ४ सय १० रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश ३४ ओभरमा १ सय ८२ रनमा अल […]

December 10, 2022

किशनको कीर्तिमानी दोहोरो शतकमा बंगलादेशलाई ४ सय १० रनको लक्ष्य

एजेन्सी – युवा बायाँ हाते ब्याटर ईशान किशनको दुर्लभ विश्व कीर्तिमानी दोहोरो शतकमा भारतले तेस्रो ओडिआई खेलमा घरेलु टोली बंगलादेशलाई ४ सय १० रनको विशाल लक्ष्य दिएको छ । जहुर अहमद चौधरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ४ सय ९ रन बनायो । भारतका ईशान किशनले १ सय […]

December 10, 2022

ईशान किशनको विष्फोटक दोहोरो शतक

एजेन्सी – भारतीय क्रिकेट टोलीका युवा बायाँ हाते ओपनर ईशान किशनले बंगलादेशसँगको तेस्रो ओडिआई खेलमा विष्फोटक दोहोरो शतक प्रहार गरेका छन् । किशनले १ सय २६ बलमा २३ चौका र ९ छक्कासहित २ सय रन पूरा गरेका छन् । उनी ओडिआई इतिहासमा सर्वाधिक छिटो दोहोरो शतक हान्ने खेलाडी पनि बनेका छन् । उनले वेस्टइन्डिजका विष्फोटक […]

December 8, 2022

स्कटल्यान्डसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । विहिबार विन्डोहेकमा नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य स्कटल्यान्डले २ विकेटको क्षतिमा मात्र १७ ओभरमा पूरा गर्यो । आक्रामक सुरुवात गरेको स्कटल्यान्डका लागि जर्ज मुन्सेले २८ बलमा ७ चौका र २ छक्कासहित […]

December 8, 2022

नेपालको खराब ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध खराब ब्याटिङ प्रदर्शनलाई निरन्तरता दिएको छ । सिरिजको चौथो खेलमा स्कटल्यान्डविरुद्ध टस जितेर ब्याटिङ थालेको नेपाल ३५.३ ओभरमा मात्र १ सय १९ रन जोड्दै अलआउट भएको छ । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४७ […]

December 8, 2022

नेपालले टस जित्याे, पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद) –  आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको चाैथाे तथा अन्तिमा खेलमा नेपालले स्कटल्यान्डिवरुद्व टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकाे छ । नेपाल र स्कटल्यान्डबीचकाे खेल युनाईटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा नेपाली समयअनुसार दिउँसाे १ः४५  बजेपछि हुनेछ । स्कटल्यान्डविरुद्व नेपालले बुधबार नामिवियािवरुद्धकाे टाेलीबाट एक परिवर्तन गरेकाे छ । प्रशिक्षकले कुशल भुर्तेललाई बेञ्चमा राख्दै हरि […]

Success

Thank you for your time.