default_image

क्रिकेट

November 2, 2022

कोहली र राहुलको अर्धशतकमा बंगलादेशलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर लोकेश राहुल र विराट कोहलीको अर्धशतकमा भारतले आइसिसी टि२० विश्वकपमा बंगलादेशलाई १ सय ८५ रनको विशाल लक्ष्य दिएको छ । एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । भारतका विराट कोहलीले ४४ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६४ […]

November 2, 2022

जिम्बावेमाथि नेदरल्यान्ड्सको सानदार जित

एजेन्सी – नेदरल्यान्ड्सले आइसिसी टि२० विश्वकपमा जिम्बावेमाथि पाँच विकेटको सानदार जित हात पारेको छ । सुपर १२ मा नेदरल्यान्ड्सको यो पहिलो जित हो । जितको लागि १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले ४७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन बनाए […]

November 2, 2022

बंगलादेशमाथि जित्नै पर्ने दबाबमा भारत

एजेन्सी – भारतले आइसिसी टि२० विश्वकपमा आज बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा एडिलेड ओेभलमा सुरुहुनेछ । भारतलाई शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न यो खेल जित्नै पर्ने दबाब छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई चार विकेट र नेदरल्यान्ड्सलाई ५६ रनले हराएको थियो । तर दक्षिण अफ्रिकासँग ५ विकेटले पराजित […]

November 2, 2022

आलोचकलाई अंकितको शतकीय जवाफ

काठमाडौं (हाम्रो खेलकुद) – शतक कुनैपनि खेलाडीको लागि विशेष हुन्छ । जुनसुकै टोली, खेल वा प्रतियोगिता होस्, कुनैपनि ब्याटर क्रिजमा प्रवेश गर्दा ठूलो इनिङ र टोलीको भूमिका निर्वाह गर्न उत्रिएका हुन्छन् । अझ ओपनरको लक्ष्य र भूमिका लामो इनिङ खेल्नु हुन्छ । जुन निकै कमले पूरा गर्दछन् । राष्ट्रिय प्रतियोगिताको शतकको महत्व भिन्न हुन्छ । […]

November 1, 2022

नेरीको अर्धशतकमा नेपाली टोलीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी अनुभवी ब्याटर नेरी थापाको अर्धशतकमा क्यान ११ ले मेरिलेबोन क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ । योसँगै सिरिज उपाधि पनि नेपाली महिला क्रिकेट टोली सम्मिलित क्यान ११ ले जितेको छ जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको क्यान ११ ले ३९ ओभरमा ८ विकेट […]

November 1, 2022

न्युजिल्यान्डमाथि उत्कृष्ट जितसँगै इंग्ल्यान्ड सेमिफाइनल नजिक

एजेन्सी – इंग्ल्यान्डले आइसिसी टि२० विश्वकपमा न्युजिल्यान्डलाई २० रनले हराउँदै सेमिफाइनल नजिक पुगेको छ । सुपर १२ को समूह ए मा दोस्रो जितका साथ इंग्ल्यान्डले सेमिफाइनल सम्भावना बलियो बनाएको हो । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । न्युजिल्यान्डको लागि […]

November 1, 2022

सन्दीपका विषयमा थुनछेकको टुंगो भोली लाग्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेको जिल्ला अदालत काठमाडौंमा मंगलबार बयान गराइएको छ । सोमबार अभियोजन पत्र दायर भएपछि मंगलबारबाट उनको मुद्दामा सुनुवाई सुरु भएको हो । जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा यो मुद्दाको सुनुवाई भइरहेको हो। पहिलो दिन मंगलबार सन्दीपको बयान गराइएको छ । उनलाई पुर्पक्षका लागि थुनामा […]

November 1, 2022

बागमतीमाथि प्रदेश एकको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अंकित सुवेदीको शतक र सिद्धान्त लोहनीको विष्फोटक ब्याटिङमा प्रदेश एकले प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशमाथि ६९ रनको सानदार जित हात पारेको छ । बागमतीको यो लगातार दोस्रो हार हो । जितका लागि ३ सय ५ रनको विशाल विजयी लक्ष्य पछ्याएको बागमती प्रदेश ४५.५ ओभरमा २ सय ३५ रनमा […]

November 1, 2022

बटलरको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डलाई बलियो लक्ष्य

एजेन्सी – कप्तान जस बटलरको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले आइसिसी टि२० विश्वकपमा न्युजिल्यान्डलाई १ सय ८० रनको बलियो लक्ष्य दिएको छ । ब्रिस्बेनमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । इंग्ल्यान्डका जस बटलरले ४७ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७३ रनमा रन आउट […]

November 1, 2022

एपिएफ १० विकेटले विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराएको छ । समूह ए मा रहेको एपिएफ लगातार दोस्रो जितसँगै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । जितको लागि ६८ रनको विजयी लक्ष्य पछ्याएको एपिएफ ११.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको छ । एपिएफको जितमा आसिफ शेख ३२ […]

Success

Thank you for your time.