default_image

क्रिकेट

July 10, 2022

मलान र लिभिङस्टोन चम्कँदा भारतलाई विशाल लक्ष्य

एजेन्सी – डेविड मलान र लियाम लिभिङस्टोन चम्कँदा इंग्ल्यान्डले तेस्रो टि२० आई खेलमा भारतलाई २ सय १६ रनको विशाल लक्ष्य दिएको छ । नोटिङ्घममा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १५ रन बनायो । इंग्ल्यान्डका डेविड मलानले ३९ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७७ रन […]

July 10, 2022

चान्डिमलको शतकमा अष्ट्रेलियाविरुद्ध श्रीलंकाको अग्रता

एजेन्सी – मध्यक्रमका ब्याटर दीनेश चान्डिमलको शतकमा घरेलु टोली श्रीलंकाले दोस्रो टेस्ट खेलमा अष्ट्रेलियाविरुद्ध पहिलो इनिङमा अग्रता लिएको छ । तेस्रो दिनको समाप्तिमाा श्रीलंका पहिलो इनिङमा ४३१-६ को बलियो अवस्थामा छ । श्रीलंकाले ६७ रनको अग्रता लिएको छ । दीनेश चान्डिमल २ सय ३२ बलमा ९ चौका र १ छक्कासहित १ सय १८ रनमा अविजित […]

July 10, 2022

टेक्टरको शतकमा न्युजिल्यान्डलाई बलियो लक्ष्य

एजेन्सी – मध्यक्रमका युवा ब्याटर ह्यारी टेक्टरको शतकमा आयरल्यान्डले पहिलो ओडिआई खेलमा न्युजिल्यान्डलाई ३ सय १ रनको बलियो लक्ष्य दिएको छ । द भेलेज डुब्लिनमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय रन बनायो । आयरल्यान्डका ह्यारी टेक्टरले १ सय १७ बलमा १४ चौका र ३ छक्कासहित सर्वाधिक […]

July 10, 2022

रितले न्युजिल्यान्डमा क्रिकेट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा स्टार रित गौतमले न्युजिल्यान्डमा क्रिकेट खेल्ने भएका छन् । नेपाली क्रिकेट इतिहासमा उमेर समूहमा दुई शतक प्रहार गर्ने एक्लो क्रिकेटर समेत रहेका रितले न्युजिल्यान्डको प्रमुख घरेलु प्रतियोगिता खेल्ने भएका छन् । रितलाई न्युजिल्यानडको गिजर सिटी क्रिकेट क्लबले आगमी ६ महिनाको सिजनको लागि टोलीमा अनुबन्ध गरेको हो । […]

July 10, 2022

इंग्ल्यान्डमाथि क्लिनस्विप गर्ने सोचमा भारत

एजेन्सी – भारतले इंग्ल्यान्डसँगको तेस्रो अन्तिम टि२० आई खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : १५ मा ट्रेन्ट ब्रिज नोटिङ्घममा सुरु हुँदै छ । पहिलो खेलमा भारत ५० रन र दोस्रो खेलमा ४९ रनले विजयी हुँदै सिरिज एक खेल अगावै जितेको छ । सिरिज जितेको भारत क्लिनस्विप गर्ने सोचमा हुनेछ । घरेलु टोली […]

July 9, 2022

सानदार जितसँगै भारतलाई एक खेल अगावै सिरिज

एजेन्सी – भारतले दोस्रो टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डमाथि ४९ रनको सानदार जित हात पारेको छ । योसँगै भारतले तीन टि२० आई खेलको सिरिज एक खेल अगावै जितेको छ । जितको लागि १ सय ७१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १७ ओभरमा १ सय २१ रनमा अल आउट भयो । इंग्ल्यान्डका मोईन अलीले […]

July 9, 2022

ग्लीसन र जोर्डनको सानदार बलिङमा इंग्ल्यान्डलाई मध्यम लक्ष्य

एजेन्सी – तीव्र गतिका बलर रिचर्ड ग्लीसन र क्रिस जोर्डनको सानदार बलिङसँगै भारतले दोस्रो टि२० आई खेलमा इंग्ल्यान्डलाई १ सय ७१ रनको मध्यम लक्ष्य दिएको छ । बर्मिंघममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७० रन बनायो । भारतका रविन्द्र जडेजा २९ बलमा ४ चौकासहित सर्वाधिक ४६ […]

July 9, 2022

अष्ट्रेलियाविरुद्ध श्रीलंकाको मजबुत ब्याटिङ

एजेन्सी – घरेलु टोली श्रीलंकाले दोस्रो टेस्ट खेलमा अष्ट्रेलियाविरुद्ध पहिलो इनिङमा मजबुत ब्याटिङ गरेको छ । दोस्रो दिनको समाप्तिमाा श्रीलंका पहिलो इनिङमा ६३ ओभरमा १८४/२ को अवस्थामा छ । श्रीलंकाका कुशल मेन्डिस १ सय ५२ बलमा ९ चौकासहित ८४ रनमा अविजित छन् । अनुभवी खेलाडी एन्जिलो म्याथ्युज ३६ बलमा ६ रनमा अविजित छन् । श्रीलंका […]

July 8, 2022

स्मिथ र लाबुसेनको शतकमा अष्ट्रेलियाको मजबुत ब्याटिङ

एजेन्सी – शीर्षक्रमका ब्याटर मार्नस लाबुसेन र स्टिभ स्मिथको शतकमा अष्ट्रेलियाले श्रीलंकासँगको दोस्रो टेस्ट खेलमा पहिलो दिन मजबुत ब्याटिङ गरेको छ । पहिलो दिनको समाप्तिमा गाले अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर ९० ओभरमा २९८–५ को अवस्थामा छ । स्टिभ स्मिथ २ सय १२ बलमा १४ चौकासहित १ सय ९ रनमा अविजित छन् । स्मिथको यो टेस्ट […]

July 8, 2022

रोहितको कप्तानीमा दुर्लभ कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि२० आई खेलमा दुर्लभ कीर्तिमान बनाएका छन् । रोहितले बिहीबार राती इंग्ल्यान्डलाई पहिलो टि२० आई खेलमा ५० रनले हराउँदै लगातार १३ खेल जित्ने पहिलो कप्तान बनेका छन् । रोहित टि२० आईमा लगातार १३ खेल जित्ने पहिलो कप्तान हुन् । गत नोभेम्बरमा टि२० विश्वकपपछि विराट कोहलीले कप्तानी छाडेपछि […]

Success

Thank you for your time.