default_image

क्रिकेट

May 16, 2022

नेपाललाई युगान्डाको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – युगान्डाले पहिलो महिला टि२० आई खेलमा घरेलु टोली नेपाललाई १ सय ३ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रन बनायो । युगान्डाकी जेनेत म्बाबाजीले ३८ बलमा ३ चौकासहित सर्वाधिक २९ रन बनाइन् । […]

May 16, 2022

युगान्डाविरुद्ध नेपालको कसिलो बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले युगान्डासँगको पहिलो महिला टि२० आई खेलमा कसिलो बलिङ गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको युगान्डा महिला टोलीले १३ ओभरमा ३ विकेट गुमाउँदै ५६ रन बनाएको छ । नेपाललाई तीव्र गतिकी बलर कविता कुँवरले पहिलो ओभरमै सफलता दिलाएकी थिइन् । कविताको तेस्रो बलमा ओपनर लिओना बबेरीलाई […]

May 16, 2022

नेपालको राम्रो सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले युगान्डासँगको पहिलो महिला टि२० आई खेलमा राम्रो सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको युगान्डा महिला टोलीले ३ ओभरमा १ विकेट गुमाउँदै ९ रन बनाएको छ । नेपाललाई तीव्र गतिकी बलर कविता कुँवरले पहिलो ओभरमै सफलता दिलाएकी थिइन् । कविताको तेस्रो बलमा ओपनर लिओना बबेरीलाई […]

May 16, 2022

नेपालले टस जित्यो, अस्मिनाको डेब्यू

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले युगान्डासँगको पहिलो महिला टि२० आई खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् । नेपालले आजको खेलमा तीव्र गतिकी बलर अस्मिना कर्माचार्यलाई डेब्यू दिएको छ । अस्मिना बागमती प्रदेशको कप्तान हुन् । घरेलु […]

May 16, 2022

युगान्डाविरुद्ध सिरिज आजदेखि, प्रवेश निशुल्क

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले अफ्रिकी राष्ट्र युगान्डाविरुद्ध ५ खेलको टि२० अन्तर्राष्ट्रिय सिरिज आजबाट खेल्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला टोलीको पहिलो अन्तर्राष्ट्रिय घरेलु सिरिजका लागि प्रवेश निशुल्क गरेको छ । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ । नेपाली टोलीले सिरिजका लागि १६ सदस्यीय अन्तिम टोलीको […]

May 16, 2022

लखनउमाथि राजस्थानको जित

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा लखनउ सुपर जाइन्ट्सलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा राजस्थानले लखनउलाई २४ रनले पराजित गर्दै दोस्रो स्थानमा उक्लिन सफल भएको छ । राजस्थानले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन […]

May 16, 2022

सीता सम्मिलित टोर्नाडोस फेयर ब्रेक च्याम्पियन

एजेन्सी – नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्व उपकप्तान सीता राना मगरसम्मिलित टोर्नाडोस वुमन्स फेयर ब्रेक इन्भिटेसनल क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा फाल्कोन्स वुमन्सलाई ८ विकेटले हराउँदै टोर्नाडोस च्याम्पियन बनेको हो । फाल्कोन्सले दिएको १ सय ५२ रनको लक्ष्य टोर्नाडोसले १९ ओभर १ बलमा २ विकेट गुमाएर पूरा ग¥यो […]

May 15, 2022

इन्दु राष्ट्रिय टोलीको उपकप्तान नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानमा ब्याटर इन्दु वर्मालाई नियुक्त गरेको छ । सिता रानामगरको स्थानमा इन्दुलाई उपकप्तान नियुक्त गरिएको हो । सोमबारदेखि सुरु हुने युगान्डाविरुद्धको टि२० सिरिजका लागि घोषित टोलीमा रहेपनि सिता हाल दुबईमा जारी फेयरब्रेक आमन्त्रण प्रतियोगिता खेलिरहेकी छिन् । उनले टोलीका लागि प्रभावशाली […]

May 14, 2022

अस्मिना र हिरान्मायेलाई पहिलो पटक समेट्दै नेपालको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले तीव गतिकी बलर अस्मिना कर्माचार्य र स्पिनर हिरान्माये रोयलाई पहिलो पटक समेट्दै युगान्डासँग खेल्ने पाँच वुमन्स महिला टि२० आई सिरिज खेल्ने टोली घोषणा गरेको छ । रुविनाको कप्तानीमा घोषणा १६ सदस्य टोलीमा दुई युवा खेलाडी बाहेक अन्य भने सबै पूरानै अनुहार रहेका छन् ।अस्मिना बागमती प्रदेशको कप्तानी गर्दै आएकी छिन् । […]

May 14, 2022

पन्जाबसँगको हारले बेंगलोरको प्लेअफ कठिन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरको प्लेअफ यात्रा कठिन बनेको छ । शुक्रबार राती पन्जाब किंग्ससँग ५४ रनले पराजित भएसँगै बेंगलोरले सहजै प्लेअफमा पुग्ने अवसर गुमाएको छ । जितको लागि २ सय १० रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो […]

Success

Thank you for your time.