default_image

क्रिकेट

April 15, 2022

रुटले कप्तानी छाडे

एजेन्सी – इंग्ल्यान्डका वर्तमान समयका उत्कृष्ट ब्याटर जो रुटले टेस्ट टोलीको कप्तानी छाड्ने भएका छन् । पछिल्लो समय इंग्ल्यान्डले अष्ट्रेलिया र वेस्टइन्डिजसँगको सिरिज गुमाएपछि रुटले पद छाड्ने निर्णय लिएका हुन् । २०१७ मा एलिष्टर कुकले कप्तानी छाडेपछि रुट इंग्ल्यान्डको टेस्टको नेतृत्व सम्हाल्लेका थिए । तर गत डिसेम्बर जनवरीमा अष्ट्रेलियासँग पाँच एसेज सिरिजमा ४–० को हार […]

April 15, 2022

कोलकातालाई विलियम्सनको चुनौती

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २५ औं खेलमा आज सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा ब्रेबोन स्टेडियम मुम्बईमा सुरुहुनेछ । कोलकाता चौथो जितका साथ शीर्षस्थानमा उक्लिने सोचमा छ । हैदराबाद तेस्रो जितका साथ दोस्रो स्थानमा उक्लिन चाहन्छ । युवा ब्याटर […]

April 14, 2022

हार्दिकको सानदार ब्याटिङमा राजस्थानलाई कठिन लक्ष्य

एजेन्सी – कप्तान हार्दिक पान्ड्याको सानदार ब्याटिङमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २४ औं खेलमा राजस्थान रोयल्सलाई १ सय ९३ रनको कठिन लक्ष्य दिएको छ । डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङ थालेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९२ रन बनायो । हार्दिक पान्ड्या ५२ बलमा ८ […]

April 14, 2022

रुपन्देही र मलेसिया फाइनलमा

एजेन्सी – रुपन्देही–११ र मलेसिया–११ भैरहवामा जारी प्रो क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । बिहीबार रुपन्देहीले सिनियर टोलीका खेलाडीको बाहुल्यता भएको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेट र मलेसियाले उत्तर प्रदेश–११ क्लबलाई १४ रनले हराउँदै फाइनलमा स्थान बनाएका हुन् । पहिलो सेमिफाइनलमा भिजेको आउटफिल्डको कारण मलेसिया र उत्तर प्रदेशबीचको खेल ५–५ ओभरमा झारिएको […]

April 14, 2022

खेलाडी र खेलकर्मीलाई विभूषण र पदक

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यसहित खेलाडी, खेलकर्मी विभूषित भएका छ । गत वर्ष असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा आयोजित कार्यक्रममा प्रदान गरेकी थिइन् । आयशासँगै कोरियाली तेक्वान्दो प्रशिक्षक क्वन योङ दाल, नेपाल क्रिकेट संघ (क्यान) […]

April 14, 2022

घरेलु टोली नामिबिया युगान्डासँग स्तब्ध

एजेन्सी – घरेलु टोली नामिबिया युगान्डासँगको दोस्रो एकदिवसिय खेलमा ३ विकेटले पराजित भएको छ । योसँगै दुई एकदिवसिय सिरिज १–१ को बराबरीमा सकिएको छ । जितका लागि २ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको युगान्डाले ४९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । युगान्डाको जितमा ओपनर सिमोन सेसाजीले ८६ बलमा ७ चौका र ३ छक्कासहित […]

April 14, 2022

नेपाली क्रिकेट-उथलपुथलले भरिएको वर्ष

भुपेन्द्र जिसी,काठमाडौं नेपाली क्रिकेट २०७८ सालमा मैदान भित्र र बाहिर निकै चर्चाको विषय बन्यो । नेपालले वैशाखमा घरेलु मैदान टियुमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टि२० आई सिरिज खेल्दै वर्षको सुरुवात गरेको थियो । टियुमै मलेसिया र पपुवा न्युगिनीविरुद्ध त्रिकोणात्मक टि२० आई सिरिज जित्दै वर्ष अन्त्य गर्यो । सुरुवात र अन्त्य उपाधिका साथ भयो । यसबीचमा […]

April 13, 2022

ब्रेभिसको विष्फोटक ब्याटिङका बाबजुद मुम्बईको लगातार पाँचौं हार

एजेन्सी – युवा स्टार डेवाल्ड ब्रेभिसको विष्फोटक ब्याटिङको बाबजुद मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्ससँग १२ रनले पराजित भएको छ । सर्वाधिक सफल टोली मुम्बईको जारी सिजनमा लगातार पाँचौं हार हो । १ सय ९९ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८६ रन बनायो […]

April 13, 2022

मुम्बईलाई पन्जाबको विशाल लक्ष्य

एजेन्सी – ओपनर शिखर धवन र मयंक अग्रवालको अर्धशतकमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २३ औं खेलमा मुम्बई इन्डियन्सलाई १ सय ९९ रनको विशाल लक्ष्य दिएको छ । महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९८ रन बनायो । पन्जाबका […]

April 13, 2022

श्रीलंकन वसन्था जिएचसिएको ब्याटिङ कन्सल्टेन्ट

काठमाडौं (हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमीले श्रीलंकाका मिहिराज वसन्थालाई कन्सल्टेन्ट प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । आइसिसीका थ्रि लेभलका प्रशिक्षक वसन्थाले श्रीलंका, दुबई, इंग्ल्यान्ड र भारतमा गरि १५ वर्ष प्रशिक्षकको रुपमा काम गरेको छ । बेंगलोरमा रहेको शिन्स क्रिकेट एकेडेमीमा मुख्य प्रशिक्षकको रुपमा काम गरि सकेका छन् । जिएचसिएमा उनले मे देखि जुलाई […]

Success

Thank you for your time.