default_image

क्रिकेट

May 2, 2022

टियुमा भारी वर्षा, खेल हुने सम्भावना न्यून

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र जिम्बावे ए बीचको दोस्रो टि२० अभ्यास खेल भारी वर्षाको कारण पुन सुरु हुने सम्भावना कम बनेको छ । अम्पायर वियन कुमार झा र राम पाण्डेले मैदान निरिक्षण गर्दै दुई ओभर झारेर खेल दिउँसो २ : २० मा सुरु हुने जानकारी दिएका थिए । केहि समयमा पुन भारी वर्षा भएको […]

May 2, 2022

वर्षा रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा वर्षा रोकिएको छ । योसँगै नेपाल र जिम्बावे ए बीचको दोस्रो टि२० अभ्यास खेल चाँडै सुरु हुने सम्भावना देखिन्छ । अहिले टियुका मैदानका कर्माचारीले कभर हटाएर पानी सुकाउन लागेका छन् । टियुमा घाम लागेको छ । पुन वर्षा नभएको खण्डमा खेल चाँडैनै सुरु हुने सम्भावना देखिन्छ । त्यसअघि […]

May 2, 2022

नेपालले टस जित्यो, टोलीमा एक परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे एसँग तीन टि२० अभ्यास खेल अन्तर्गत दोस्रो खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । आरिफ शेखको स्थानमा नेपालले भीम सार्कीलाई मौका […]

May 2, 2022

नेपालले जिम्बावे ए सँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे एसँग तीन टि२० अभ्यास खेल अन्तर्गत आज दोस्रो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल जितका साथ तीन खेलको सिरिज १–१ को बराबरी गर्ने सोचमा हुनेछ । जिम्बावे लगातार दुई खेलका साथ एक खेल अगावै सिरिज जित्ने सोचमा हुनेछ । […]

May 1, 2022

धोनी कप्तानमा फर्किदा चेन्नई विजयी

एजेन्सी – विश्व क्रिकेटका एक सफल कप्तान महेन्द्रसिंह धोनी कप्तानमा फर्किदा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सनराइजर्स हैदराबादलाई १३ रनले पराजित गरेको छ । तेस्रो जितसँगै चेन्नईले प्लेअफको अंक गणतीतिय सम्भावना कामयै राखेको छ । जितको लागि २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै […]

May 1, 2022

धोनीको पुनरागमन कप्तानीमा चेन्नईको सानदार ब्याटिङ

एजेन्सी – ओपनर ऋतुराज गायकवाड र डेभन कन्वेको सानदार ब्याटिङको सहयोगमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सनराइजर्स हैदराबादलाई २ सय ३ रनको विशाल लक्ष्य दिएको छ । महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय २ रन बनायो । चेन्नईका […]

May 1, 2022

मोहसिनको उत्कृष्ट बलिङमा लखनऊले दिल्लीलाई हरायो

एजेन्सी – युवा तीव्र गतिका बलर मोहसिन खानको उत्कृष्ट बलिङमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दिल्ली क्यापिटल्समाथि ६ रनको जित हात पारेको छ । लखनऊ सात खेलमा जितका साथ दोस्रो स्थानमा उक्लिएको छ । जितको लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ […]

May 1, 2022

नेपालमा जिम्बावे ए को विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान टोनी मुनयोङ्गा र तडिवानाशे मरुमानीको अर्धशतकमा जिम्बावे ए घरेलु टोली नेपालमाथि पहिलो टि२० अभ्यास खेलमा ६ विकेटको सानदार जित हात पारेको छ । जितका लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । जिम्बावेका ओपनर तडिवानाशे मरुमानी ४१ बलमा ३ चौका र […]

May 1, 2022

जिम्बावे ए का कप्तान टोनीको नेपालविरुद्ध विष्फोटक अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावे ए का कप्तान टोनी मुनयोङ्गाले नेपालसँगको पहिलो टि२० अभ्यास खेलमा विष्फोटक अर्धशतक पूरा गरेका छन् । टियु क्रिकेट मैदानमा १ सय ८२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा जिम्बावेले १४.२ ओभरमा २ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको छ । जिम्बावेका कप्तान टोनी मुनयोङ्गा २३ बलमा ७ छक्कासहित ५० रनमा आउट […]

May 1, 2022

आदिलको आक्रामक ब्याटिङमा जिम्बावे ए लाई नेपालको बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – फिनिसर आदिल अन्सारीको आक्रामक ब्याटिङमा नेपालका पहिलो टि२० अभ्यास खेलमा जिम्बावे ए लाई १ सय ८२ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । नेपालका आदिल अन्सारी २७ बलमा ४ चौका र […]

Success

Thank you for your time.