default_image

क्रिकेट

November 27, 2021

गण्डकीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले काठमाडौंमा जारी यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । गण्डकीले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली २८ ओभरमा १ सय १३ रनमा अल आउट भयो । कर्णालीका प्रकाश जैशीले ३५ बलमा ३ […]

November 26, 2021

प्रदेश २ लाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब बारामा जारी हरपुर क्रिकेट च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । एपिएफले पहिलो सेमिफाइनलमा प्रदेश २ लाई १४ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । टस जितेर पहिला ब्याटिङ थालेको एपिएफले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १३ बनायो । एपिएफका युवा अलराउन्डर दीपक बोहराले ३१ बलमा २ […]

November 26, 2021

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामी र स्पिनर साहब आलमको उत्कृष्ट बलिङमा त्रिभुवन आर्मी क्लब बारामा जारी हरपुर क्रिकेट च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । आर्मीले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ५३ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै […]

November 26, 2021

देवको कप्तानी इनिङ्समा लुम्बिनीको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान देव खनालको कप्तानी इनिङ्समा लुम्बिनी प्रदेशले यू१९ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४० रन बनाएको थियो । सुदूरका लागि नवौं नम्बरमा ब्याटर नारायण जोशीले ७४ […]

November 26, 2021

युएईको सानदार जितले नेपाललाई दबाब

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली युएईले कुवेतमाथि सानदार जित निकाल्दै नेपाललाई दबाब थपेको छ । कुवेतले प्रस्तुत गरेको ७७ रनको लक्ष्य युएईले ६ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । उक्त सानदार जितले युएईले नेटरनरेटमा नेपाललाई पछि पारेको छ । युएई ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा छ […]

November 26, 2021

भारतविरुद्ध न्युजिल्यान्डको उत्कृष्ट ब्याटिङ

एजेन्सी – न्युजिल्यान्डले घरेलु टोली भारतविरुद्ध पहिलो टेस्टको पहिलो इनिङमा उत्कृष्ट ब्याटिङ गरेको छ । दोस्रो दिनको समाप्तिमा न्युजिल्यान्डले ५७ ओभरमा कुनै विकेट नगुमाई १ सय २९ रन बनाएको छ । समग्रमा पाहुना टोली न्युजिल्यान्ड २ सय १६ रनले पछि छ । न्युजिल्यान्डका ओपनर विल योंगले १ सय ८० बलमा १२ चौका प्रहार गर्दै ७५ […]

November 26, 2021

सोनुको शतकमा प्रदेश १ को लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर सोनु अन्सारीको शतकमा प्रदेश १ ले काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ । प्रदेश १ ले प्रदेश २ लाई ७ विकेटले हराउँदै शीर्ष स्थान कायमै राखेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश दुई ४८.२ ओभरमा २ सय ११ रनमा […]

November 26, 2021

मलेसियालाई हराउँदै नेपाल शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई ६ विकेटले हराउँदै शीर्षस्थानमा उक्लिएको छ । यो जितसँगै नेपालको शीर्ष स्थानमा रहँदै आगमी वर्ष हुने टि२० विश्वकप ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनेको छ । जितको लागि ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालकी […]

November 26, 2021

नेपाललाई मलेसियाको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियाले नेपाललाई ९३ रनको मध्यम लक्ष्य दिएको छ । आइसिसी एकेडेमी दुबईमा टस हारेर ब्याटिङ निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन बनायो । मलेसियाकी एल्सा हन्टर ४८ बलमा ४ चौका सहित सर्वाधिक ३९ रनमा रनमा अविजित रहिन् । पहिलो […]

November 26, 2021

पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – युएईमा जारी आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आफ्नो चौथो खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबईमा नेपालको कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् । ६ टोलीबीच सिंगल राउन्ड रोबिनको आधारमा चलेको यस प्रतियोगिता विजेताले आगमी वर्ष हुने टि२० ग्लोबल छनोट […]

Success

Thank you for your time.