default_image

क्रिकेट

November 7, 2021

न्युजिल्यान्डलाई सजिलै सेमिफाइनलमा पुग्ने अवसर

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह २ मा न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाउन अफगानिस्तानसँग खेल्दै छ । आफ्नो समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्ड अफगानिस्तानलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गराउन चाहन्छ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा सुरुहुनेछ । आजको खेलमा न्युजिल्यान्ड विजयी हुँदा […]

November 6, 2021

दक्षिण अफ्रिका जितका बाबजुद बाहिरियो, इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा

एजेन्सी – दक्षिण अफ्रिका आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ समूह १ बाट नेटरनरेटको कारण समूह चरणबाट बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई १० रनले पराजित गरेपनि समूह चरणबाटै बाहिरिएको छ । इंग्ल्यान्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिकाको समान ८ अंक भएपनि नेटरनरेटको आधारमा दक्षिण अफ्रिका शीर्ष दुईमा पर्न सकेन । […]

November 6, 2021

अष्ट्रेलिया टि२० विश्वकपको सेमिफाइनलमा

एजेन्सी – अष्ट्रेलिया आइसिसी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समूह १ को अन्तिम खेल इंग्ल्यान्ड र दक्षिण अफ्रिका नतिजा आफू अनुकुल आएपछि सेमिफाइनलमा स्थान पक्का गरेको हो । अष्ट्रेलिया सुपर १२ को समूह १ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेल्ने भएको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ […]

November 6, 2021

डुसेन र माक्ररमको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डलाई बलियो लक्ष्य

एजेन्सी – दक्षिण अफ्रिाकाले आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह १ को अन्तिम खेलमा इंग्ल्यान्डलाई १ सय ९० रनको लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८९ रन बनायो । दक्षिण अफ्रिकाका लागि शीर्षक्रमका अनुभवी ब्याटर रास्सी […]

November 6, 2021

वेस्टइन्डिजमाथि अष्ट्रेलियाको सानदार जित

एजेन्सी – ओपनर डेविड वार्नर र शीर्षक्रमका ब्याटर मिचेल मार्शको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप २०२१ मा वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको छ । सुपर १२ को समूह १ मा रहेको अष्ट्रेलियाले वेस्टइन्डिजमाथि सानदार जितका साथ सेमिफाइनल नजिक पुगेको छ । सेमिफाइनलको लागि अष्ट्रेलियाले आज हुने दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको नतिजा पर्खनु पर्छ । […]

November 6, 2021

अष्ट्रेलियालाई वेस्टइन्डिजको मध्यम लक्ष्य

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सुपरर १२ समूह १ मा रहेको वेस्टइन्डिजले अष्ट्रेलियालाई १ सय ५८ रनको मध्यम विजयी लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । वेस्टइन्डिजका कप्तान काइरन पोलार्डले ३१ बलमा ४ चौका र […]

November 6, 2021

बंगलादेशमा नेपाली महिला टोली विजयी

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोट अघि बंगलादेश भ्रमणमा रहेको नेपाली महिला टोलीले पहिलो अभ्यास खेलमा विजयी भएको छ । नेपाली महिला टोलीले बंगलादेश क्रिरा शिक्षा प्रतिष्ठान (बिकेएसपि) लाई २४ रनले पराजित गरेको छ । ढाकामा टस जितेर पहिला ब्याटिङ थालेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै कुल […]

November 6, 2021

टि२० विश्वकपमा इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच महत्वपूर्ण खेल हुँदै

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ को समूह १ को अन्तिम खेलमा आज इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ ः४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । इंग्ल्यान्ड ४ खेलमा ४ मानै जितका साथ ८ अंक जोड्दै शीर्ष स्थानमा छ । इंग्ल्यान्डको सेमिफाइनल पक्का भएपनि […]

November 5, 2021

स्कटल्यान्डमाथि भारतको सानदार जित

एजेन्सी – भारतले आइसिसी टि२० विश्वकप २०२१ मा स्कटल्यान्डलाई ८ विकेटले हराउँदै सेमिफाइनल सम्भावना कायमै राखेको छ । सुपर १२ को समूह २ मा रहेको भारतले स्कटल्यान्डमाथि सानदार जितको साथ नेटरनरेटमा सुधार गर्दै सम्भावना आशा बढाएको छ । जितका लागि ८६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले ६.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । […]

November 5, 2021

भारतको उत्कृष्ट बलिङसँगै स्कटल्यान्ड सस्तैमा अल आउट

एजेन्सी – स्पिनर रविन्द्र जडेजा र तीव्र गतिका बलर मोहम्मद शामीको उत्कृष्ट बलिङको सहयोगमा आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को खेलमा स्कटल्यान्डले भारतलाई ८६ रनको सामान्य विजयी लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्ड १७.४ ओभरमा ८५ रनमा अल आउट भयो । स्कटल्यान्डका ओपनर जर्ज मुन्शेले १९ […]

Success

Thank you for your time.