default_image

क्रिकेट

October 29, 2021

पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै अफगानिस्तान

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को समूह बी को खेलमा अफगानिस्तानले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा अफगानिस्तानका कप्तान मोहम्मद नाबीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दुबै टोलीले आजको खेलमा टोलीमा परिवर्तन गरेका छैनन् । पाकिस्तान लगातार तेस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो […]

October 29, 2021

पुरनले बचाए वेस्टइन्डिजको साख

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर ए को खेलमा वेस्टइन्डिजले बंगलादेशलाई १ सय ४३ रनको मध्यम लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनायो । वेस्टइन्डिजका युवा विकेटकिपर निकोलस पुरनले २२ बलमा १ चौका र ४ छक्का सहित […]

October 29, 2021

पाकिस्तानलाई स्तब्ध पार्ने सोचमा अफगानिस्तान

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को समूह बी को खेलमा आज पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । पाकिस्तान लगातार तेस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ । पहिलो खेलमा भारतलाई १० विकेट र दोस्रो खेलमा […]

October 29, 2021

गैरजिम्मेवार ब्याटिङले समस्यामा वेस्टइन्डिज

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सुपर ए को खेलमा आज वेस्टइन्डिजले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुबै टोलीलाई शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने झिनो अंक गणीतिय सम्भावना कायमै राख्न आजको खेलमा जित निकाल्नु पर्ने हुन्छ । आजको खेलमा पराजित हुने […]

October 29, 2021

पाकिस्तानसँग हारपछि भारतीय टोलीमा देखाएका पाँच दुविधा

एजेन्सी – भारत आइतबार आइसिसी टि२० विश्वकप २०२१ मा पहिलो खेलमै पाकिस्तानसँग १० विकेटले पराजित हुन पुग्यो । सुपर १२ को समूह बी मा रहेको भारत विश्वकप इतिहासमा पाकिस्तानसँग पहिलो पटक पराजित भएपछि चर्को आलोचना खेप्दै आएको छ । पाकिस्तानले १ सय ५२ रनको विजयी लक्ष्य १७.५ ओभरमा कुनै विकेट नगुमाइ पूरा गरेको थियो । […]

October 29, 2021

आइपिएलमा पुराना टोलीले चार खेलाडी राख्न पाउने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन अघि नयाँ दुई टोलीले तीन र अन्य आठ फ्रेन्चाइज टोलीले चार खेलाडी टिममा राख्न (रिटेन) गर्न पाउने भएका छन् । आइपिएल २०२२ देखि १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । आइपिएल अक्सन अघि सबै फ्रेन्चाइज टोलीले आफ्नो टोलीमा रहने चार र तीन खेलाडीको टुङ्गो लगाउनु पर्नेहुन्छ । […]

October 28, 2021

वार्नरको अर्धशतकमा अष्ट्रेलियाको लगातार दोस्रो जित

एजेन्सी – ओपनर डेविड वार्नरको अर्धशतकको सहयोगमा अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप २०२१ मा लगातार दोस्रो जित हात पारेको छ । बिहीबार अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलियाको जितमा ओपनर डेविड […]

October 28, 2021

अष्ट्रेलियालाई श्रीलंकाको मध्यम लक्ष्य

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को समूह ए को खेलमा श्रीलंकाले अष्ट्रेलियालाई १ सय ५५ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । श्रीलंका चरिथ असालंका र कुशल परेराले सर्वाधिक ३५–३५ […]

October 28, 2021

लगातार दोस्रो जितको सोचमा अष्ट्रेलिया

एजेन्सी – आइसिसी टि२० विश्वकप सुपर १२ अन्तर्गत आज समूह ए को एक मात्र खेलमा अष्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा बेलुका ७ : ४५ मा सुरु हुनेछ । सुपर १२ मा दुबै टोली लगातार दोस्रो जितको सोचमा छन् । श्रीलंका समूह ए को विजेता रुपमा सुपर […]

October 28, 2021

टि२० विश्वकपमा नामिबियाले स्कटल्यान्डलाई हरायो

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ को आफ्नो पहिलो खेलमानै नामिबियाले स्कटल्यान्डलाई पराजित गरेको छ । सुपर १२ को समूह बी मा रहेको नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले पराजित गर्दै २ अंक जोडेको छ । जितको लागि १ सय १० रनको सामान्य विजयी लक्ष्य पछ्याएको नामिबियाले १९.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो […]

Success

Thank you for your time.