default_image

क्रिकेट

August 3, 2021

अष्ट्रेलिया बंगलादेशसँग स्तब्ध

एजेन्सी – अष्ट्रेलिया बंगलादेशसँगको पहिलो टि२० खेलमा २३ रनले स्तब्ध भएको छ । योसँगै घरेलु टोली बंगलादेशले पाँच टि२० आई सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि १ सय ३२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय ८ रनमा समेटियो । अष्ट्रेलिया मध्यक्रमका ब्याट्सम्यान मिचेल मार्शले […]

August 3, 2021

‘पारसको सन्न्यास आश्चर्यजनक’ – क्यान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको निर्णय नेपाल क्रिकेट संघ (क्यान) ले आश्चर्यजनक रहेको बताएको छ । क्यानले नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी पारसले आफूसँग कुनैपनि सल्लाह विना एक्कासी सन्न्यास लिनु आश्चर्यजनक र दुःखद रहेको जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यो समयमा पारसले सन्न्यास […]

August 3, 2021

‘नेपालका लागि खेल्नु सर्वश्रेष्ठ उपलब्धि’– पारस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा सर्वाधिक सफल खेलाडी पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । पारसले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् । पारसले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको बताएका छन् । ‘सम्पूर्ण नेपाली क्रिकेट समर्थक, सरोकारवाला, प्रति कृतज्ञता ब्यक्त गर्दै अन्तर्राष्ट्रिय […]

August 3, 2021

पारसले सन्न्यास लिनुका पाँच कारण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा इतिहासकै सर्वाधिक सफल खेलाडी पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । पारसले सामाजिक संजालमा संदेश राख्दै आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको सार्वजनिक गरेका हुन् । पारसले नेपाल क्रिकेट संघ (क्यान) लाई पनि यसबारे औपचारिक रुपमा जानकारी दिइसकेका छन् । सन् २००४ मा मलेसियाविरुद्ध […]

August 3, 2021

पूर्वकप्तान पारस खड्काद्वारा सन्न्यास घोषणा

काठमाडौं (हाम्रो खेलकुद) –नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा इतिहासकै सर्वाधिक सफल खेलाडी पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । पारसले सामाजिक संजालमा संदेश राख्दै आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यु गरेका पारसले लामो समय कप्तानी पनि सम्हालेका थिए । उनकै कप्तानीमा नेपालले […]

August 2, 2021

सन्दीपले काठमाडौंको कप्तानी गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले चौथो संस्करणको एभरेष्ट प्रिमिय लिग (इपिएल) काठमाडौं किंग्स–११ को कप्तानी गर्ने भएका छन् । काठमाडौंले सोमबार सन्दीपले कप्तानी गर्ने सार्वजनिक गरेको छ । सन्दीपको २१ औं जन्मदिनको अवसरमा काठमाडौंले कप्तान कप्तानमा नियुक्त गर्दै सार्वजनिक गरेको छ । सन्दीपसँगै काठमाडौंमा कप्तानीको दाबेदारमा नेपाली क्रिकेट टोलीका उपकप्तान […]

August 2, 2021

वेडले अष्ट्रेलिया कप्तानी गर्ने

एजेन्सी – बंगलादेशविरुद्ध पाँच टि२० आई सिरिजमा अष्ट्रेलिया कप्तानी विकेटकिपर ब्याट्सम्यान म्याथ्यु वेडले गर्ने भएका छन् । नियमित कप्तान आरोन फिन्च चोटका कारण टोलीमा उपलब्ध नहुँदा उपकप्तान वेडले टि२० आई कप्तानी जिम्मेवारी पाएका हुन् । फिन्च दुई साता अघि वेस्टइन्डिजसँगको पाँच टि२० आई सिरिजको क्रममा घाइते हुन पुगेका थिए । नियमित उपकप्तान प्याट कमिन्सलाई विश्राम […]

August 2, 2021

वसन्तको कसिलो बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी स्पिनर वसन्त रेग्मीले अमेरिका जारी माइनर लिग क्रिकेट टि२० प्रतियोगितामा कसिलो बलिङ गरेका छन् । हलिवुड मास्टर ब्लास्टरबाट अमेरिका राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता खेलेका वसन्तले कसिलो बलिङ गरेपनि टोलीलाई जिताउन भने सकेनन् । त्यस्तै नेपाली क्रिकेटका मध्यक्रमका ब्याट्सम्यान पृथु बाँस्कोटा प्रदर्शन भने सामान्य रह्यो । हलिवुड […]

August 1, 2021

रिजवानको नयाँ विश्व कीर्तिमान

एजेन्सी – पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले टि२० आई क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । शनिवार राती रिजवानले वेस्टइन्डिजविरुद्ध दोस्रो टि२० आई खेलमा ४६ रन बनाउनेक्रममा नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् । रिजवान टि२० आई क्रिकेटमा एकै वर्षमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका रिजवान ७ महिनामै […]

August 1, 2021

आशा र सम्भावनामै सिमित ओडिआई डेब्यूको तीन वर्ष

भूपेन्द्र जिसी, काठमाडौं नेपालले तीन वर्षअघि नेदरल्यान्ड्सविरुद्ध खेल्दै आजकै दिन ओडिआई क्रिकेटमा डेब्यू गरेको थियो । नेदरल्यान्ड्सविरुद्ध पहिलो अन्तर्राष्ट्रिय मान्यता प्राप्त एकदिवसिय खेल (ओडिआई) खेल्दाको उत्साह शब्दमा बयान गर्न सकिदैन । तर डेब्यु पछिका तीन वर्ष भने आशा र सम्भावना भन्दा खासै माथि उठ्न सकेको छैन । सन् २०१८ मा जिम्बावेमा भएको एकदिवसिय विश्वकप छनोटमा पपुवा […]

Success

Thank you for your time.