default_image

क्रिकेट

May 26, 2021

सन्दीपलाई इंग्ल्यान्डको भिसा पाउनै कठिन

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने टि२० ब्लास्ट र द हन्ड्रेड २०२१ प्रतियोगिता खेल्नको लागि भिसा पाउनै कठिन हुँदा गुमाउने सम्भावना बढेको छ । सन्दीपले वोर्सेस्टरशायरबाट टि२० ब्लास्ट खेल्ने छन् । टि२० ब्लास्ट जुन ९ देखि सेप्टेम्बर १८ सम्म चल्ने कार्यक्रम छ । तर नेपालमा दोस्रो लहरको कोरोना […]

May 26, 2021

गुमनाम अभिनाश

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट पछिल्लो समय बायाँ (देब्रे) हाते तीव्र गतिका बलर बिहिन छ । नेपालले पछिल्लो पटक सन् २०१८ अगष्टमा बायाँ हाते तीव्र गतिका बलर ललित भण्डारीलाई नेदरल्यान्ड्सविरुद्ध ओडिआई खेल खेलाएको थियो । गत वर्ष सडक दुर्घटनामा गम्भीर घाइते भएपछि ललित विस्तारै मैदान फर्कने प्रयासमा छन् । हाल सोमपाल कामी र करण केसी तीव्र […]

May 25, 2021

बंगलादेशलाई श्रीलंकाविरुद्ध ऐतिहासिक सिरिज

एजेन्सी – बंगलादेशले दोस्रो ओडिआई खेलमा श्रीलंकालाई डकवर्थ लेविस पद्धतीको आधारमा १ सय ३ रनको फराकिलो अन्तरले पराजित गर्दै एक खेल अगावै सिरिज जितेको छ । तीन ओडिआई सिरिज घरेलु टोली बंगलादेशले एक खेल अगावै २–० ले जितेको हो । बंगलादेशले श्रीलंकामाथि द्विपक्षीय कुनैपनि सिरिज पहिलो पटक जितेको हो । जितको लागि २ सय ४५ […]

May 25, 2021

मुश्फिकुरको संयमित शतकमा श्रीलंकालाई मध्यम लक्ष्य

एजेन्सी – अनुभवी विकेटकिपर ब्याट्सम्यान मुश्फिकुर रहिमको शतकको सहयोगमा बंगलादेशले श्रीलंकालाई दोस्रो ओडिआई खेलमा २ सय ४७ रनको मध्यम लक्ष्य दिएको छ । शेर बंगला स्टेडियम ढाकामा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेश ४८.१ ओभरमा २ सय ४६ रनमा अल आउट भयो । बंगलादेशका मुश्फिकुर रहिमले १ सय २७ बलमा १० चौका सहित सर्वाधिक १ […]

May 25, 2021

कोहलीभन्दा रुटको तलब धेरै

एजेन्सी – कुनैपनि देशको क्रिकेट बोर्डको आर्थिक अवस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा खेलाडीलाई प्रभाव पार्दछ । टोलीको लगातार ठुलो सफलताले बोर्डलाई प्रायोजना पनि धेरै फाइदा पुग्छ । अर्थात टोलीले सफलता हात पार्दा प्रायोजन पाउन सहज हुन्छ । बोर्ड आर्थिक रुपमा मजबुत हुँदा खेलाडीको तलब र भत्ता पनि बढि हुन्छ । विश्व वर्तमान क्रिकेटमा भारत र […]

May 25, 2021

सन्दीपले नाइट राइडर्सबाट खेल्ने

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२१ मा ट्रीनबेगो नाइट राइडर्सबाट खेल्ने भएका छन् । सिपिएलले नेपाली युवा स्टार सन्दीपले साविक विजेता काइरन पोलार्डको कप्तानीमा रहेको नाइट राइडर्सबाट खेल्ने जानकारी दिएको छ । गतवर्ष प्रतियोगिता अवधिभर अपराजित रहँदै नाइट राइडर्सले उपाधि जितेको थियो । सन्दीपलाई जमैका तलावाजले टोलीबाट फुकुवा गरेको […]

May 25, 2021

क्रिकेट खेलाडीको नयाँ केन्द्रिय सम्झौतामा ढिलाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले २०२१ को ६ महिना सकिन लाग्दा पनि खेलाडीको नयाँ ग्रेड विभाजन र केन्द्रिय सम्झौता सार्वजनिक गर्न सकेको छैन । २०२० मा ६ महिनाको लागि खेलाडीसँग केन्द्रिय सम्झौता गरेको क्यानले त्यसबेलाको पूरा तलब दिइसकेको छ । क्यानले गत वर्ष कोरोना महामारी कारण देखाउँदै ६ महिनाको लागि मात्र […]

May 24, 2021

न्युजिल्यान्डले भारतलाई हराउँदै टेष्ट च्याम्पियनशिप जित्ने तीन आधार

एजेन्सी– आइसिसी विश्व टेष्ट च्याम्पियनशिप २०१९/२१ को फाइनल जुन १८ देखि २२ सम्म इंग्ल्यान्डको साउथह्याप्टनमा भारत र न्युजिल्यान्डबीच हुँदैछ । नौ देशबीच दुई वर्ष चलेको प्रतियोगितामा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलमा उपाधिको लागि भिड्न लागेका हुन् । गत वर्ष दुई टेष्ट सिरिजमा न्युजिल्यान्डले घरेलु मैदानमा भारतमाथि क्लिनस्विप गरेको थियो । उक्त सिरिजमा […]

May 23, 2021

मेहदी र मुस्ताफिजुर चम्कँदा बंगलादेश विजयी

एजेन्सी – स्पिनर मेहदी हसन र तीव्र गतिका बलर मुस्ताफिजुर रहमान चम्कँदा बंगलादेशले पहिलो ओडिआई खेलमा श्रीलंकालाई ३३ रनले पराजित गरेको छ । जितको लागि २ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका ४८.१ ओभरमा २ सय २४ रनमा अल आउट भयो । श्रीलंका तल्लोक्रमका वानिन्दु हसरंगाले ६० बलमा ३ चौका ५ छक्का सहित सर्वाधिक […]

May 23, 2021

श्रीलंकालाई बंगलादेशको मध्यम लक्ष्य

एजेन्सी – बंगलादेशले श्रीलंकालाई पहिलो ओडिआई खेलमा २ सय ५८ रनको मध्यम लक्ष्य दिएको छ । शेर बंगला नेशनल स्टेडियम मीरपुरमा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५७ रन बनायो । बंगलादेशका विकेटकिपर तथा अनुभवी ब्याट्सम्यान मुश्फिकुर रहिमले ८७ बलमा ४ चौका र १ छक्का […]

Success

Thank you for your time.