default_image

क्रिकेट

May 19, 2021

एशेज सिरिजको मिति तय

एजेन्सी – इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको सर्वाधिक प्रतिष्ठित र लोकप्रिय एशेज टेष्ट सिरिजको मिति सार्वजनिक भएको छ । क्रिकेट अष्ट्रेलिया बोर्डले आफ्नो २०२१–२२ को अन्तर्राष्ट्रिय सिरिजको तालिका सार्वजनिक गरेको छ । एशेज सिरिज आगमी डिसेम्बर र जनवरीमा अष्ट्रेलियामा हुने छ । २०१९ को एशेज सिरिज २–२ को बराबरीमा सकिएको थियो । पाँच टेष्ट खेलको एशेज टेष्ट […]

May 19, 2021

वेस्टइन्डिजमा रसेलसहित ५ स्टारको पुनरागमन

एजेन्सी – आक्रामक ब्याट्सम्यान आन्द्रे रसेल सहित पाँच स्टार खेलाडीले वेस्टइन्डिजको राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । वेस्टइन्डिज छनोट समितिले दक्षिण अफ्रिका, अष्ट्रेलिया र पाकिस्तानसँग क्रमशः समान ५-५ टि२० आई सिरिजको लागि १८ सदस्य टोली घोषणा गरेको छ । आगामी साढे दुई महिनामा वेस्टइन्डिजले तीन देशसँग कुल १५ टि२० आई खेल खेल्ने कार्यक्रम छ । […]

May 19, 2021

आइपिएल खेलेका खेलाडी इंग्ल्यान्ड टोलीमा परेनन्

एजेन्सी – इंग्ल्यान्डले न्युजिल्यान्डसँग घरेलु मैदानमा खेल्ने दुई टेष्ट सिरिजको लागि जो रुटको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको छ । न्युजिल्यान्डले आइसिसी विश्व टेष्ट च्याम्पियनशिप फाइनलमा भारतसँग खेल्नुअघि इंग्ल्यान्डसँग दुई टेष्ट खेल खेल्ने छ । इंग्ल्यान्डको घोषणा टोलीमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ खेलेका खेलाडी परेका छैनन् । यस सिजनको आइपिएलमा इंग्ल्यान्डका १२ खेलाडी […]

May 18, 2021

डि भिलियर्स राष्ट्रिय टोलीमा नफर्कने

एजेन्सी – दक्षिण अफ्रिका आक्रामक ब्याट्सम्यान एबी डि भिलियर्स राष्ट्रिय टोलीमा नफर्कने भएका छन् । दक्षिण अफ्रिका क्रिकेट बोर्डले उनीसँग छलफल पश्चात सन्न्यास फिर्ता नहुने स्पष्ट पारेको छ । दक्षिण अफ्रिकाले मंगलबार वेस्टइन्डिज र आयरल्यान्डसँग खेल्ने टि२० टोली घोषणा गरेको छ । डिभिलियर्सले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने टि२० विश्वकप खेल्ने इच्छा राख्दै आएको खबर सार्वजनिक भएको थियो । आयरल्यान्ड […]

May 18, 2021

कप्तानीमा को उत्कृष्ट : कोहली वा विलियम्सन ?

एजेन्सी – आइसिसी विश्व टेष्ट च्याम्पियनसिप २०१९–२१ को फाइनल जुन तेस्रो साता इंग्ल्यान्डको साउथह्याप्टनमा भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । दुई वर्षसम्म नौ टोलीबीच चलेको लिगमा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन् । न्युजिल्यान्डले घरेलु टोली इंग्ल्यान्ड र अष्ट्रेलिया जस्ता देशलाईपछि पार्दै फाइनलमा स्थान बनाएको थियो । विराट कोहलीले टेष्टमा […]

May 18, 2021

गोल्डेन एभरेष्ट मिडल्याण्ड क्रिकेट लिगमा गाहा मगरको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – बेलायतको मिडल्याण्डमा अर्को साता सुरु हुने ‘गोल्डेन एभरेष्ट मिडल्याण्ड क्रिकेट लिग’ प्रतियोगिताको सञ्चालनको सहयोगार्थ गैरआवासीय नेपाली संघ, बेलायत (एनआरएनए एनसीसी, यूके ) का उपाध्यक्ष प्रेम गाहा मगरले आर्थिक सहयोग गरेका छन् । उनले ५ सय १ पाउण्ड प्रदान गरेका छन् । एनआरएन यूकेको आगामी कार्यकालका लागि अध्यक्ष पदका प्रत्यासी समेत रहेका […]

May 17, 2021

कोरोनाविरुद्ध लड्न सन्दीपको अभियान सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले कोरोना महामारीको दोस्रो लहरले नेपालमा परेको असरलाई रोकथाम नियतन्त्र गर्न अभियान थालेका छन् । अभियानमा टिम सन्दीपको तर्फबाट तीन लाख सहयोग गर्दै सोमबार सुरुवात भएको छ । सेञ्चुरी कर्मसियल विकास वैंक लिमिटेड पुतलि सडकमा खाता खोल्दै सन्दीपले अभियान सुरु गर्ने सामाजिक सञ्जालमार्फत जानकारी दिएका […]

May 17, 2021

कोहलीको स्थान लिने सम्भावित पाँच कप्तान

एजेन्सी – वर्तमान समय विश्व क्रिकेटमा भारत एक सर्वोत्कृष्ट टोली हो । भारतले तीनै शैलीको क्रिकेट (टेष्ट, ओडिआई र टि० आई) मा घरेलु र विदेशी भूमिमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । धेरैले भारतीय क्रिकेटमा महेन्द्रसिंह धोनीपछि कुशल कप्तानको अभाव खड्किने आँकलन गरेका थिए । तर त्यसलाई विराट कोहलीले गलत सावित गरे । कोहलीले […]

May 16, 2021

क्रिकेटका पाँच अविश्वसनिय घटनाहरु

एजेन्सी – क्रिकेट एक रोचक र एक अविश्वसनिय खेल हो । क्रिकेटमा अन्तिम बल र विकेट बाँकी रहँदासम्म नतिजा जे पनि र जतापनि जान सक्छ । भनिन्छ क्रिकेटमा असम्भव केहि हुँदैन । केही नतिजा र घटना यस्ता हुन्छन्, जुन विश्वास गर्ननै निकै मुश्किल पर्छ । पछिल्लो समय सिमित ओभरका खेलले क्रिकेट झनै लोकप्रिय र रोमाञ्चक […]

May 14, 2021

टि२० विश्वकपमा २० टोली!

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले टि२० विश्वकपमा २० टोलीलाई खेलाउने विचार गरेको छ । हाल टि२० विश्वकपमा १६ टोली सहभागिता जनाउँदै आएका छन् । यसै वर्ष भारतमा र अर्को वर्ष अष्ट्रेलियामा टि२० विश्वकप हुँदै छ । आइसिसीले त्यसपछि हुने सन् २०२४ को संस्करणदेखि टि२० विश्वकपमा सहभागी सङ्ख्या २० पुर्याउन विस्तार गर्न छलफल थालिएको […]

Success

Thank you for your time.