default_image

क्रिकेट

March 28, 2021

बंगलादेशलाई न्युजिल्यान्डको विशाल लक्ष्य

एजेन्सी – शीर्षक्रमका विकेटकिपर ब्याट्सम्यान देभन कन्वेको उत्कृष्ट ब्याटिङको सहयोगमा न्युजिल्यान्डले पहिलो टि२० आई खेलमा बंगलादेशलाई २ सय ११ रनको विशाल लक्ष्य दिएको छ । आइतबार विहान ह्यामिल्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १० रन बनायो । न्युजिल्यान्डका देभन कन्वे ५२ बलमा ११ चौका र ३ […]

March 27, 2021

नेक्सस कपको सम्पूर्ण तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा हुने कागेश्वरी मनोहरा नगरपालीका चौथो संस्करणको यू१६ नेक्सस कप टि२० क्रिकेट प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको छ । नेक्सस कप चैत १६ गते देखी ३१ गते सम्म काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुँदै छ। प्रतियोगितामा १६ टोलीको सहभागिता रहने नेक्ससका अध्यक्ष कुमार शाहीले जनाकारी दिएका छन् । ओसिस […]

March 27, 2021

वारियर्सलाई उपाधि, अनिल सर्वोत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – बजाज खडक वारियर्सले तेस्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ। राज रंगशालामा सम्पन्न फाइनलमा वारियर्सले रुपनी राईडर्सलाई १ रनले पराजित गर्यो । जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको रुपनी राईडर्सले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १ सय ४५ रन बनाउन सक्यो । निरज […]

March 27, 2021

सचिनलाई कोरोना संक्रमण

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विश्व क्रिकेटका सफल ब्याट्सम्यान सचिन तेन्दुलकरलाई कोरोना संक्रमण (कोभिड-१९) पोजेटिभ देखिएको छ । सचिनले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण देखिएको र आइसोलेसनमा बसेको जानकारी दिएका छन् । सचिनको कप्तानीमा यसै साता भारतीय लेजेन्ड्सले फाइनलमा श्रीलंका लेजेन्ड्सलाई पराजित गर्दै रोड सेफ्टी विश्व टि२० सिरिजको च्याम्पियन बनेको थियो […]

March 27, 2021

सरस्वतीको कप्तानीमा ललितपुरको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर मेयर महिला च्याम्पियनसिप–२०७७ को लागि ललितपुर मेय- ११ को टोली घोषणा गरेको छ । नेपाली राष्ट्रिय महिला टोलीकी सदस्य समेत रहेकी सरस्वती चौधरीको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो । गत पुषमा दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदर्शन गरेको आधारमा क्यानले […]

March 26, 2021

भारतमाथि इंग्ल्यान्डको सानदार जित

एजेन्सी – ओपनर जोनी बेयरस्टोको शतक र बेन स्टोक्सको विष्फोटक ब्याटिङको सहयोगमा इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा भारतलाई ६ विकेटले पराजित गरेको छ । इंग्ल्यान्डको यो जितसँगै तीन ओडिआई खेलको सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ । जितको लागि ३ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४३.३ ओभरमा ४ विकेट गुमाउँदै सहजै पूरा गर्यो […]

March 26, 2021

राहुलको शतकमा इंग्ल्यान्डलाई विशाल लक्ष्य

एजेन्सी – मध्यक्रमका विकेटकिपर ब्याट्सम्यान लोकेश राहुलको शतककोे सहयोगमा भारतले दोस्रो ओडिआई खेलमा इंग्ल्यान्डलाई ३ सय ३७ रनको विशाल लक्ष्य दिएको छ । महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३६ रन बनायो । भारतका लोकेश राहुलले १ सय १४ बलमा ७ चौका र […]

March 26, 2021

नेपालले वैशाखमा कीर्तिपुरमा त्रिकोणात्मक टि२० सिरिज खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – वैशाखमा नेपालले कीर्तिपुर क्रिकेट मैदान (टियु) मा नेदरल्यान्ड्स र मलेसियासँग टि२० आई त्रिकोणात्मक सिरिज खेल्ने भएको छ । मलेसिया क्रिकेट बोर्डले नेपालमा नेदरल्यान्ड्स र मलेसियाबीच वैशाख ४ देखि ११ सम्म (१७ अप्रिल देखि २४ सम्म) कीर्तिपुर मैदानमा हुने जनाएको छ । सिरिज डबल राउन्ड रोविनको आधारमा हुने छ । शीर्षदुई टोली […]

March 26, 2021

भारतविरुद्ध इंग्ल्यान्डको तीन परिवर्तन

एजेन्सी – इंग्ल्यान्डले भारतविरुद्ध दोस्रो ओडिआई खेलमा पहिला बलिङ गर्ने भएको छ । महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा इंग्ल्यान्डका कप्तान जस बटलरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । पहिलो खेलमा इंग्ल्यान्ड ६६ रनले पराजित भएको थियो । तीन ओडिआई सिरिज जित्ने सम्भावना कायमै राख्न इंग्ल्यान्डलाई आजको खेल जित्न पर्ने दबाब छ । […]

March 26, 2021

बंगलादेशमाथि न्युजिल्यान्डको क्लिनस्विप

एजेन्सी – न्युजिल्यान्डले बंगलादेशविरुद्ध तीन ओडिआई खेलको सिरिजमा क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा शुक्रबार १ सय ६४ रनको फराकिलो अन्तरले पराजित गर्दै न्युजिल्यान्डले क्लिनस्विप गरेको हो । जितको लागि ३ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश ४२.४ ओभरमा १ सय ५४ रनमा अल आउट भयो । बंगलादेशका मध्यक्रमका ब्याट्सम्यान महमुदूल्लाहले […]

Success

Thank you for your time.