default_image

क्रिकेट

March 22, 2021

ललितपुर मेयर क्रिकेट – एपिएफ र प्रदेश १ बीच उद्घाटन खेल

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर मेयर वुमन्स च्याम्पियनसिप क्रिकेटको उद्घाटन खेल नेपाल एपिएफ क्लब र प्रदेश १ बीच हुने भएको छ । चैत २१ गते सुरु हुने च्याम्पियनसिपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार खेल तालिका सार्वजनिक गर्दा पहिलो दिन अर्को खेल सुदूरपश्चिम प्रदेश र ललितपुर मेयर ११ बीच पनि हुनेछ । ललितपुर महानगरपालिकाको […]

March 21, 2021

श्रीलंकालाई हराउँदै भारत च्याम्पियन

एजेन्सी – भारत लेजेन्ड्सले रोड सेफ्टी विश्व टि२० सिरिजको फाइनलमा श्रीलंका लेजेन्ड्सलाई १४ रनले पराजित गर्दै उपाधि जितेको छ । आइतबार भएको फाइनलमा भारतले श्रीलंकालाई पराजित गर्दै रोड सेफ्टीको च्याम्पियन बनेको हो । जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । […]

March 21, 2021

भारतलाई आइसिसीको ठूलो जरिवाना

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले भारतीय क्रिकेट टोलीलाई ठूलो जरिवना लगाएको छ । आइसिसीले इंग्ल्यान्डविरुद्ध पाँचौं टि२० आई खेलमा ‘स्लो ओभर’ रेटको कारण ४० प्रतिशत ‘म्याच फि’ रकम जरिवना लगाएको छ । विराट कोहलीको कप्तानीमा रहेको भारतले निर्धारित समय भन्दा दुई ओभर ढिला बलिङ गरेपछि ४० प्रतिशत म्याचमा फि जरिवना लगाएको आइसिसीले जनाएको […]

March 21, 2021

सुनिलको अर्धशतकमा राईडर्स विजयीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – सप्तरीको राजविराजमा सुरु तेस्रो संस्करणको मेयर कप सप्तरी प्रिमियर लिगको उद्धघाटन खेलमा रुपनी राईडर्सले बोदे बर्साईन थन्डर्सलाई १३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । राज रंगशालामामा सम्पन्न खेलमा रुपनीले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साईनले २० ओभर अल आउट हुँदै १ सय ३४ रन बनायो […]

March 21, 2021

ललितपुर मेयर महिला टि२० चैत्र अन्तिम सातामा

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ को विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । ललितपुर महानगरपालिकाले एक पत्रकार सम्मलेन गर्दै पुरस्कार राशी र खेल हुने मिति सार्वजनिक गरेको हो । विजेताले ३ लाख र उप विजेताले १ लाख ५० […]

March 21, 2021

मलानको नयाँ विश्व कीर्तिमान

एजेन्सी – इंग्ल्यान्डका बायाँ हाते शीर्षक्रमका ब्याट्सम्यान डेविड मलानले टि२० आई क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । इंग्ल्यान्डबाट भारतविरुद्ध पाँचौं टि२० खेलको क्रममा शनिवार राती ६८ रन बनाउने क्रममा मलानले नयाँ कीर्तिमान कायम गरेका थिए । मलान टि२० आई क्रिकेटमा सर्वाधिक छिटो एक हजार रन पूरा गर्ने विश्वका ब्याट्सम्यान बनेका छन् । मलानले यस […]

March 20, 2021

भारतलाई इंग्ल्यान्डविरुद्ध टि२० सिरिज

एजेन्सी – भारतले इंग्ल्यान्डविरुद्ध पाँच टि२० आई सिरिज ३–२ ले जितेको छ । शनिबार राती सम्पन्न अन्तिम तथा पाँचौं खेलमा इंग्ल्यान्डलाई ३६ रनले हराउँदै भारतले टि२० सिरिज ३–२ ले जित्न सफल भएको हो । जितको लागि २ सय २५ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८८ रन […]

March 20, 2021

जिम्बावेमाथि अफगानिस्तानको क्लिनस्विप

एजेन्सी – अफगानिस्तानले जिम्बावेविरुद्ध तीन टि२० आई सिरिज क्लिनस्विप गरेको छ । तेस्रो टि२० आई खेलमा जिम्बावेलाई ४७ रनले पराजित गर्दै अफगानिस्तानले क्लिनस्विप गरेको हो । जितको लागि १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३६ रन बनायो । जिम्बावेका सिकन्दर राजा २९ बलमा २ चौका […]

March 20, 2021

भारतविरुद्ध पहिला बलिङ गर्दै इंग्ल्यान्ड

एजेन्सी – इंग्ल्यान्डले भारतविरुद्ध पाँचौ तथा निर्णायक टि२० आई खेलमा पहिला बलिङ गर्ने भएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा इंग्ल्यान्डका कप्तान ओईन मोर्गनले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । पाँच टि२० आई सिरिजमा सुरुवाती चार खेल सकिँदा २-२ को बराबरीमा छ । भारतले आज टोलीमा एक परिवर्तन गरेको छ । लगातार […]

March 20, 2021

बोल्ट चम्कँदा बंगलादेशमाथि न्युजिल्यान्डको सहज जित

एजेन्सी – तीव्र गतिका बलर ट्रेन्ट बोल्टको उत्कृष्ट बलिङमा न्युजिल्यान्डले पहिलो ओडिआई खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ । सहज जितसँगै घरेलु टोली न्युजिल्यान्डले तीन ओडिआई सिरिजमा १–० को अग्रता लिएको छ । जितका लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले २१.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । न्युजिल्यान्डका ओपनर हेनरी […]

Success

Thank you for your time.