default_image

क्रिकेट

February 25, 2021

अष्ट्रेलियामाथि न्युजिल्यान्डको रोमान्चक जित

एजेन्सी – न्युजिल्यान्डले अष्ट्रेलियाविरुद्ध दोस्रो टि२० आई खेलमा ४ रनको रोमान्चक जित हात पारेको छ । यो सँगै पाँच टि२० आई खेलको सिरिजमा घरेलु टोली न्युजिल्यान्डले २–० को अग्रता लिएको छ । जितका लागि २ सय २० रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १५ रन बनायो । […]

February 25, 2021

गुप्टिल शतकबाट चुक्दा अष्ट्रेलियालाई विशाल लक्ष्य

एजेन्सी – ओपनर मार्टिन गुप्टिल चम्कँदा घरेलु टोली न्युजिल्यान्डले दोस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई २ सय २० रनको विशाल लक्ष्य दिएको छ । बिहिबार बिहान युनिभर्सिटी ओभल डुनेडिनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १९ रन बनायो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ९७ रनको योगदान […]

February 24, 2021

इंग्ल्यान्डविरुद्ध भारतको उत्कृष्ट प्रर्दशन

एजेन्सी – भारतले इंग्ल्यान्डविरुद्ध तेस्रो डे-नाइट टेस्ट अन्तर्गत पहिलो दिनको खेल सकिँदा उत्कृष्ट प्रर्दशन गरेको छ । पहिलो दिनको समाप्तिमा भारत ३३ ओभरमा ९९-३ को अवस्थामा छ । समग्रमा भारत पहिलो इनिङमा १३ रनले पछि छ । स्पिनरको दबदबा रहँदा पहिलो दिनमा कुल १३ विकेटको गुम्न पुग्यो । भारतका ओपनर रोहित शर्मा ८२ बलमा ९ […]

February 24, 2021

इंग्ल्यान्ड दोस्रो सेसनमै अलआउट

एजेन्सी – भारतविरुद्ध जारी टेस्ट सिरिजको तेस्रो खेलमा इंग्ल्यान्डले खराब सुरुवात गरेको छ । डे-नाइट टेस्ट अन्तर्गत पहिलो दिनको दोस्रो सेसनमा नै इंग्ल्यान्ड १ सय १२ रनमा अलआउट हुन पुगेको हो । अहमदाबादस्थित मोटेरा रंगशालामा टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले तेस्रो ओभरमा नै ओपनर डोम सिब्लेको साथ गुमाएको थियो । करिअरको सयौं टेस्ट खेलिरहेका इशान्त […]

February 24, 2021

काठमाडौं मेयर कप क्रिकेट फाल्गुनमा

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघले सञ्चालन गर्ने काठमाडौं मेयर कप, २०७७ फाल्गुन २२ देखि हुने भएको छ । प्रतियोगिता टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आगामी फाल्गुन २२ देखि २९ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ५ टोलीले सहभागिता जनाउने छन् । माघमा सम्पन्न प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय […]

February 24, 2021

गेल दुई वर्षपछि राष्ट्रिय टोलीमा फर्कने

एजेन्सी – ओपनर तथा आक्रामक ब्याट्सम्यान क्रिस गेल दुई वर्षपछि वेस्टइन्डिज टोलीमा फर्कने भएका छन् । वेस्टइन्डिजले श्रीलंकासँग हुने तीन टि२० आई सिरिजको लागि गेललाई टोलीमा बोलाउन लागेको बुझिएको छ । ४१ वर्षिय गेललाई आगमी टि२० विश्वकपलाई लक्षित गर्दै टोलीमा बोलाउन लागिएको हो । गेल हाल पाकिस्तानमा छन् । उनले पाकिस्तान सुपर लिग क्वेटा ग्ल्याडियटर्सबाट […]

February 23, 2021

‘गर वा मर’ को अवस्थामा भारत र इंग्ल्यान्ड

एजेन्सी – भारत र इंग्ल्यान्डबीचको तेस्रो डे नाइट टेष्ट (दिउँसो र राती) बुधबारदेखि अहमदाबाद स्थित मोटेरा स्टेडियममा सुरु हुँदै छ । खेल नेपाली समय अनुसार बुधबाार २:४५ मा सुरु हुने छ । सुरुवाती दुई खेल सकिँदा चार टेष्ट सिरिज १–१ को अवस्थामा छ । पहिलो टेष्टमा इंग्ल्यान्डमा २ सय २७ रन विजयी र दोस्रोमा ३ […]

February 23, 2021

विश्वकै सर्वाधिक ठूलो क्रिकेट स्टेडियमबारे ६ जानकारी

एजेन्सी – भारतको अहमदाबादमा विश्वकै सर्वाधिक ठूलो क्रिकेट मैदान मोटेरा स्टेडियममा बुधबार देखि भारत र इंग्ल्यान्डबीच तेस्रो टेष्ट सुरु हुँदैछ । मोटेरामा हुने डे नाइट (दिउँसो र रातमा खेल्ने) टेष्ट हेर्न समर्थक उत्साहित र आतुर छन् । झन्डै ७ सय करोड भारुको खर्चमा बनेको उक्त मोटेरा मैदानमा भारत र इंग्ल्यान्डबीच तेस्रो र चौथो टेष्ट र […]

February 22, 2021

सूर्य, किशन र राहुल पहिलो पटक भारतीय टोलीमा

एजेन्सी – युवा विकेटकिपर इशन किशन, आक्रामक ब्याट्सम्यान सूर्यकुमार यादव र स्पिन अलराउन्डर राहुल टेवाटियाले पहिलो पटक भारतीय टोलीमा स्थान बनाएका छन् । भारतले मार्च दोस्रो साता देखि इंग्ल्यान्डविरुद्ध खेल्ने पाँच टि ट्वान्टी आई सिरिजको लागि विराट कोहलीको कप्तानीमा टोली घोषणा गरेको छ । टोलीमा आइपिएल स्टार सूर्य, किशन र राहुल पहिलो पटक भारतीय टोलीमा […]

February 22, 2021

अष्ट्रेलियामाथि न्युजिल्यान्डको सानदार जित

एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान डेभन कन्वे र स्पिनर ईश सोधीको उत्कृष्ट प्रर्दशनको सहयोगमा घरेलु टोली न्युजिल्यान्डले अष्ट्रेलियाविरुद्ध पहिलो टि२० खेलमा सानदार जित निकालेको छ । सोमबार पहिलो टि२० खेलमा अष्ट्रेलियालाई ५३ रनले हराउँदै न्युजिल्यान्डले पाँच टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितका लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया […]

Success

Thank you for your time.