default_image

Featured

January 16, 2016

पशुपतिलाई यु–१६ फुटबल उपाधि

पशुपतिको ‘ए’ टिमले प्रथम साइपाल कप अन्तरविद्यालय यु–१६ छात्र सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । चावहिलको गणेशस्थानमा भएको फाइनलमा पशुपतिले काभ्या ‘ए’ लाई २–० गोलले पराजित गर्‍यो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दुवै गोल दोश्रो हाफमा पशुपतिका सौरव खत्रीले गरे । सौरवले गरेको दुवै गोल उत्कृष्ट थियो । […]

YB Ghale First International goal scorer for Nepal

January 16, 2016

नेपालका पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता घले सम्मानित

राष्ट्रिय फुटबल टोलीबाट नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका वाइबी घले (यमबहादुर) लाई फ्युचर स्टार हाइ स्कुल, जावलाखेलले शनिबार नगदसहित सम्मान गरेको छ । फ्युचर स्टारको वार्षिक खेलकुद दिवसका अवसरमा घलेलाई जावलाखेलमा सम्मान गरिएको हो । राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक एवं छैटौं दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले साग) अन्तर्गत फुटबलमा स्वर्ण जित्ने टोलीका सदस्य […]

Taplejung

January 16, 2016

फागुनन्द गोल्ड कपको उपाधि कर्णसिंह सोनाम स्मृती क्लव ताप्लेजुङलाई

दिपक बोहोरा ,पाँचथर फिदिम स्पोटिङ क्लबको आयोजनमा पाँचथरको फिदिममा सञ्चालन भई रहेको सातै फागुनन्द गोल्ड कपको उपाधि कर्णसिंह सोनाम स्मृती क्लव ताप्लेजुङले कब्जा गरेको छ । शनिबार भएको फाइनल खेलमा डिफेन्डीङ च्यापियन आयोजक फिदिम स्पोटिङ क्लबलाई २– ० गोल अन्तरले हराउदै ताप्लेजुङले उपाधि जितेको हो । पहिलो हाफको १२ औँ मिनेटमा ताप्लेजुङका रोजीन धिमालले गोल […]

Pradip Humagain

January 16, 2016

सहारा एकेडेमीमा प्रशिक्षण दिन हुमागाई दोविल्लामा

पोखरा तस्बिरहरु – सुदर्शन रञ्जित अमेरीकाबाट केहि दिनको विदामा स्वदेश आएका युवा चर्चीत फुटवल प्रशिक्षक प्रदिप हुमागाइ यति वेला पोखरा १७ दोविल्लामा रहेको सहारा एकेडेमीमा व्यस्त रहेका छन । अमेरीकामा रहेको वेष्ट ह्याम युनाईटेड क्लवको कि स्टोन एथ्लेटिक्स एकेडेमीमा फुटवल प्रशिक्षण गराउदै आएका हुमागाई एक महिनाको विदामा नेपाल आएको समयलाई स्वयम सेवकको रुपमा सहारा एकेडेमीमा […]

Futsal

January 15, 2016

फुटसलमाथिको प्रतिबन्ध फुकुवा

बिकृती फैल्याएको भन्दै फुटसलमाथि लगाएको अनिश्चितकालीन प्रतिबन्ध नेपाल प्रहरीले १ दिनमै  हटाएको छ । प्रमुख जिल्ला अधिकारी, महानगरीय प्रहरी परिसरका प्रतिनिधि र फुटसल व्यवसायीबीच भएको १८ बुँदे सहमतिपछि प्रतिबन्ध हटेको हो । फुटसल खेल्दा लाग्ने शुल्कको सूची सार्वजनिक गर्नुपर्ने, खेलाडीको बिमा -तेस्रो पक्षीय बिमा), फुटसलमा सीसीटीभी व्यवस्था गर्नुपर्ने , १५ दिनभित्र सम्बन्धित निकायमा फुटसललाई दर्ता गरिसक्नुपर्ने , राति ७ […]

sherma

January 15, 2016

सीतापाइला तेक्वान्दो डोजाङ द्वरा शेर्पा सम्मानित

सीतापाइला तेक्वान्दो डोजाङले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पालाई शुक्रबार सम्मान गरेको छ । नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पुर्‍याएकोमा शेर्पालाई सम्मान गरेको हो । डोजाङका अध्यक्ष गोपाल न्यौपानेले लामालाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरे ।

Keshav Bista

January 15, 2016

सागमार्फत नाकाबन्दी अन्त्यको विश्वास – सदस्य सचिव विष्ट

भारतमा फेब्रुअरी ५ देखि हुने साग आयोजनाको तयारीबारे राखेपले , नेपाल आएको भारतीय प्रतिनिधिमण्डल र राखेपले शुक्रबार गरेको संयुक्त पत्रकार सम्मेलनमा जानकारी दियो । त्यसै सम्मेलन मा बोल्दै सदस्य सचिव केशवकुमार विष्टले खेलकुदकै माध्यमबाट भारतले नेपालमाथि लगाउँदै आएको अघोषित नाकाबन्दी अन्त्य हुने विश्वास व्यक्त गरे । भारतले गरेको अघोसित नाकाबन्दीले सागको तयारमा कठिनाई पुर्याएको भए पनि इच्छाशक्ति र […]

January 15, 2016

खो खो खेलाडी बन्द प्रशिक्षण झापामा माघ ५ देखि भारतमा

१२ औं दक्षिण एशियाली खेलकुदमा समावेश खो खो खेलको पुरुष तथा महिला खेलाडीहरुको बन्द प्रशिक्षण झापा भद्रपुरको रंगशालामा विगत १५ दिन देखि संचालनमा रहेको छ । हिजो मिति २०७२ पुष ३० गते राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट, परिषद् सदस्य द्वय वीरेन्द्र श्रेष्ठ र शान्ति सिंहले प्रशिक्षण स्थलमा स्थलगत निरक्षण गर्नुभएको छ । प्रशिक्षक […]

January 15, 2016

नेपाल बंगबन्धु कपको सेमिफाइनलमा प्रवेश

बंगलादेश विरुद्धको समूह चरणको अन्तिम खेल खेल्नुअगावै नेपालले सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो| आज भएको पहिलो खेलमा श्रीलंकाले मलेसियाको फेल्ड युनाईटेडलाई २-१ले पराजित गरेपछि नेपाल सेमीफाइनल पुगेको हो| श्रीलंकाको जितसंगै सम चार अंक बोकेका नेपाल र बंगलादेश समूह ‘ए’ बाट सेमीफाइनल पुगेका हुन्| नेपालले अब समूह विजेता बन्नका लागि बंगलादेशलाई हराउनु पर्ने हुन्छ, बराबरी […]

January 15, 2016

फागुनन्द गोल्ड कप : कर्णसिंह सोनाम स्मृती क्लव र आयोजक फाइनलमा

  दिपक बोहोरा ,पाचथर फिदिम स्पोटिङ क्लबको आयोजनमा पाचथरको फिदिममा सञ्चालन भई रहेको सातै वाईवाई फागुनन्द गोल्डकपमा हिजो भएको दोश्रो सेमीेफाइनलखेलमा चर्च व्याइज क्लवलाई हराउदै आयोजक फिदिम स्पोटिङ क्लब सातै वाईवाई फागुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । हिजो भएको सेमिफाइनल खेलमा १– ० गोल अन्तरले आयोजकले जीत हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा फिदिमा धिरज तामाङले दोश्रो हाफको नौ मिनेटमा गोल […]

Success

Thank you for your time.