default_image

ए डिभिजन लिग

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 14, 2024

वर्षको पहिलो उपाधिमा मछिन्द्र र पुलिसको नजर

सुनिल गाउँले, सिमरा जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई ए डिभिजन टोली मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबले एकअर्काको सामना गर्नेछन् । सिमरा रंगशालाको फ्लड लाइटमा सोमबार राति हुने फाइनल जित्दै दुबै टोली उपाधिका साथ नयाँ वर्ष २०८१ को सुखद सुरुवात गर्न चाहन्छन् । पुलिस आठ वर्षपछि दोस्रो पटक जीतपुरसिमरा […]

April 13, 2024

एपिएफलाई हराउँदै पुलिस फाइनलमा

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लब बाराको सिमरा रंगशालामा जारी जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अर्को विभागिय टोली एपिएफ फुटबल क्लबलाई शनिबार ३–२ ले हराउँदै पुलिस अन्तिम दुईमा पुगेको हो । पुलिसका आशिष राई, रामचन्द्र वाजे, सुजन मगरले गोल गरे । एपिएफका प्रदीप लामा र युवराज खड्काले गोल […]

April 12, 2024

मच्छिन्द्र जीतपुरसिमरा गोल्डकपको उपाधि नजिक

सुनिल गाउँले, सिमरा मच्छिन्द्र फुटबल क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा पुगेको छ । सिमरा रंगशालामा बिहीबार भएको पहिलो सेमिफाइनलमा सिराहाको सलहेश युवा क्लबलाई २–० ले हराउँदै मच्छिन्द्रले उपाधि भिडन्त पक्का गरेको हो । मच्छिन्द्रले अब उपाधिका लागि शनिबार एपिएफ र पुलिसबिच हुने विभागीय डर्बीको विजेतासंग खेल्नेछ । मच्छिन्द्रको जितमा विमल घर्ती मगर […]

April 12, 2024

एपिएफ जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमराएपिएफ फुटबल क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। तीव्र हावाका कारण बिहीबार स्थगित खेल शुक्रबार बिहान खेलाउँदा फ्रेन्डस क्लबलाई हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो। अन्तिम क्वाटरफाइनलमा एपिएफ २-० ले विजयी भएको थियो। बिहीबार ५८ औं मिनेटमा तीव्र गतिमा हावाहुरी चलेपछि खेल स्थगित गरिएको थियो। शुक्रबार त्यहिबाट […]

April 11, 2024

हावाहुरीका कारण एपिएफ र फ्रेण्डसबीचको खेल स्थगित

सुनिल गाउँले,सिमरासिमरामा जारी जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेल बिहीबार तीव्र हावाका कारण स्थगित भएको छ । सिमरा रंगशालामा एपिएफ फुटबल क्लब र फ्रेण्डस क्लबबीचको खेल चलिरहेका बेला तीव्र गतिमा हावाहुरी चलेपछि आयोजक र अफिसियलले खेल स्थगित गर्ने निर्णय लिएका हुन् । खेल रोकिँदा गोलरहित बराबरी थियो। ५८ औं मिनटपछि रेफ्रि […]

April 10, 2024

आयोजकलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधबार भएको क्वाटरफाइनलमा पुलिसले आयोजक नवजनजागृती युवा क्लब सिमरालाई २–१ ले पराजित गर्दै पुलिसले अन्तिम चारमा पुगेको हो । पुलिसको जितमा दुवै गोल उज्वल राईले गरेका थिए । आयोजक टोलीका लागि मोहित गुरुङले पेनाल्टीमा […]

April 8, 2024

हेटौंडालाई हराउँदै एपिएफ सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा नेपाल एपिएफ फुटबल क्लब सिमरामा जारी जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरको छ । सिमरा रङ्गशालामा सोमबार राती भएको दोश्रो क्वाटरफाइनलमा मकवानपुर ११ हेटौंडालाई २–० ले हराउँदै एपिएफले अन्तिम चारको यात्रा तय गरेको हो । एपिएफको जितमा विके तामाङ र प्रदिप लामाले समान १ गोल गरे । हेटौंडा विरुद्ध […]

April 7, 2024

जीतपुरसिमरा गोल्डकपमा चर्च ब्वाइज स्तब्ध

सुनिल गाउँले,सिमरा,साविक विजेता चर्च व्वाईज युनाईटेड क्लबलाई ३-२ मा स्तब्ध पार्दै सलहेश युवा क्लब सिराहा जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रङ्गशालामा आइतबार राति भएको प्रतिष्पर्धात्मक खेलको अन्तिम समयमा गोल गर्दै सिराहाले ‘ए’ डिभिजन क्लब चर्च व्वाईज विरुद्ध रोमाञ्चक जित दर्ता गर्यो । खेलको १४ औं मिनटमा सिराहाका लागि […]

April 6, 2024

जीतपुर सिमरा गोल्डकप – आर्मीको संघर्षपुर्ण जित

सुनिल गाउँले, सिमरा वीरगञ्ज युनाईटेड क्लब विरुद्ध संघर्षपुर्ण जित निकाल्दै त्रिभुवन आर्मी फुटबल क्लब शनिबार सुरु भएको जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । आर्मीले पुनरागमन जित निकाल्ने क्रममा वीरगन्जलाई ३–२ ले वीरगन्जलाई हराएको थियो । इन्ज्युरी समयमा फत्तेमान घलेले गरेको गोल खेलको निर्णाय बनेको थियो । घरेलु दर्शकको समर्थन पाएको […]

Success

Thank you for your time.