default_image

ए डिभिजन लिग

May 2, 2023

एन्फासँग ९ क्लबको माग – तयारी खर्चको भुक्तानी र नयाँ खेल तालिका

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको दोस्रो लिग सुरु हुने दिन मंगलबार आधा भन्दा बढी क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ३ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका छन् । संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले मंगलबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलाई ९ क्लबको संयुक्त ज्ञापन पत्र बुझाएका थिए । एन्फा र लिगका सहभागी क्लबबीच […]

May 1, 2023

मुख्य प्रशिक्षक श्रेष्ठले मनाङ छाडे

काठमाडौं (हाम्रो खेलकुद) –सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार खराब प्रदर्शन गरेपछि मनाङ मस्र्याङ्दी क्लबका मुख्य प्रशिक्षक किरण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । कीर्तिमानी आठ पल्टको च्याम्पियन मनाङले सोमबार सामाजिक संजाल फेसबुकबाट श्रेष्ठले व्यक्तिगत कारण देखाएर क्लब छाडेको जनाएका छन्। श्रेष्ठले सोमबार दिउँसो घरायसी कारण देखाउँदै राजीनामा दिएको मनाङका अध्यक्ष विजय घलेले जानकारी दिए […]

May 1, 2023

लिगमा विदेशी खेलाडीकै दबदबा

सुबास हुमागाईं, काठमाडौं सहिद स्मारक ए डिभिजन लिग २०७९ को पहिलो लेग सकिएको छ । विदेशी खेलाडीले उच्च प्रदर्शनका साथ लगातार प्रभाव जमाइरहँदा यसपटक तथ्यांकमा पनि त्यो देखिएको छ । सर्वाधिक गोलकर्ता सूचिको शीर्ष १० खेलाडीमा मात्र ३ जना नेपाली हुनुले पनि विदेशी खेलाडीको दबदबालाई प्रमाणित गरेको छ । हालसम्म ए डिभिजन लिगमा २ सय […]

April 30, 2023

मच्छिन्द्र र सातदोबाटोको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत दशरथ रंगशालामा आइतबार मच्छिन्द्र फुटबल क्लब र सातदोबाटो युवा क्लबको खेल गोलरहित बराबरीमा सकिएको छ । निकै प्रतिस्पर्धात्मक दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । दोस्रो हाफमा मच्छिन्द्रले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल गोलरहित नै रहयो । यससँगै सातदोबाटो […]

April 30, 2023

शेर्पा र आर्मीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लब र विभागीय त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । शेर्पा र आर्मीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । आर्मीका नवयुग श्रेष्ठले गोल गर्दा शेर्पाका कप्तान विश्वास श्रेष्ठले बराबरी गोल फर्काए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार नै हुनुपर्ने खेल लगातारको […]

April 30, 2023

मनाङमाथि चर्च ब्वाइजको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा यो सिजन निकै खराव लयमा रहेको मनाङ–मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ । चर्च ब्वाइजले मनाङमाथि ३–० को सहज जित निकालेको हो । चर्च ब्वाइजको जितमा कप्तान अनन्त तामाङ, मौसम सुब्बा र साइमन लिम्बुले गोल गरे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको […]

April 30, 2023

संकटासँग जावलाखेल रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती अग्रता जोगाउन नसक्दा सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा रहेको जावलाखेल युथ क्लब संकटा क्लबसँग बराबरीमा रोकिएको छ । जावलाखेल संकटासँग १–१ गोलको बराबरीमा रोकिएको हो । जावलाखेलका फोडे फोफानाले गोल गर्दा संकटाले निशान खड्काले बराबरी गोल फर्काए । च्यासल रंगशालामा शनिबार नै हुनुपर्ने खेल भारी वर्षाका कारण हुन नसकेपछि […]

April 29, 2023

भारी वर्षाले चर्च ब्वाइज र मनाङको खेल पनि स्थगित, भोली हुने

काठमाडौं (हाम्रो खेलकुद) – भारी वर्षा नरोकिएपछि शनिबारको लागि तय भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत चर्च ब्वाइज युनाइटेड र मनाङ–मर्स्याङ्दी क्लबबीचको खेल पनि स्थगित भएको छ । भारी वर्षा नरोकिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले चर्च ब्वाइज र मनाङबीचको खेल शनिबारको लागि स्थगित गर्दै आइतबार हुने जानकारी गराएको छ । अब चर्च […]

April 29, 2023

वर्षाले रोकिएको ‘ए’ डिभिजन लिगका दुई खेल भोली हुने

काठमाडौं (हाम्रो खेलकुद) – भारी वर्षाका कारण रोकिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत शनिबारको दुवै खेल भोलि (आइतबार) हुने भएको छ । भारी वर्षाका रंगशालामा हिमालयन शेर्पा क्लब र विभागीय त्रिभुवन आर्मी क्लबबीचको तथा च्यासलमा संकटा क्लब र जावलाखेल युथ क्लबबीचको खेल रोकिन पुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार रोकिएको […]

April 28, 2023

एनआरटीले थ्री स्टारलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत न्यु रोड टिम (एनआरटी) ले थ्री स्टार क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एनआरटीले १-० को जित दर्ता गर्दै रेलिगेसन क्षेत्रबाट ३ अंकको दुरी कायम गर्यो । पहिलो हाफमा थ्री स्टारका सन्तोष साहुखलले पेनाल्टी चुकाउँदा संजिव विष्टले गोल गर्दै एनआरटीलाई अघि बढाएका थिए […]

Success

Thank you for your time.