default_image

ए डिभिजन लिग

April 28, 2023

चेन्चोले सिजन गुमाउने, साफकै लागि शंका

काठमाडौं (हाम्रो खेलकुद) – मच्छिन्द्र फुटबल क्लबका फरवार्ड चेन्चो ग्याल्सेनले चोटका कारण सहिद स्मारक ए डिभिजन लिग २०७९ को बाँकी खेल गुमाउने भएका छन् । भुटानका राष्ट्रिय टोलीका फरवार्ड चेन्चोले बायाँ खुट्टामा चोट लागेपछि सिजन गुमाउने भएका हुन् । बायाँ खुट्टाको पैतालामा रहेको कान्छी औंला नजिकको मेटाटार्सल हड्डी भाँचिएपछि चेन्चोको खुट्टामा प्लास्टर गरिएको छ । […]

April 27, 2023

पुछारको पुलिसले खुमलटारलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको रेलिगेसनबाट जोगिने संघर्षमा रहेको नेपाल पुलिस क्लबले फुटबल क्लब खुमलटारलाई पराजित गरेको छ । दशरथ रंगशालामा विहीबार पुलिसले ३-१ को जित दर्ता गर्यो । विभागीय टोलीको जितमा अहमद हिजाजीले २ र मोजेस टुम ग्याबाले १ गोल गरे । सिजनको तेस्रो जितसँगै पुलिस १३ खेलमा १२ अंक […]

April 27, 2023

लिगमा एपिएफ र फ्रेन्ड्सको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिग अंकतालिकाको मध्यतिर रहेका एपिएफ फुटबल क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा एपिएफ र फ्रेन्ड्सले १–१ को बराबरी खेलेका हुन् । एपिएफका लागि प्रदीप लामा र फ्रेन्ड्सका लागि रफिक अर्निमुले गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा प्रदीपको गोलबाट […]

April 27, 2023

ए डिभिजन लिग जेठ २७ मा सकिने

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभजन लिग जेठ २७ सम्पन्न गर्ने गरि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार खेल तालिका सार्वजनिक गरेको छ । १३ औं चरणको खेल सुरु हुने दिन एन्फाले १४ औं देखि २६ औं तथा अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको हो । वैशाख १७ गते मछिन्द्र क्लब र सातदोबाटो […]

April 26, 2023

शीर्षस्थानको जावलाखेललाई रेलिगेसन क्षेत्रको शेर्पाले हरायो

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा रहेको जावलाखेल युथ क्लबलाई रेलिगेसन क्षेत्रमा रहेको हिमालयन शेर्पा क्लबले हराएको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा शेर्पाले जावलाखेललाई २-१ ले पराजित गरेको हो । शेर्पाको जितमा केन्याका फरवार्ड पिस्तोने मुताम्बाले दुई गोल गरे । दोस्रो हाफमा एन्कोटो मासोअबीले गोल गरेपनि जावलाखेलले नतिजा […]

April 26, 2023

दीपक र विलियम चम्कँदा सातदोबाटोको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – विलियम ओपोकु र दीपक राज सिंह ठकुरी चम्कँदा सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सानदार जित दर्ता गरेको छ । सातदोबाटोले संकटा क्लबमाथि ४–० को सानदार जित दर्ता गरेको हो । सातदोबाटोको जितमा विलियम र दीपकले समान दुई गोल गरे । सातदोबाटोले पहिलो र दोस्रो हाफमा समान दुई गोल […]

April 26, 2023

थ्री स्टार र मछिन्द्रको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । थ्री स्टार र मछिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगियो । खेलको […]

April 25, 2023

चर्च ब्वाइजलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियाे

काठमाडौं (हाम्रो खेलकुद) – चर्च ब्वाइज युनाइटेडलाइ पराजित गर्दै विभागीय त्रिभुवन आर्मी फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो स्थानमा उक्लिएको छ । आर्मीले चर्च ब्वाइजलाई १–० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लन सफल भएको हो । आर्मीको जितमा पहिलो हाफमा जिलेस्पी जंग कार्कीले गरेको गोल नै निर्णायक बन्यो । उनले १२औं मिनेटमा एकल […]

April 25, 2023

मनाङको लगातार पाँचौ हार

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङ्दी क्लबले यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार पाँचौ हार बेहोरेको छ । एन्फा कम्प्लेक्समा विभागीय नेपाल पुलिस क्लबसँग १–० ले पराजित हुँदै मनाङले यो सिजनको लिगमा लगातार पाँचौ हार बेहोरेको हो । क्लब इतिहासमै मनाङको यो सबैभन्दा खराज नतिजा हो । यसअघि मनाङले लिगमा कहिल्यै पनि लगातार पाँचौ […]

April 25, 2023

फ्रेन्ड्सले एनआरटीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – फ्रेन्ड्स क्लब कुपन्डोलले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) लाई पराजित गरेको छ । फ्रेन्ड्सले एनआरटीलाई ३–१ ले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा फ्रेन्ड्सको जितमा रफिक एमिनु, तोरिच जेब्रिन र कप्तान प्रकाश बुढाथोकीले गोल गरे । एनआरटीका सन्जिव विष्टले एक गोल फर्काए । खेलको […]

Success

Thank you for your time.