default_image

ए डिभिजन लिग

April 20, 2023

महर्जनको‌ प्रशिक्षणपछि चर्च ब्वाइजको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- बालगोपाल महर्जनले प्रशिक्षण सम्हालेपछि चर्च ब्वाइज युनाइटेड क्लबले पहिलो जित हासिल गरेको छ। दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा सातदोबाटो युथ क्लबलाई २-१ ले हराउँदै जित निकालेको हो । महर्जनले प्रशिक्षण सम्हालेपछि चर्च ब्वाइजले थ्रीस्टार क्लबसँग गोलरहित बराबरी र अर्को खेलमा फ्रेन्ड्स क्लबसँग १-१ को‌ बराबरी खेलेको थियो। मिलन राईको निर्णायक गोलमा […]

April 20, 2023

शेर्पालाई हराउँदै थ्री स्टार दोस्रो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा शेर्पालाई १–० ले पराजित गर्दै थ्री स्टार दोस्रो स्थानमा उक्लन सफल भएको हो । थ्री स्टारको जितमा लाकेन लिम्बुले गरेको गोल नै निर्णायक बन्यो । उनले १४औं मिनेटमा […]

April 19, 2023

फ्रेन्ड्ससँग संकटाको हार

काठमाडौं (हाम्रो खेलकुद)– फ्रेन्ड्स क्लबले सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ । अघिल्लो खेलमा हिमालयन शेर्पा क्लबमाथि ६–० को विजय प्राप्त गरेको फ्रेन्ड्सले बुधबार दशरथ रंगशलामा संकटा क्लबलाई ३–१ ले हराएको थियो । फ्रेन्ड्सलाई जित दिलाउन कप्तान प्रकाश बुढाथोकी, टोरिक जेब्रिन र राफिक एमिनुलेब गोल गरे । संकटाका लागि जुनियर एनकेनगुएनलेब […]

April 19, 2023

पुलिसमाथि जावलाखेलको गोल वर्षा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा रहेको जावलाखेल युथ क्लबले पुछारमा रहेको विभागीय नेपाल पुलिस क्लबमाथि गोल वर्षा गर्दै सानदार जित दर्ता गरेको छ । च्यासल मैदान बुधबार भएको खेलमा जावलाखेलले १० खेलाडीमा समेटिएको पुलिसमाथि ६–१ को एकपक्षीय जित निकालेको हो । जावलाखेलको जितमा हिसव थपलिया र एनकोटो मासोएवीले समान दुई […]

April 19, 2023

पाण्डेले फोर्थ अफिसियललाई हातपात गरे

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार दशरथ रंगशालामा भएको खेलपछि एपिएफका सहायक व्यवस्थापक जिवेश पाण्डेले फोर्थ अफिसियल ज्ञान बहादुर मोक्तानलाई हातपात गरेका छन्। खेलमा थपिएको ७ मिनेट इन्ज्युरी समयको चौथो मिनेटमा पाण्डेले फोर्थ अफिसियलसँग रेफ्रीको निर्णयप्रति आक्रोश जनाएका थिए । त्यसबेला पाण्डेलाई खेलका रेफ्री प्रज्वल क्षेत्रीले रातो कार्ड दिएका थिए। खेल […]

April 19, 2023

मछिन्द्रमाथि एपिएफको जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ । अर्मान्ड विडोमको निर्णायक गोलमा एपिएफले मछिन्द्रलाई १–० ले पराजित गरेको हो । अर्मान्डले पहिलो हाफमा गरेको गोल नै एपिएफको जितमा निर्णायक बन्यो । त्रपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा अर्मान्डले ३९औं मिनेटमा […]

April 18, 2023

जगजित बने प्लेयर अफ द म्याच

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबका विंगर जगजित श्रेष्ठ आफ्नो पूर्व क्लब मनाङ मर्स्याङ्दी क्लबविरुद्ध प्लेयर अफ द म्याच घोषित भएका छन् । उनले अवार्डसँगै १० हजार रुपैयाँ प्राप्त गरे । मंगलबार आर्मीले मनाङलाई १-० ले पराजित गर्दा जगजितले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । दोस्रो हाफमा उनले सिर्जना गरेको अवसरमा नै सुदिल […]

April 18, 2023

मनाङलाई हराउँदै आर्मी चौथो स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा सुदिल राईले दोस्रो हाफमा गरेको गोलमा आर्मी १-० को जित दर्ता गर्न सफल भयो । मनाङ लिगमा लगातार तेस्रो हार बेहोर्दै अंक तालिकाको पाँचौ स्थानमा झरेको छ । आर्मी र मनाङसहित पाँच […]

April 18, 2023

एन्फाले थ्री स्टारका प्रशिक्षक केसीसँग स्पष्टिकरण माग्यो

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले पछिल्ला दिनका केहि अभिव्यक्तिलाई लिएर थ्री स्टर क्लबका प्रशिक्षक मेघराज केसीसँग स्पष्टिकरण मागेको छ । एन्फाका महासचिव किरण राईले मंगलबार केसीलाई पत्र काट्दै एन्फाले औपचारिकताका लागि मात्र ए डिभिजन लिग गरेको, एन्फा आर्थिक अभावमा रहेको, खेलका दौरान पानी उपलब्ध गराउन नसकेको, एन्फालाई आर्थिक सहयोग गर्न […]

April 18, 2023

एनआरटीले खुमलटारलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटारलाई पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा एनआरटीले खुमलटारलाई ३–१ ले पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको हो ।एनआरटीको जितमा सरोज तामाङ, सन्जिव विष्ट र मोहित गुरुङले गोल गरे । खुमलटारका श्याम मुुर्मुले एक गोल फर्काए । […]

Success

Thank you for your time.