default_image

ए डिभिजन लिग

April 13, 2023

प्रश्नदेखि भाग्दै एन्फा, पत्रकार सम्मेलनमै भिडियो खिच्न बन्देज!

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार दशरथ रंगशालामा आठौं चरणमा चर्च ब्वाइज युनाइटेड क्लब र फ्रेन्ड्स क्लबबीचको खेलपछिको पोस्ट म्याच प्रेस कन्फरेन्समा भिडियो खिच्न रोक लगाएको छ । लामो समयदेखि आन्तरिक विवादमा रहेको एन्फाले खेल पछि प्रशिक्षकलाई सोधिने नियमित पत्रकार सम्मेलनमा पनि भिडियो खिच्न […]

April 13, 2023

थ्री स्टारले पुलिसलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा थ्री स्टारले पुलिसमाथि १–० को झिनो जित निकालेको हो । थ्री स्टारको जितमा दोस्रो हाफमा अजायी मार्टिन्सले गरेको गोल नै निर्णायक बन्यो । दुई विदेशी खेलाडी समेटेको पुलिसविरुद्ध मार्टिन्सले ६५औं […]

April 13, 2023

फ्रेन्ड्सले चर्च ब्वाइजलाई रोक्यो

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चर्च ब्वाइज युनाइटेड र फ्रेन्ड्स क्लबले अंक बाँडेका छन् । दशरथ रंगशालामा विहीबार भएको खेल १-१ को बराबरीमा सकिएको हो । पहिलो हाफमा चर्च ब्वाइजले अग्रता लिएपनि फ्रेन्ड्सले दोस्रो हाफमा गोल फर्कायो । १९ औं मिनेटमा आशिष चापागाईंले चर्च ब्वाइजलाई अग्रता दिलाउने अवसर गुमाए । […]

April 12, 2023

मनाङलाई हराउँदै सातदोबाटो शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युवा क्लब सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै शीर्षस्थानमा उक्लिएको छ । लयमा रहेका राष्ट्रिय टोलीका फरवार्ड दीपक राज सिंह ठकुरीले पहिलो हाफमा गरेको गोलको मदतमा जित हासिल गर्दै सातदोबाटो मनाङको शीर्षस्थान खोस्न सफल भयो । दशरथ रंगशालामा बुधबार १-० ले पराजित भएसँगै मनाङको अपराजित यात्रामा पूर्णविराम […]

April 12, 2023

एनआरटीमाथि संकटाको जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड मनिष डाँगीले लगातार दोस्रो खेलमा गोल गर्दा सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत संकटा क्लबले न्यु रोड टिम (एनआरटी) लाई पराजित गरेको छ । दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा संकटाले २-१ को जित दर्ता गर्यो । संकटाका लागि जुनिअर एन्कुंगे र मनिष डाँगीले गोल गर्दा एनआरटीका निकोलस संगको गोल सान्तवना […]

April 12, 2023

महर्जन चर्च ब्वाइजको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– समकालिनमा सफल प्रशिक्षक बालगोपाल महर्जन ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड क्लबका आबद्ध भएका छन् । महर्जनले बुधबार यो सिजनका लागि टोलीको मुख्य प्रशिक्षकका रुपमा जिम्मेवारी सम्हाल्ने गरि सम्झौता गरेका छन् । महर्जनले प्रशिक्षण दिन लागेको यो तेस्रो ए डिभिजन क्लब हो । यसअघि उनले घरेलु फुटबलका दुई सफल टोली थ्री स्टार […]

April 11, 2023

मच्छिन्द्रको गोल वर्षा, आफिज एक्लैको ५ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड ओलावाले अफिज एक्लैले ५ गोल गरेपछि मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फुटबल क्लब खुमलटारविरुद्ध गोलको वर्षा गर्दै जित हासिल गरेको छ । च्यासल मैदानमामा मच्छिन्द्रले ७-३ को फराकिलो जित दर्ता गरेको हो । मच्छिन्द्रका लागि अफिजले लिगको पहिलो ह्याट्रिक पूरा गर्ने क्रममा ५ गोल गर्दा विमल […]

April 11, 2023

आफिजले पूरा गरे लिगको पहिलो ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – नाइजेरियन फरवार्ड ओलावाले आफिजले सहिद स्मारक ए डिभिजन लिग २०७९ को पहिलो ह्याट्रिक पूरा गरेका छन् । खुमलटारविरुद्ध च्यासल मैदानमा पहिलो हाफमै २ गोल गरेका आफिजले दोस्रो हाफमा २ गोल थापिसकेका छन् । ६२ औं मिनेटमा मच्छिन्द्र ५-१ ले अघि छ । खेलको २४ औं मिनेटमा आफिजले सुरुवाती अग्रता दिलाए । […]

April 10, 2023

थ्री स्टार र मनाङको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लबको खेल बराबरीमा टुंगिएको छ । दशरथ रंगशालामा सम्पन्न खेल १-१ को बराबरीमा सकिएको हो । थ्री स्टारले दोस्रो हाफमा सन्तोष साहुखलको गोलममा अग्रता लिएपनि कोफी कोउडुले बराबरी गोल फर्काए । यस बराबरीले मनाङ ७ खेलमा […]

April 10, 2023

पुलिसको पहिलो जित, चर्च ब्वाइज-एपीएफ बराबर

काठमाडौं (हाम्रो खेलकुद) – विदेशी खेलाडी अनुबन्ध गरेको पहिलो खेलमै विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९ मा पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पुलिसले फ्रेन्ड्सलाई ३-१ ले पराजित गरेको हो । पुलिसको जितमा बुद्ध बल तामाङले २ गोल गर्दा डेब्यु गरिरहेका विदेशी खेलाडी मोजेस टुमले १ […]

Success

Thank you for your time.