default_image

ए डिभिजन लिग

February 6, 2024

आशिषसहित ४ फुटबल खेलाडी अष्ट्रेलियातर्फ

काठमाडौं (हाम्रो खेलकुद) – व्यावसायिक फुटबल खेलाडी विदेशीने क्रममा मंगलबार ४ खेलाडी थपिएका छन् । राष्ट्रिय फुटबल टोलीका आशिष चौधरीसहित सेसेहाङ आङदम्बे, सिमान्त थापा र आशिष देउला अष्ट्रेलिया गएका छन् । पछिल्लो दुई वर्षमा ५० भन्दा बढी फुटबल खेलाडी विदेशिएका छन् । त्यसमा अधिकांश खेलाडी अष्ट्रेलिया गएका छन् । आशिष ए डिभिजन लिग च्याम्पियन चर्च […]

February 6, 2024

एपिएफसँग थ्री स्टारको लज्जास्पद हार

हेटौंडा (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लब हेटौंडामा जारी छैटौें सहिद स्मृति स्थानीय तह मकवानपुर फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम क्वाटरफाइनलमा मंगलबार थ्री स्टार क्लबलाई ४–० को फराकिलो अन्तरले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल पुगेका दुई टोली हेटौंडामा पहिलो खेलमै पराजित […]

February 3, 2024

टाइब्रेकरमा चर्च ब्वाइजमाथि एनआरटीको जित

हेटौंडा (हाम्रो खेलकुद)- ए डिभिजन टोली एनआरटी हेटौंडामा जारी छैटौं सहिद स्मृति स्थानीय तह मकवानपुर फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शनिबार टाइब्रेकरमा ४–३ हराउँदै एनआरटी अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको हो ।निर्धारित समय २–२ बराबरीमा टुंगिएपछि खेल टाइब्रेकर गएको थियो । हेटौंडा–६ स्थित गौरीटाार रंगशालामा […]

February 3, 2024

आर्मी पहिलो पटक आहा रारा गोल्ड कप च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब पहिलो पटक आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । ए डिभिजन प्रतिद्वन्द्वी थ्री स्टार क्लबलाई शनिबार ३–० ले हराउँदै आर्मीले उपाधि जितेको हो । डेढ दशकको प्रयासमा आर्मी पहिलो पटक च्याम्पियन बनेको हो । २०६५ सालयता पाँचौं पटकको फाइनलमा आर्मी विजेता बनेर फर्कदैछ । […]

February 3, 2024

जिलेस्पीको‌ गोलमा पहिलो हाफमा आर्मीलाई‌ अग्रता

पोखरा (हाम्रो खेलकुद) – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको थ्री स्टारविरुद्धको फाइनलको पहिलो हाफमा थ्री स्टारले त्रिभुवन आर्मी फुटबल क्लबले अग्रता लिएको छ । पोखरा रंगशालामा जारी फाइनलमा जिलेस्पीजंग कार्कीको‌ गोलमा आर्मीले अग्रता लिएको हो। ३८ औं मिनेटमा सिद्धान्त चौधरीको कर्नरमा पेनाल्टी बक्समा कसैको निगरानीमा नरहेका जिलेस्पीले हेड मार्फत दोस्रो बारमा गोल गरेका हुन्। […]

February 2, 2024

धनकुटाको राजारानीसँग पुलिस पराजित

मकवानपुर (हाम्रो खेलकुद) – धनकुटाको राजारानी क्लब मकवानपुरको हेटौडामा जारी स्थानीय तह शहीद स्मृती मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइलनमा पुगेको छ । नेपाल पुलिस क्लबलाई शुक्रबार २–० ले हराउँदै राजारानी अन्तिम आठमा पुगेको हो । ५३ औं मिनेटमा विदेशी खेलाडी अजायी मार्टिन्सको गोलबाट राजारानीले अग्रता लिएको थियो । ६४ औं मिनेटमा सुशिल लामाले गोल गर्दै […]

February 2, 2024

आहा राराको फाइनल – अनुभवी र युवा जोशको‌ परीक्षण

पोखरा (हाम्रो खेलकुद)- दुई ए डिभिजन टोली थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लब ५ वर्षपछि आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भेट्दा अनुभवी र युवा जोशबीच परीक्षण हुने भएको छ । एकातिर डेढ दशकभन्दा लामो समयदेखि प्रशिक्षण गर्दै आएका मेघराज केसी आर्मीको प्रशिक्षक हुन् ।  प्रशिक्षणमा बामे सर्दै गरेका केसीकै चेला विक्रम लामा […]

February 2, 2024

आहा राराको फाइनल डिशहोमको गो एपमा पनि

काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिशहोमको एक्सन स्पोर्टसमा हुँदै आएको छ । पोखरा रंगशालामा शनिबार हुने फाइनलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टसका‌ साथै डिशहोमको गो एपमा पनि हेर्न पाइने भएको छ । ‘गो एप’मा पनि एचडी क्वालिटीमा नै आउने डिशहोमले जनाएको छ। डिश होमले आहा […]

February 1, 2024

सहारा क्लब पोखराको संयुक्त बैठक बस्यो

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराको बिहीबार संयुक्त बैठक सम्पन्न भएको छ । पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकप अवसरमा पोखरा आएका सहारा युके, सहारा हङकङका अध्यक्षहरु, पदाधिकारीहरु लगायत सदस्यको स्वागत गर्दै बिहीबार संयुक्त बैठक बसेको हो । स्व. सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा भएको बैठकमा संस्थाको गतिविध एवं भावी […]

February 1, 2024

रसबहादुरको निर्णायक गोलमा‌ आर्मी फाइनलमा

पोखरा (हाम्रो खेलकुद)- रसबहादुर मगरको निर्णायक गोलमा त्रिभुवन आर्मी फुटबल क्लब आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई बिहीबार २-१ ले हराउँदै आर्मी आहा राराको २३ औं संस्करणको फाइनल पुगेको हो । रसबहादुरले अतिरिक्त समयको नवौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो। मैदानको […]

Success

Thank you for your time.