default_image

फुटबल

August 18, 2020

रियल म्याड्रिडका युवा स्टार रेनिएर डर्टमुन्ड जाने तयारी

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिली युवा स्टार रेनिएर जर्मन क्लब बोरुसिया डर्टमुन्डमा अनुबन्धित हुने भएका छन् । डर्टमुन्डले १८ वर्षीय युवा मिडफिल्डरलाई दुई वर्षको लागि लोनमा अनुबन्ध गर्न लागेको हो । रियलले रेनिएरको क्षमता देखेर नै गत जनवरीमा २५ मिलियन पाउन्डमा गत जनवरीमा सन् २०२७ सम्मको लागि अनुबन्ध गरेको थियो । उनले फ्लामेङ्गोको […]

August 18, 2020

हाभर्टजको क्लब छाड्ने मनासय

एजेन्सी – जर्मन क्लब बायर लिभरकुसनका युवा फरवार्ड काई हाभर्टजले क्लब छाड्न चाहेको बताएका छन् । पछिल्लो इंग्लिस क्लब चेल्सीसँग जोडिएका हाभर्टजले क्लब छाड्न सम्भावना बढेको छ । क्लबका प्रमुख कार्यकारी (सिइओ) फर्नान्डो कारोले हाभर्टजले क्लब छोड्न चाहेको उल्लेख गरेपनि उनी चेल्सी जाने निश्चित नभएको बताएका छन् । चेल्सीले हाभर्टजलाई ७० मिलियन पाउण्ड प्रस्ताव गरेपनि […]

August 18, 2020

सिल्भा १० वर्षपछि स्पेन फर्किए

एजेन्सी – स्पेन तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर डेभिड सिल्भा झन्डै १० वर्षपछि स्पेनमा फर्किएका छन् । स्पेनिस ला लिगा क्लब रियल सोसिडाडसँग दुई वर्षको सम्झौता गर्दै सिल्भा १० वर्षपछि स्पेनिस क्लबमा फर्किएका हुन् । सिल्भा ३० जुन २०२२ सम्म सोसिडाडमा हुनेछन् ।३४ वर्षे सिल्भा २०१० मा स्पेनिस क्लब भ्यालेन्सियाबाट इंग्लिस क्लबमा पुगेका थिए […]

August 18, 2020

मेस्सी र ग्वार्डिओला : एक अर्काको आवश्यकता

एजेन्सी – च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा लज्जास्पद हार बेहोरेपछि बार्सिलोनाको कमजोरी छताछुल्ल भएको छ। बार्यनसँग शुक्रबार ८–२ ले पराजित भएपछि बार्सिलोनाको व्यवस्थापनमै पनि कमजोरी रहेको चर्चा सुरु भएको छ । त्यस्तै पीडा छ बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाको । उनको टोली म्याचचेस्टर सिटी पनि यसपटक क्वार्टरफाइनलबाट बाहिरियो । सिटी लगातार तेस्रो वर्ष अन्तिम आठबाट बाहिरिएको हो […]

August 18, 2020

लुकाकु र मार्टिनेज चम्कदा इन्टर मिलान फाइनलमा

एजेन्सी – फरवार्डद्धय लोउटारो मार्टिनेज र रोमेलु लुकाकु चम्कदा इटालियन क्लब इन्टर मिलान युइएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । जर्मनीमा सोमबार राति भएको खेलमा युक्रेनी क्लब साख्तर डोनेक्समाथि ५–० को सानदार जित निकाल्दै इन्टर मिलान उपाधि नजिक पुगेको हो । अब इन्टरले उपाधिको लागि स्पेनिस क्लब सेभिल्लाको सामना गर्नेछ । फाइनलमा शुक्रबार राति […]

August 18, 2020

अन्तत: सेटिन बार्सिलोनाबाट बर्खास्त

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले प्रशिक्षक किके सेटिनलाई अन्तत: बर्खास्त गरेको छ । सोमबार प्रेस विज्ञप्ति जारि गर्दै क्लबले सेटिन पदमुक्त भएको जानकारी दिएको हो । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हार बेहोरेपछि बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको थियो । झन्डै एक दशकपछि बार्सिलोना उपाधिविहिन बनेपछि सेटिनको भविष्य खतरामा देखिएको थियो । हार बेहोरेको […]

August 17, 2020

फाइनल पुग्न इन्टर र साख्तर भिड्दै

एजेन्सी – युइएफए युरोपा लिगको दोस्रो सेमिफाइनलमा आज राति इटालियन क्लब इन्टर मिलान र युक्रेनी क्लब साख्तर डोनेक्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल जर्मनीमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि सुरु हुनेछ । दुई टोली पहिलोपटक आमने सामने हुन लागेका हुन् । दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछन् । विजेताले फाइनलमा स्पेनिस क्लब सेभिल्लाको सामना […]

August 17, 2020

कोम्यान बार्सिलोनाको नयाँ प्रशिक्षक बन्ने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले क्लबकै पूर्व खेलाडी तथा नेदरल्यान्ड्सको राष्ट्रिय टोलीको प्रशिक्षक रोनाल्ड कोम्यानलाई प्रशिक्षकको भूमिकामा नियुक्त गर्ने भएको छ । ला लिगामा उपविजेता बनेको बार्सिलोना च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हार बेहोरेसँगै यस सिजन उपाधिविहिन बनेको थियो । झन्डै डेढ दशकपछि उपाधिविहिन बनेको बार्सिलोनाले टोलीमा अब आमुल परिवर्तन ल्याउने संकेत पनि […]

August 17, 2020

बार्सिलोनाले मेस्सीसहित ५ खेलाडी विक्री नगर्ने

एजेन्सी – बार्सिलोना सुपर स्टार लियोन मेस्सीमाथि सधै नरम रहँदै आएको छ । मेस्सीसहित ५ खेलाडीलाई मात्र बार्सिलोनाले आउने सिजनका लागि विक्री नगर्ने सुचीमा राखेका छ । च्याम्पियन्स लिग क्वार्टरफाइनलमा शुक्रबार बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हारेपछि बार्सिलोनाले टोलीमा ठूलो परिवर्तनको संकेत गरेको छ । खेलपछि टोलीका रक्षक जेरार्ड पिकेले टोलीमा व्यापक परिवर्तनको […]

August 17, 2020

नेयमार र एमबाप्पेले पिएसजी नछाड्ने विश्वास

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का अध्यक्ष नासिर अल खलिफाले आफ्ना टोलीका सुपरस्टारद्वय नेयमार र केलियन एमबाप्पले खेल जीवनको अन्त्य पेरिसमै गर्नेमा विश्वस्त छन् । एटलान्टाविरुद्ध अन्तिम समयमा २ गोल फर्काउँदै पिएसजी बुधबार च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको थियो । १ गोलले पछि परेको खेल उल्टाउँदै पिएसजी विजयी भएको थियो । वैकल्पिक खेलाडीको रुपमा एमबाप्पे […]

Success

Thank you for your time.