default_image

फुटबल

March 19, 2020

पीएसजीका डिफेन्डर डर्टमन्डमा

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का बेल्जियन डिफेन्डर थोमस म्युनियर जर्मन क्लब बोरुसिया डर्टमन्डमा जाने पक्का भएको छ । डर्टमन्डले थोमस म्युनियरलाई ४५ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध सफल भएको हो । यससँगै उनी आउदो समर सिजनमा डर्टमन्ड पुग्नेछन् । पछिल्लो समय पार्क डि प्रिन्सेस मैदानमा म्युनियरले कमै मात्रामा मौका पाएका थिए । […]

March 18, 2020

कोम्यानका लागि बार्सिलोनाले एक वर्ष कुर्नुपर्ने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले प्रशिक्षक रोनाल्ड कोम्यानलाई क्लबमा अनुबन्ध गर्न अझै एक वर्ष कुर्नुपर्ने भएको छ । नेदरल्यान्ड्सको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक रहेका कोम्यान युरो कप सकिएलगत्तै बार्सिलोना आउने तयारी रहेको थियो । बार्सिलोनाले यसअघि टोलीको प्रशिक्षकका रुपमा रहेका एर्नेस्टो भालभेर्डे को सम्झौता सकिएपछि कोम्यानलाई प्रशिक्षकको रुपमा भित्र्याउने तयारी गरेको थियो । कोम्यान […]

March 18, 2020

रियलले बेललाई अर्काे सिजन नराख्ने

एजेन्सी – स्पेनिस महराथी रियल म्याड्रिडले आउदो समर सिजनमा आफ्ना वेल्सका स्टार फरवार्ड ग्यारेथ बेललाई नराख्ने भएको छ । बेललाई यो सिजन स्थानान्तरण गर्ने नै रियलको लक्ष्य रहेको क्लबले जनाएको छ । रियलमा बेलको सम्झौता अझै दुई वर्ष बाँकी रहेको छ । रियलका प्रशिक्षक जिनेदिन जिदान र ग्यारेथ बेलबीचको सम्वन्ध राम्रो हुन सकेको छैन । […]

March 18, 2020

नेपाल र इग्ल्यान्ड ‘सी’बीचको मैत्रीपूर्ण खेल स्थागित

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोली र इग्ल्यान्डको ‘सी’ टोलीबीच हुने पहिलो मैत्रीपूर्ण खेल स्थागित भएको छ । कोरोना भाइरसले विश्वभर पारेको असरका कारण २०७७ जेठ १२ गतेका लागि इग्ल्यान्डमा हुने तय भएको पहिलो मैत्रीपूर्ण खेल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को सुचना नभए सम्मका लागि मैत्रीपूर्ण खेल स्थगित भएको […]

March 18, 2020

सहारा यसै सहारा होइन !

क्रियटिभ भ्वाइस टीएस ठकुरी ‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ, पोखरा त साँच्चिकै पो पोखरा नै रैछ ।’ रुकुममा जन्मिएर नेपालगन्जलाई कर्मथलो बनाएका कवि गीतकार, संगीतकार तथा गायक प्रेमप्रकाश मल्लले धेरै अघि आफ्नो गायकीमार्फत पोखरालाई यसरी चित्रण गरेका थिए । पोखरा आफैंमा प्रिय छ । साँच्चिकै प्रिय । प्रियसीको सम्झनामा जसरी गीत कविता रचना हुन्छन्, पोखराका […]

March 18, 2020

युभेन्टसका अर्काे खेलाडीलाई पनि कोरोना संक्रमण

एजेन्सी – इटालियन क्लब युभेन्टसका अर्काे खेलाडीमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ । फ्रेन्च मिडफिल्डर ब्लेइस म्याथुइडीलाई पनि मंगलबार मेडिकल परिक्षण गर्दा उनमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो । उनी कोरोना संक्रमण हुने युभेन्टसका दोस्रो खेलाडी हुन् । यसअघि ड्यानियल रुगानीलाई कोरोना संक्रमण भेटिएको थियो । रुगानीलाई कोरोना संक्रमण भेर्टिपछि म्याथुइडीसहित युभेन्टसका […]

March 18, 2020

च्याम्पियन्स र युरोपा लिगको फाइनल जुन अन्तिम साता

एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले युरोपियन क्लब फुटबलको सबैभन्दा चर्चित युइएफए च्याम्पियन्स लिग र युइएफए युरोपा लिग फुटबलको फाइनल खेल चार सातापछि गर्ने निर्णय गरेको छ । युइएफएले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गरेर च्याम्पियन्स लिग र युरोपाको फाइनल खेल चार साता पछि सारेको हो । युइएफएको […]

March 17, 2020

बी डिभिजन स्थगित, एन्फा पनि एक साता बन्द

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले अहिले जारी सहिद स्मारक बी डिभिजन लिगसहित सबै खाले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको विश्वव्यापी असरलाई मध्यनजर गर्दै मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एक साताका लागि प्रतियोगितालगायत सबै खाले खेलकुद गतिविधि स्थगित गर्न निर्देशन दिएपछि एन्फाले सबै कार्यक्रम स्थगित गरेको छ […]

March 17, 2020

एन्फाको आन्तरिक विवाद छताछुल्ल !

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक विवाद औपचारिक रुपमै छताछुल्ल भएको छ । माघको २९ गते बसेको कार्यसमितिको बैठकले गरेको विभिन्न निर्णयमा आफ्नो असहमति रहेको भन्दै एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले मंगलबार एन्फा महासचिव इन्द्रमान तुलाधरलाई बुझाएका छन् । नोट अफ डिसेन्ट लेख्न नमिलेपछि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र महासचिव […]

March 17, 2020

युरो कप एक वर्ष पछाडि सर्‍यो

एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले सन २०२० मा युरोपका विभिन्न १२ राष्ट्रमा तय भएको युरोकपलाई एक वर्ष पछाडि सार्ने निर्णय गरेको छ ।  चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व खेलकुद गतिविधि ठप्प छ । यसबारे युइएफको मंगलबार बसेको बैठकले प्रतियोगिता सार्ने निर्णय गरेको हो । सदस्य राष्ट्रहरुसँग भिडियो कन्फ्रेन्समार्फत बोर्ड […]

Success

Thank you for your time.