default_image

फुटबल

March 13, 2020

अजितको ह्याट्रिकमा आरसिटीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – अजित गुरुङको ह्याट्रिक सहयोगमा रानी पोखरी कर्नर टिम (आरसिटी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । आरसिटीले लिगको पाँचौ राउन्डमा मध्यपुर युथ एसोसिएसनलाई ३–० ले हराउदै लिगमा पहिलो जित दर्ता गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको नवौं मिनेटमा अजित गुरुङले गोल गर्दै आरसिटीलाई अग्रता दिलाएका […]

March 13, 2020

पुलिस राजर्षी जनक कपको पनि फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– एकै समय दुई वटा नकआउट फुटबल प्रतियोगितामा भाग लिइरहेको नेपाल पुलिस क्लब सर्लाही बागमतीमा जारी राजर्षी जनक कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । साविक विजेता सुदूरपश्चिम ११ स्पोर्टस क्लबलाई ३–१ ले हराउँदै पुलिस अन्तिम दुईमा पुगेको हो । पुलिसको अर्को टोली १८ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको […]

March 13, 2020

सातदोबाटो अपराजित, ब्वाइज युनियनको दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा अपराजित यात्रालाई निरन्तरता दिदा शुक्रबार ब्वाइज युनियन क्लबलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको लिगको पाँचौं राउन्डको खेलमा सातदोबाटोले ब्वाइज युनियनमाथि १–० को कठिन जित निकालेको हो । खेलको १४औं मिनेटमा दिनेश राईले गरेको गोल नै सातदोबाटोको जितमा निर्णायक बन्यो । […]

March 13, 2020

च्याम्पियन्स लिग र युरोपा लिग स्थगित

एजेन्सी – युरोपेली फुटबल महासंघ (युइएफए) ले आफ्नो मातहातमा हुने सम्पूर्ण फुटबल गतिविधि च्याम्पियन्स लिग, युरोपा लिग र युथ लिग स्थगित भएको घोषणा गरेको छ । चीनको उहान प्रान्तबाट सुरु भएर विश्वव्यापी रुपमा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण सम्पूर्ण गतिविधि स्थगित गर्नु परेको युइएफएले जनाएको छ । ‘बिहीबार फिफप्रो र ५५ […]

March 13, 2020

पुलिस र मनाङ उपाधिका लागि भिड्दै

पोखरा (हाम्रो खेलकुद) – मोफसलको सबैभन्दा चर्चित र प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणको उपाधिको लागि शनिबार घरेलु फुटबलका दुई चिरपरिचित टोली  नेपाल पुलिस क्लब र नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो १ बजेपछि पोखरा रंगशालामा हुनेछ । मनाङले उपाधि […]

March 13, 2020

रियल र म्यानचेस्टरको खेल स्थगित

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिडबीचको दोस्रो लेगको खेल स्थगित भएको छ । रियलका सबै खेलाडी क्वारेन्टाइनमा रहने भएपछि खेल स्थगित गरिएको हो । दोस्रो लेग सिटीको मैदानमा मंगलबार रातिको लागि तय थियो । पहिलो लेगमा सिटीले रियलविरुद्ध २–१ को अग्रता बनाएको छ । रियलका बास्केटबल […]

March 13, 2020

आर्सनल प्रशिक्षक अर्टेटालाई कोरोना संक्रमण

एजेन्सी – लन्डन क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटालाई कोरोना (कोभिड–१९) भाइरसको संक्रमण देखिएको छ । चेक जाँचको क्रममा प्रिमियर लिग क्लबका प्रशिक्षकलाई कोरोनाको पोजेटिभ लक्षण देखिएको हो । अर्टेटामा देखिएको लक्षणसँगै इंग्ल्यान्ड फुटबल एसोसिएसन (एफए) को आकस्मिक बैठकले शनिबार हुने आर्सनल र ब्राईटोनबीचको खेल स्थगित गरिएको जानकारी गराएको छ । अर्टेटाको सम्पर्कमा रहेको स्टाफ […]

March 13, 2020

वल्फवर्गमाथि साख्तरको साँघुरो जित

एजेन्सी – युक्रेनी क्लब साख्तर डोनेस्कले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब वल्फवर्गमाथि साँघुरो जित निकालेको छ । साख्तरले घरेलु टोलीलाई २–१ ले हराएको हो । वल्फमा साख्तरको जितमा जुनियर मोराइस र मार्काेस बाहियाले गोल गरे । घरेलु टोलीका जोन एन्थोनी ब्रुक्सले एक गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको १७औं मिनेटमा जुनियर मोराइसले […]

March 13, 2020

म्यानचेस्टरको ५ गोल

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा सानदार जित निकालेको छ । युनाइटेडले घरेलु टोली अष्ट्रियन क्लब लास्कमाथि ५–० को फराकिलो जित निकालेको हो । बिहीबार राति भएको खेलमा युनाइटेडको फराकिलो जितमा ओडिन इघलो, ड्यानियल जेम्स, हुवान माटा, मासन ग्रीनवुड र एन्ड्रियस पेरेराले गोल गरे । एकपक्षीय खेलमा पहिलो हाफमा […]

March 12, 2020

जावलाखेल राजर्षी जनक कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन टोली प्रभु बैंक जावलाखेल युथ क्लब चौथो राजर्षी जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सर्लाहीको बागमतीमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनलमा भारत दार्जिलिङको यूकेएफसीलाई २–० ले हराउँदै जावलाखेल अन्तिम चारमा पुगेको छ । अब जावलाखेलले भारत सिलगुढीको कन्चनजंगा एफसीको सामना गर्नेछ । जवलाखेललाई बिहीबार जित दिलाउन रुपबहादुर लामा र […]

Success

Thank you for your time.