default_image

फुटबल

March 16, 2020

टुसाल हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद)– इन्ज्युरी समयमा संगम शाहीले गोल गरेपछि टुसाल युथ क्लबले टोखा श्री भगवती क्लबसँगको सम्भावित हारबाट जोगिएको छ । हारतर्फ उन्मुख भएको खेलको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा संगमले गोल गरे खेल १–१ गोलको बराबरीमा टुंगिएको हो । अन्तिम एक मिनेट सम्हालिन नसक्दा श्री भगती टोखा भने जितबाट वञ्चित बनेको छ । […]

March 16, 2020

खुमलटारको जितमा सविनको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – साविन केसीको ह्याट्रिक सहयोगमा खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सहज जित निकालेको छ । सोमबार भएको खेलमा खुमलटारले श्री कुमारी क्लबमाथि ३–१ को सहज जित निकालेको हो । खुमलटारका सविन केसीले ह्याट्रिक पुरा गर्दा श्री कुमारीका मिसन लामाले सान्त्वना गोल गरे । सबै चार गोल पहिलो हाफमा सम्भव […]

March 16, 2020

रोनाल्डो युभेन्टसमै रहने

एजेन्सी – इटालियन जाइन्ट युभेन्टसले आफ्ना स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई थप दुई वर्ष युभेन्टसमै राख्ने प्रयास थालेको छ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्टार फरवार्ड रोनाल्डोको सम्झौता २०२२ जुनमा सकिदैछ । तर, युभेन्टसले रोनाल्डोलाई क्लबमा थप दुई वर्ष राख्ने प्रयास थालेको हो । यसो हुन सकेमा रोनाल्डो २०२४ सम्म […]

March 16, 2020

नेयमार बेच्न पीएसजी तयार

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) आफ्ना ब्राजिली स्टार नेयमारलाई बेच्न तयार भएको छ । पीएसजीले गत समरमा तोकेको मुल्यमा ५१ मिलियन पाउन्ड कममा नेयमारलाई बेच्न तयार भएको विभिन्न सञ्चार माध्यमहरुमा उल्लेख छ ।  यससँगै नेयमारको मुल्य १३५ मिलियन पाउन्ड हुनेछ । गत समरमा नेयमारको मुल्य १८६ मिलियन तोकिएको थियो । गत समरमा […]

March 15, 2020

जुमानु राजर्षी जनक कपका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबका कप्तान जुमानु राई चौथो राजर्षी जनककप फुटबल प्रतियोगिताको सर्वोेत्कृष्ट खेलाडी घोषित भएका छन् । पुलिसलाई वर्षको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेको जुमानुले ५१ हजार रुपैयाँ प्राप्त गरे ।   सर्लाहीको बागमतीमा भारत सिलगुढीको कन्चनजंगा एफसीलाई २–१ ले हराउँदै पुलिसले उपाधि जितेको हो । शनिबार मात्रै पुलिसको अर्को टोली आहा […]

March 15, 2020

जुमानुको नेतृत्वमा पुलिसलाई राजर्षी जनक कप उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले आइतबार चौथो राजर्षी जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सर्लाहीको बागमतीमा भारत सिलगुढीको कन्चनजंगा एफसीलाई २–१ ले हराउँदै पुलिसले उपाधि जितेको हो । पुलिसको यो वर्षको पहिलो उपाधि हो । शनिबार मात्रै पुलिसको अर्को टोली आहा रारा गोल्डकपको फाइनलमा नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबसँग टाइब्रेकरमा पराजित […]

March 15, 2020

आहा रारा गोल्डकप – गतवर्ष भन्दा टिकटबाट झन्डै दोब्बर आम्दानी

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा टिकट विक्रीबाट गत वर्षको तुलनामा यो वर्ष झन्डै दोब्बर आम्दानी भएको छ । गत वर्ष टिकट बाट झन्डै १५ लाख रुपैयाँ संकलन गरेको सहाराले यसपटक २८ लाख भन्दा बढी संकलन गरेको जनाएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पोखरा रंगशाला पुर्ननिर्माण गर्न पुरानो […]

March 15, 2020

विश्व खेलकुद गतिविधि ठप्प

एजेन्सी – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा प्राय सबै गतिविधि ठप्प रहेको छ । यसबाट खेलकुदका गतिविधि पनि ठप्प बनेका छन् । चीनबाट शुरु भएको यो भाइरस युरोपेली राष्ट्रमा द्रुत गतिमा फैलिएपछि सकिने संघारका रहेको विश्वको चर्चित फुटबल लिगहरु ठप्प भइसकेको छ । युइएफए च्यापिम्पयन्स लिग, युरोपा लिग, स्पेनिस ला लिगा, […]

March 14, 2020

राजर्षीको फाइनल पुलिस र कन्चनजंगाबीच तय

काठमाडौं (हाम्रो खेलकुद)– भारत सिलगुढीको कन्चनजंगा एफसी सर्लाहीको बागमतीमा जारी चौथो राजर्षी जनक कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । ए डिभिजन टोली प्रभु बैंक जावलाखेल युथ क्लबलाई शनिबार टाइब्रेकरमा ३–१ ले हराउँदै कन्चनजंगा उपाधि नजिक पुगेको थियो । अब टोली फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । साविक विजेता सुदूरपश्चिम ११ स्पोर्टस क्लबलाई शुक्रबार […]

March 14, 2020

अजित आहा रारा गोल्डकपका सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अधिकांश व्यक्तिगत अवार्ड च्याम्पियन नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबको खातामा गएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट र उच्च गोलकर्ता बाहेकका सबै व्यक्तिगत अवार्ड मनाङले जितेको छ । उपविजेता नेपाल पुलिस क्लबका अजित भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले अप्रिलाको स्कुटर जितेका छन् । फाइनलको टाइब्रेरकमा भने […]

Success

Thank you for your time.