default_image

फुटबल

January 27, 2020

रोनाल्डोको गोल, युभेन्टसको हार

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको युभेन्टस पराजित भएको छ । सुपरस्टार फरवार्ड रोनाल्डोले गोल गरेपनि युभेन्टस घरेले टोली नेपोलीसँग २–१ ले पराजित भएको हो । हारपछि पनि युभेन्ट्सले शीर्षस्थानमा ३ अंकको अग्रता लिन सफल भएको छ । दोस्रो स्थानको इन्टर मिलानको ४८ अंक छ । युभेन्टसलाई पराजित गरेको नेपोलीको २७ अंक जोडेर […]

January 27, 2020

नेयमारको दुई गोलमा पीएसजी विजयी

एजेन्सी – ब्राजिलियन स्टार फरवार्ड नेयमारको दुई गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लिललााई पराजित गरेको छ । पीएसजीले लिललाई २–० ले पराजित गरेको हो ।  जितसँगै पीएसजी लिग वानको उपाधितर्फ अग्रसर भएको छ । पीएसजीले दोस्रो स्थानको मार्सेलीलाई १० अंकले पछि पारेको छ । पीएसजीको २१ खेलबाट ५२ अंक छ । […]

January 27, 2020

सावित्रा अनि रोनाल्डोको ‘जर्सी नम्बर ७’

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय टोलीबाट खेल्दा होस् वा कुनै क्लबबाट खेल्दा सावित्रा भण्डारी सम्बाको प्रभाव बेग्लै हुने गर्छ । कमै खेल होलान् जसमा सावित्राले गोल नगरेको होस् । कथम कदाचित गोल नगर्दा पनि खेलमा उनले प्रभाव छाडेकै हुन्छिन् । सावित्रा नै दक्षिण एसियाको उत्कृष्ट स्ट्राइकर हो भन्दा सायदै दुइमत होला । दक्षिण एसियाको महारथी भारतकै […]

January 27, 2020

बार्सिलोनालाई पछि पार्दै रियल शीर्षस्थानमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै स्पेनिस महारथी रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । रियलले आइतबार राति रियल भालाडोलिडमाथि १–० संघर्षपुर्ण जित निकाल्दै ला लिगाको शीर्षस्थानमा उक्लन सफल भएको हो ।  रियलले शीर्षस्थानमा बार्सिलोनालाई ३ अंकले पछि पारेको हो । जितसँगै रियलको २१ खेलबाट ४६ अंक पुगेको छ । समान खेलबाटै […]

January 26, 2020

एन्फा कास्की अध्यक्ष कुट्ने सांसद मनाङे रिहा

पोखरा (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ आइतबार धरौटीमा रिहा भएका छन् । दीपक मनाङेका नामले परिचित उनलाई कास्की जिल्ला प्रशासनले ६ हजार धरौटीमा रिहा गरेको हो । रिहा अघि आज सरकारी वकिलको कार्यालयले उनीसँग बयान लिएको थियो । उनलाई […]

January 26, 2020

सावित्राको गोलमा गोकुलमको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोली र एपिएफकी फरवार्ड सावित्रा भण्डारीको गोलमा गोकुलम केरेला एफसीले महिला भारतीय (आई) लिगमा विजयी सुरुवात गरेको छ । श्रीभुमी एफसीलाई १–० ले हराउँदै गोकुलमले विजयी सुरुवात गरेको हो । भारतको बैंगलोर रंगशालामा भएको खेलको ६७ औं मिनेटमा सावित्राले गरेको गोल नै निर्णायक बनेको हो । सावित्राको क्लबका लागि यो […]

January 26, 2020

नवौं चरणमा थ्री स्टार र मछिन्द्र भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको आठौं चरण समाप्तीमा आइपुग्दा अंकतालिका रोमाञ्चक बनेको छ । त्रिभुवन आर्मी क्लबले दोस्रो स्थानको सानमिगेल मछिन्द्र क्लब र नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबलाई स्पष्ट ३ अंकले पछि पार्ने मौका गुमाएपछि लिग थप रोमाञ्चक मोडमा आइपुगेको छ । शनिबार न्यू रोड टिम (एनआरटी) सँग गोलरहित […]

January 26, 2020

बायर्नको सानदार जित

एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फराकिलो जित निकालेको छ । बायर्नले साल्के–४ माथि ५–० को फराकिलो जित आत्मसात गरेको हो । फराकिलो जितसँगै बायर्नले शीर्षस्थानको आरबी लेइपजिगसँगको अंक दुरी १ मा झारेको छ । आरवी लेइपजिग शनिबार राति फ्रन्कफर्टसँग २–० ले पराजित भएको फाइदा उठायो । जितसँगै बायर्नको १९ खेलबाट ३९ अंक पुगेको […]

January 26, 2020

झिनो जितसँगै चेल्सी एफए कपको पाँचौ चरणमा

एजेन्सी – लन्डन क्लब चेल्सी एफए कपको पाँचौ चरणमा प्रवेश गर्न सफल भएको छ । चेल्सीले च्याम्पियनसिप क्लब हल सिटीलाई २–१ ले पराजित गर्दै एफए कपको पाँचौ चरणमा पुग्न सफल भएको हो । केसीओम स्टेडियममा शनिबार राति भएको खेलमा चेल्सीको जितमा मिचे बात्सुयाई र फिकायो तोमोरीले गोल गरे । हलका कामिल ग्रोसिकीले सान्त्वना गोल फर्काए […]

January 25, 2020

बार्सिलोनामाथि भ्यालेन्सियाको सानदार जित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत लिगको शीर्षस्थानमा रहेको बार्सिलोनालाई भ्यालेन्सियाले हराएको छ । शनिबार घरेलु मैदान मेस्टालामा भएको खेलमा भ्यालेन्सियाले लिगको साविक विजेता बार्सिलोनालाई २-० ले पराजित गरेको हो । खेलको नवौं मिनेटमा नै भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्ने अवसर पाएको थियो । जेरार्ड पिकेले पेनाल्टी क्षेत्रभित्र जोसे गायालाई लडाएपछि रेफ्रीले उनलाई पहेंलो कार्ड देखाउँदै […]

Success

Thank you for your time.