default_image

फुटबल

January 23, 2020

रोनाल्डोको गोलसँगै युभेन्ट्स सेमिफाइनलमा

एजेन्सी – इटालियन महाररथी युभेन्ट्स कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रोमालाई ३–१ ले पराजित गर्दै युभेन्ट्सले अन्तिम चारको यात्रा तय गरेको हो ।   युभेन्ट्सको जितमा रोनाल्डोसँगै रोड्रिगो बेन्टानकर र लियोनार्दाे बोनुचीले गोल गरे । रोमाले आत्मघाती गोल उपहार पाएको थियो । घरेलु मैदानमा खेलको २६औं मिनेटमा गोन्जालो हिगुआइनको […]

January 23, 2020

पीएसजी फ्रेन्च लिग कपको फाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको फाइनलमा पुग्न सफल भएको छ । पीएसजीले १० खेलाडीमा समेटिएको रिम्सलाई ३–० ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो । रिम्समा बुधबार राति भएको खेलमा पीएसजीको सहज जितमा मार्कुन्योस र नियानजोउ कोवासीले गोल गर्दा एक गोल उपहार पाएको थियो । नवौं मिनेटमा नै नेयमारको पासमा […]

January 23, 2020

रियलको जितमा बेलको गोल

एजेन्सी – स्पेनिस महारथी रियाल म्याड्रिड स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ । रियालले तेस्रो डिभिजनको युनियनीस्टेस डि सालामान्कालाई ३–१ ले पराजित गर्दै अन्तिम १६  मा पुग्न सफल भएको हो । रियालको जितमा वेल्सका फरवार्ड ग्यारेथ बेल र ब्राहिम डियाजले गोल गरे । एक गोल भने आत्मघाती गोल उपहार पाएको थियो । […]

January 23, 2020

ग्रिजमनको दुई गोलमा बार्सिलोना कोपा डेल रेको अर्काे चरणमा

एजेन्सी – फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमनको दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको अर्काे चरणमा पुग्न सफल भएको छ । बार्सिलोनाले तेस्रो डिभिजनको युडी इविजालाई २–१ ले पराजित गर्दै अर्काे चरणमा पुग्न सफल भएको हो । बार्सिलोनाले १–० ले पछि परेको स्थिति उल्ट्याएर पूनरागमन जित निकालेको हो । युडी इविजाका जाभी पेरेजले […]

January 22, 2020

सांसद गुरुङविरुद्ध उजुरी, विवादको चाङ्गमा कास्की एन्फाका अध्यक्ष

काठमाडौं (हाम्रो खेलकुद)– दीपक मनाङे नामले परिचित गण्डेकी प्रदेश सांसद राजीव गुरुङले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेपछि पोखराको मुख्यमन्त्री कप फुटबलको उद्घाटननै छायाँमा परेको थियो । प्रतियोगिता उद्घाटनका लागि गण्डकीका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ पुग्नुअघि नै मनाङको टोलीलाई सुविधा नदिएको भन्दै सांसद गुरुङले अध्यक्ष गुरुङलाई कुटेका थिए […]

January 22, 2020

रियलका खेलाडी लोनमा बायर्न म्युनिख पुगे

एजेन्सी – प्रशिक्षक जिनेदिन जिदानको रोजाइमा पर्न नसकेपछि स्पेनिस महारथी रियल म्याड्रिडका डिफेन्डर अल्भारो ओड्रीओजोला ६ महिना लोनमा जर्मन च्याम्पियन बायर्न म्युनिखमा अनुबन्धित भएका छन् । स्पेनको राष्ट्रिय टोलीमा नियमित पर्दै आएका भएपनि क्लबमा भने उनले निकै संघर्ष गर्नुपरको छ । जारी सिजन उनले जम्मा ५ पटक रियलको टोलीमा खेलेका छन् । सम्भावित २८ खेलमध्य […]

January 22, 2020

धनगढीमा महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने

धनगढी (हाम्रो खेलकुद)– धनगढीको जुगेडामा दोस्रो संस्करणको प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा रहेको मनकामना युवा क्लबको आयोजनामा दोस्रो संस्करणको वानस्टप अटोमोवाईल्स प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको हो । ११ माघ गते सुरु प्रतियोगितामा पुरुषतर्फ १६ तथा महिलातर्फ ६ वटा […]

January 22, 2020

सावित्रा सम्मिलित गोकुलम आई लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोली एवंम् नेपाल एपिएफ क्लबकी फरवार्ड सावित्रा भण्डारी ‘सम्बा’ सम्मिलित गोकुलम केरेला एफसी शुक्रबार सुरु हुने महिला भारतीय (आई) लिगका लागि छनोट भएको छ । २ लेगको छनोटमा एफसी अलकापुरालाई समग्रमा पराजित ९–१ गर्दै गोकुलम चौथो संस्करणको आइलिगका लागि छनोट भएकी थिइन् । बुधबार भएको दोस्रो लेगको पहिलो […]

January 22, 2020

रञ्‍जितको फ्रिकिक गोलमा मछिन्द्र विजयी

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर रञ्‍जित धिमालले फ्रिकिकमा गरेको गोल निर्णायक सावित हुँदा कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ ।   दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक हासिल गर्यो । यस जितसँगै मछिन्द्रले ८ खेलमा ५ […]

January 22, 2020

मनाङका पूर्व खेलाडी आसिफ च्यासलमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)– भारतीय खेलाडी मोहम्मद आसिफ च्यासल युथ क्लबमा आबद्ध भएका छन् । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगका बाँकी खेललाई लक्षित गर्दै च्यासलले रक्षक आसिफलाई बुधबार अनुबन्धन गरेको हो । दक्षिण एसियाली खेलाडीको कोटाा असिफलाई च्यासलले भित्राएको हो । आसिफले गत सिजन नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबबाट खेलेका थिए । अखिल […]

Success

Thank you for your time.