default_image

फुटबल

January 28, 2020

पहिलो हाफमा आर्मी-जावलाखेल गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । खेलकाे ११ अौं मिनेटमा टंक बहादुर बस्नेतकाे पासमा नवयुग श्रेष्ठले बक्सभित्र बल भेटाएपनि नियन्त्रणमा लिन नसक्दा आर्मी अग्रता लिनबाट चुक्याे । १९  अौंमिनेटमा टंक बहादुर बस्नेतकाे क्रसलाई […]

January 28, 2020

रेलिगेसन खतरामा रहेको सरस्वतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधि दौड मात्र होइन रेलिगेसन टार्ने अभियान पनि रोचक बनेको छ । अंक तालिकाको पुछारमा रहेको सरस्वती क्लबले जारी लिगमा पहिलो जित दर्ता गरेपछि तल्लो क्रममा रहेका अन्य टोली माथि दबाब बढेको छ । हाइस्कोरिङ म्याचमा सरस्वतीले १२ औं स्थानमा रहेको यति हिमालयन शेर्पालाई मंगलबार […]

January 28, 2020

सरस्वती र शेर्पाको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अंक तालिकाको तल्लो क्रममा रहेका यति हिमालयन शेर्पा र सरस्वती क्लबबीचको पहिलो हाफ २–२ को बराबरीमा टुंगिएको छ । सरस्वतीले दुई पटकको अग्रतालाई जोगाउन सकेन । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलकोखेलको पाँचौै मिनेटमा काजिम बुसारीले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाए । निशान माझीको क्रसमा […]

January 28, 2020

जावलाखेलसँग सचेत आर्मी, सरस्वतीलाई अर्काे मौका

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तरगत नवौं राउन्डको दोस्रो दिन आज दुई खेल हुँदैछ । नवौं राउन्डको दोस्रो दिन पहिलो खेलमा यति हिमालयन शेर्पा क्लब र सरस्वती युवा क्लबबीच बिहान ११ः३० बजे तथा प्रभु जावलाखेल युथ क्लब र विभागीय त्रिभुवन आर्मी क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुदैछ । […]

January 28, 2020

आसर्नल एफए कपको पाँचौ चरणमा

एजेन्सी – प्रिमियर लिग क्लब आर्सनल एफए कपको पाँचौं चरणमा प्रवेश गर्न सफल भएको छ । सोमबार राति भएको खेलमा आर्सनलले एएफसी बर्नमाउथलाई २–१ ले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो । आर्सनलको जितमा बुकायो साका र इडी एनकेतिहाले गोल गरे । घरेलु टोलीका साम सुरिजले सान्त्वना गोल फर्काए । भिटालिटी स्टेडियमा खेलको […]

January 28, 2020

रेजिनलाई जगाएको नेयमारको ‘कोबी’ श्रद्धाञ्जली

सुबास हुमागाईं, काठमाडौं सोमबार दिउँसो राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत उपाधि होडमा रहेका मछिन्द्र र रुस्लान थ्री स्टारको खेल थियो । उक्त खेलमा मछिन्द्रका लागि सुरुवाती गोल गरेपछि युवा फरवार्ड रेजिन सुब्बाले गोलको खुसी मनाउने क्रममा एक हातले २ र अर्को हातले ४ को संकेत गरे । रेजिन खेलमा वैकल्पिक खेलाडीका रुपमा […]

January 27, 2020

‘उपाधि दौडबाट बाहिरियौं’ – थ्री स्टार प्रशिक्षक केसी

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले आफ्नो टोली उपाधि दौडबाट बाहिरिएको र अबको लक्ष्य भनेको शीर्ष ६ मा पर्नु रहेको बताएका छन् । सानमिगेल मछिन्द्र क्लबसँग सोमबार २–० को हार पछि प्रशिक्षक केसीले भने,‘ अब टाइटल रेसबाट छुट्यौं । अबको लक्ष्य शीर्ष ६ मा पर्नको लागि प्रयास गर्ने हो । ’ […]

January 27, 2020

थ्री स्टारलाई हराउँदै मछिन्द्र शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार रुस्लान थ्री स्टार क्लबलाई २-० ले पराजित गरेको छ । यससँगै मछिन्द्र अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । खेलको १३अौं मिनेटमा रन्जित धिमालकाे फ्रिकिकलाई थ्री स्टारका गाेलरक्षक प्रिसाेले सहजै नियन्त्रणमा लिए । लगत्तै थ्री स्टारका अशाेक खवासकाे क्रसमा हम्जातकाे […]

January 27, 2020

रेजिनको गोलमा मछिन्द्रलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – युवा फरवार्ड रेजिन सुब्बाको गोलमा मछिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार रुस्लान थ्री स्टारविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । खेलको १३अौं मिनेटमा रन्जित धिमालकाे फ्रिकिकलाई थ्री स्टारका गाेलरक्षक प्रिसाेले सहजै नियन्त्रणमा लिए । लगत्तै थ्री स्टारका अशाेक खवासकाे क्रसमा हम्जातकाे हेडर पाेस्टबाट थोरै […]

January 27, 2020

विभागीय डर्बीमा पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारको पहिलो खेलमा नेपाल पुलिस क्लबले नेपाल एपीएफ क्लबलाई १-० ले पराजित गरेको छ । पाँचौ मिनेटमा पुलिसका भरत शाहको प्रहारलाई गोलरक्षक अमृत चौधरीले विफल पारे । आठौं मिनेटमा भरत शाहकाे पासलाई सौजन राईले भेट्न सकेन । ११ अौं मिनेटमा सौजन राईकाे फ्रिकिक बाहिरियाे […]

Success

Thank you for your time.