default_image

फुटबल

January 26, 2020

सावित्राको गोलमा गोकुलमको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोली र एपिएफकी फरवार्ड सावित्रा भण्डारीको गोलमा गोकुलम केरेला एफसीले महिला भारतीय (आई) लिगमा विजयी सुरुवात गरेको छ । श्रीभुमी एफसीलाई १–० ले हराउँदै गोकुलमले विजयी सुरुवात गरेको हो । भारतको बैंगलोर रंगशालामा भएको खेलको ६७ औं मिनेटमा सावित्राले गरेको गोल नै निर्णायक बनेको हो । सावित्राको क्लबका लागि यो […]

January 26, 2020

नवौं चरणमा थ्री स्टार र मछिन्द्र भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको आठौं चरण समाप्तीमा आइपुग्दा अंकतालिका रोमाञ्चक बनेको छ । त्रिभुवन आर्मी क्लबले दोस्रो स्थानको सानमिगेल मछिन्द्र क्लब र नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबलाई स्पष्ट ३ अंकले पछि पार्ने मौका गुमाएपछि लिग थप रोमाञ्चक मोडमा आइपुगेको छ । शनिबार न्यू रोड टिम (एनआरटी) सँग गोलरहित […]

January 26, 2020

बायर्नको सानदार जित

एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फराकिलो जित निकालेको छ । बायर्नले साल्के–४ माथि ५–० को फराकिलो जित आत्मसात गरेको हो । फराकिलो जितसँगै बायर्नले शीर्षस्थानको आरबी लेइपजिगसँगको अंक दुरी १ मा झारेको छ । आरवी लेइपजिग शनिबार राति फ्रन्कफर्टसँग २–० ले पराजित भएको फाइदा उठायो । जितसँगै बायर्नको १९ खेलबाट ३९ अंक पुगेको […]

January 26, 2020

झिनो जितसँगै चेल्सी एफए कपको पाँचौ चरणमा

एजेन्सी – लन्डन क्लब चेल्सी एफए कपको पाँचौ चरणमा प्रवेश गर्न सफल भएको छ । चेल्सीले च्याम्पियनसिप क्लब हल सिटीलाई २–१ ले पराजित गर्दै एफए कपको पाँचौ चरणमा पुग्न सफल भएको हो । केसीओम स्टेडियममा शनिबार राति भएको खेलमा चेल्सीको जितमा मिचे बात्सुयाई र फिकायो तोमोरीले गोल गरे । हलका कामिल ग्रोसिकीले सान्त्वना गोल फर्काए […]

January 25, 2020

बार्सिलोनामाथि भ्यालेन्सियाको सानदार जित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत लिगको शीर्षस्थानमा रहेको बार्सिलोनालाई भ्यालेन्सियाले हराएको छ । शनिबार घरेलु मैदान मेस्टालामा भएको खेलमा भ्यालेन्सियाले लिगको साविक विजेता बार्सिलोनालाई २-० ले पराजित गरेको हो । खेलको नवौं मिनेटमा नै भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्ने अवसर पाएको थियो । जेरार्ड पिकेले पेनाल्टी क्षेत्रभित्र जोसे गायालाई लडाएपछि रेफ्रीले उनलाई पहेंलो कार्ड देखाउँदै […]

January 25, 2020

ग्रासरुट फुटबल प्रशिक्षण सुरु

काठमाडौं (हाम्रो खेलकुद)– फुटबल मिसन टुगेदरको आयोजना बुढानिलकण्ठ ग्रासरुट फुटबल काउन्सिलको सहकार्यमा काठमाडौं उपत्यकाको उत्तरी भेगका विद्यालयको सहभागितामा ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रमको शनिबार औपचारिक सुरुवात भएको छ । बुठानिलकण्ठ स्कुलमा प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उत्तरी भेगका १५ विद्यालयका झन्डै ४ सय छात्रा छात्राको उपस्थिति थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालको मुख्य आतिथ्यतामा […]

January 25, 2020

फ्रेन्ड्समाथि संकटाको जित

काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारको दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो खेलमा संकटा १-० ले विजयी रहयो । फ्रेन्ड्सले सुरुवाती समयमा संकटामाथि दवाव बनाएपनि पोस्टमा बलियो आक्रमण गर्न सकेन । खेलको २४ औं मिनेटमा संकटाले अग्रता लिने सुवर्ण अवसर गुमायो […]

January 25, 2020

एनआरटीले आर्मीलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्यु रोड टिम (एनआरटी) बीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । यस बराबरीसँगै आर्मी लिगको शीर्षस्थानमा उक्लिएपनि १ अंकको मात्र अग्रता बनाउन सक्यो । खेलकाे चाैथाे मिनेटमा नवयुग श्रेष्ठको सशक्त प्रहार पाेस्टबाट थाेरै बाहिरियाे । १५ […]

January 25, 2020

पहिलो हाफमा आर्मी-एनआरटी गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्यु रोड टिम (एनआरटी) भिड्दै छन् । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । खेलकाे चाैथाे मिनेटमा नवयुग श्रेष्ठको सशक्त प्रहार पाेस्टबाट थाेरै बाहिरियाे । १५ औं मिनेटमा भरत खवासको हेडर गाेलरक्षक […]

January 25, 2020

आर्मीलाई स्तब्ध पार्ने एनआरटीको सुर

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आठौं चरणको अन्तिम दिन दुई खेल हुँदैछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्यु रोड टिम (एनआरटी) भिड्नेछन् । आर्मी लिग तालिकाको शीर्षस्थानमा ३ अंकको अग्रता कायम गर्न आतुर छ । मछिन्द्र र मनाङले आ-आफ्नो खेलमा जित दर्ता गरेपछि […]

Success

Thank you for your time.