default_image

फुटबल

October 29, 2019

‘रोनाल्डोको कमी पूरा गर्न गाह्रो छ’ – हाजार्ड

एजेन्सी – रियल म्याड्रिडका विंगर इडेन हाजार्डले टोलीका पूर्व स्टार क्रिस्टियानो रोनाल्डोको कमी महसुस हुन नदिन निकै कठिन रहेको अभिव्यक्ति दिएका छन् । रोनाल्डोले गत सिजन रियल म्याड्रिड छाडेर युभेन्टस पुगेपछि रियलले यसै सिजन हाजार्डलाई अनुबन्धन गरेको थियो । इंग्लिस क्लब चेल्सी छाडेर रियल आएका हाजार्डले अपेक्षित सुरुवात भने गर्न सकेका छैनन् । उनले रोनाल्डोको […]

October 28, 2019

ओडेगार्डको प्रगतिमा रियलको नजर

एजेन्सी – सन् २०१५ मे २४ तारिखको दिन गेटाफे र रियल म्याड्रिडविरुद्ध खेलमा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि तत्कालिन प्रशिक्षक फर्नान्डो हिएरोले युवा मिडफिल्डर मार्टिन ओडेगार्डलाई मैदानमा उतारेका थिए । त्यसबेला १६ वर्ष १५७ दिनको उमेरमा रियलबाट डेब्यु गर्दै उनी क्लब इतिहासकै सर्वाधिक कान्छा खेलाडी बने । त्यसपछि म्याड्रिडको सिनियर टोलीमा उनले नियमित स्थान […]

October 28, 2019

मैदान बाहिरका खेलाडीले बल छुँदा विपक्षी टोलीलाई पेनाल्टी

एजेन्सी – जर्मन फुटबल लिगको दोस्रो श्रेणी बुन्डेसलिगा-२ अन्तर्गत शुक्रबार होलस्टेन किएल र बोकुमबीचको खेलमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै रेफ्रीले आश्चर्यजनक पेनाल्टी निर्णय दिए । खेल चलिरहेको अवस्थामा पोस्ट पछाडी वैकल्पिक खेलाडी वार्मअप गरिरहेका थिए । बोकुमका खेलाडीले गरेको प्रहार पोस्टभन्दा बाहिर जाने पक्का भएपछि वार्मअप गर्दै गरेका मिडफिल्डर मिकेल एबेरवेनले बललाई […]

October 28, 2019

कतार विश्वकपका लागि ईपीएलले ९ दिन अघिमात्रै खेलाडी छाड्ने

एजेन्सी – घरेलु फुटबलको सबैभन्दा लोकप्रिय इंग्ल्यान्डको इंग्लिस प्रिमियर लिग (इपिएल) ले कतार विश्वकप २०२२ का लागि ९ दिन अघिबाट मात्रै खेलाडी रिलिज गर्ने योजना बनाएको छ । कतार विश्वकप २०२२ यसपटक विन्टर सिजनमा अर्थात २१ नोभेम्वरदेखि आयोजना हुदैछ । यसअघिका संस्करणहरु समर सिजनमा हुदै आएको थियो । समर सिजनमा कतारको तापक्रम ४० डिग्रीभन्दा माथि […]

October 28, 2019

महिला फुटबल स्टारहरुको ट्याटु मोह

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ आफ्नो खेल कौशलका कारण त चर्चामा छिन् नै । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा संयुक्त रुपमा पहिलो नम्बरमा रहेकी साम्बा बेला बेला हेयर स्टाइलका कारण पनि चर्चामा हुन्छिन् । छोटो कपाल र त्यसलाई रंगाउने उनको सौख नै हो । सम्बा र […]

October 28, 2019

नेयमार विना पिएसजीको लगातार जित

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा आफ्नो दबदबालाई कायम राखेको छ । टोलीले आइतबार मार्सेलीलाई ४–० ले पराजित गरेको थियो । मार्सेलीले सन् २०११ यता पिएसजीलाई हराउन सकेको छैन । पिएसजीले पहिलो हाफमै ४ गोल गरेको थियो ।   चोटका कारण नेयमार उपस्थित नरहेको पछिल्ला ३ खेलमा पिएसजीले १३ गोल गरिसकेको छ […]

October 28, 2019

८ महिनापछि युनाइटेडेको पहिलो अवे जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा फेब्रुअरी यता पहिलो पटक अवे जित निकालेको छ । आइतबार नर्विच सिटीका गोलकिपर टिम क्रुलले २ वटा पेनाल्टी जोगाउनँदा पनि युनाइटेड ३–१ ले विजयी भएको थियो ।   २१ ओं मिनेटमा स्कट म्याक टोमिनेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । प्रिमियर लिगमा युनाइटेडको त्यो २ हजारौं गोल थियो । […]

October 28, 2019

सालहको निर्णायक गोलमा टोटेनहममाथि लिभरपुलको जित

एजेन्सी– उत्कृष्ट पुनरागमनका साथ प्रिमियर लिगमा आइतबार टोटेनहमलाई २–१ ले हराएपछि शीर्षस्थानको लिभरपुलले दोस्रो स्थानको टोलीसँग छ ६ अंकको स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानमा साविक विजेता म्यानचेस्टर सिटी छ । मोहम्मद सालहले ७५ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेपछि लिभरपुलले घरेलु मैदानमा महत्वपूर्ण जित हासिल गरेको हो । साडियो मानेलाई पेनाल्टी बक्समा […]

October 27, 2019

बार्सिलोनालाई उछिन्दै ग्रानडा ला लिगाको शीर्षस्थानमा

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल बेटिसलाई १-० ले पराजित गर्दै ग्रानडा अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । ग्रानडाको जितमा बेटिसकै पुर्व खेलाडी अल्भारो भाडील्लोले गोल गरेका थिए । उनले ६१ औं मिनेटमा गोलरक्षक जोल रोबल्सलाई पहिलो पोस्टमा बिट गर्दै अग्रता दिलाएका थिए । त्यसको केहीबेरमै ग्रानडाले अग्रता दोब्बर पार्ने अवसर पाएपनि […]

October 27, 2019

‘साग खेल्ने फुटबल टोली जोशिलो छ’- कप्तान सुजल

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि अर्को मैत्रीपूर्ण खेल तय हुन सके त्यसले टोलीको जोश अझै बढ्ने नेपाली यू २३ फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ बताएका छन् । म्यानमारको यू २२ विरुद्धको शुक्रबार कतारको दोहामा मैत्रीपूर्ण खेल खेलेर आइतबार स्वदेश फर्केपछि सुजलले भने, ‘युवा टोली पुरै […]

Success

Thank you for your time.