default_image

फुटबल

September 22, 2019

वेस्ट ह्यामसँग युनाइटेड पराजित

एजेन्सी– वेस्ट ह्याम युनाइटेडले एन्ड्री यार्मोलेन्को र आरोन क्रिसवेलको गोलमा शनिबार प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गरेको छ । पहिलो हाफको लागि एक मिनेट बाँकी रहँदा यार्मोलेन्कोले गोल गर्दै अग्रता दिलाएका थिए । हुवा माटाले दोस्रो हाफको सुरुवातमै बराबरीको मौका पाएका थिए । आन्द्रेस पिरेराको क्रसमा माटाको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो । […]

September 22, 2019

सडन डेथमा द राइजिङलाई सफलता

मनोरञ्जन शर्मा भैरहवा– सडन डेथमा ग्रेट भिजयन युवा क्लब तरकुल्लाह, ओमसतीयालाई पराजित गर्दै द राइजिङ युवा क्लब कनरी सियारी सातौ थारु मिलन कप नकआउट फुटबल प्रतियोगिताको प्रि क्वाटर फाइनलमा प्रवेश गरेको छ । ओम सतियाको कर्महवाडाडा खेल मैदानमा आइतबार निर्धारित समय ग्रेट भिजयन र द राइजिङले १–१ गोलको बराबरी खेलेका थिए । टाइब्रेकरमा पनि ३–३ […]

September 22, 2019

रुस्लान थ्री स्टारको अध्यक्षमा जोशीसहित सबै निर्विरोध

ललितपुर (हाम्रो खेलकुद)– घरेलु फुटबलको सफल क्लबमध्येको एक रुस्लान थ्री स्टार क्लबको अध्यक्षमा अरुणमान जोशी निर्विरोध निर्वाचित भएका छन् । यसअघि जोशी कार्यवहाक अध्यक्ष थिए । क्लबको आइतबार बसेको वार्षिक साधारण सभाले जोशीको अध्यक्षतामा सबै १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । तीन वर्षे कार्यकालका लागि दुई सदस्य पछि चयन गर्ने गरि पुर्ण गरिने […]

September 22, 2019

भुटानसँग नेपालको लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपाललाई पराजित गर्दै भुटान साफ यू-१८ च्याम्पियन्सिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा भएको खेलमा आयोजक नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भुटान पहिलो जितमै सेमिफाइनमा पुगेको हो । ३७ औं मिनेटमा बक्सभित्र हुलमुलकाबीच यसी दोर्जीले गोल गरेपछि नेपाल पहिलो हाफलमा १-० ले […]

September 22, 2019

नेपालविरुद्ध भुटानलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल साफ यू-१८ च्याम्पियन्सिप अन्तर्गत समूह चरणको दोस्रो तथा अन्तिम खेलमा भुटानसँग पहिलो हाफमा १-० गोलले पछि परेको छ । हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा जारी खेलमा ३७ औं मिनेटमा बक्सभित्र हुलमुलकाबीच यसी दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका हुन् । त्यसअघि ११ औं मिनेटमा लोडे वाङ्चुकको कर्नरमा डिफेन्डरले राम्रोसँग […]

September 22, 2019

भुटानविरुद्ध नेपालको दुई परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-१८ फुटबल टोलीले साफ यू-१८ च्याम्पियन्सिप अन्तर्गत समूह चरणको दोस्रो तथा अन्तिम खेलमा भुटानको सामना गर्दैछ । पहिलो खेलमा माल्दिभ्ससँग १-१ को बराबरीमा रोकिएको नेपालले दोस्रो खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । पहिलो खेलमा माल्दिभ्सको एकमात्र पेनाल्टी गोलमा गल्ती गरेका रोशन दोङको स्थानमा अन्जल महर्जन टोलीमा आएका छन् […]

September 22, 2019

रुस्लान थ्रीस्टारले बंगलादेशमा खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष डिभिजन क्लब रुस्लान थ्री स्टार क्लबले बंगलादेशमा हुने शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा सहभागिता जनाउने भएको छ । ललितपुरमा आइतबार जारी थ्री स्टारको वार्षिक साधारण सभामा महासचिव सञ्जिव शिल्पकारले यसबारे जानकारी दिएका हुन् । आज थ्री स्टारको चुनावी साधारणसभा हुँदैछ । २०७२ सालमा तत्कालिन अध्यक्ष ललितकृष्ण श्रेष्ठलाई गुमाएपछि लामो समयदेखि […]

September 22, 2019

बायर्नको फराकिलो जित, लाइप्जिग शीर्षस्थानमा

एजेन्सी – साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फारकिलो जित निकालेको छ । घरेलु टोली बायर्नले १० खेलाडीमा समेटिएको कोलोग्नमाथि ४–० को फराकिलो जित निकालेको हो । बायर्नको फराकिलो जितमा फरवार्ड रोवर्ट लेवान्डोस्कीले दुई तथा फिलिपे कौटिन्हो र इभान पेरिसिसले समान एक गोल गरे । एलिनाज एरिनामा खेलको तेस्रो मिनेटमा नै रोवर्ट लोवान्डोस्कीले जोसुवा […]

September 22, 2019

मिलानलाई पराजित गर्दै इन्टर शीर्षस्थानमा

एजेन्सी – मिलान डर्वीमा एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ मा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा इन्टर मिलानले एसी मिलानलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । इन्टरको मार्सेलो ब्रोजोभिक र रोमेलु लुकाकुले गोल गरे । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि इन्टरले दोस्रो हाफमा दुई गोल […]

September 22, 2019

बार्सिलोना ग्रानडासँग स्तब्ध

एजेन्सी – साविकको विजेता बार्सिलोना स्पेनिस ला लिगामा ग्रानडासँग स्तक्ध बनेको छ । बार्सिलोना घरेलु टोली ग्रानडासँग २–० ले स्तब्ध बनेको हो । बार्सिलोनालाई स्तब्ध बनाउन घरेलु टोलीका रामन अजिज र अल्भरो भाडिलोले गोल गरे । ला लिगाको नयाँ सिजनका सुरुवाती ५ खेलमा बार्सिलोनाको यो दोस्रो हार हो । यसअघि बार्सिलोना एथ्लेटिको बिल्वाओसँग १–० ले […]

Success

Thank you for your time.