default_image

फुटबल

September 21, 2019

सिटीको ८ गोलमा सिल्भाको ह्याट्रिक

एजेन्सी – बर्नाडो सिल्भाले ह्याट्रिक पुरा गरेपछि डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा वाटफोर्डमाथि फराकिलो जित निकालेको छ । सिटीले घरेलु मैदानमा वाटफोर्डलाई ८–० को भारी अन्तरले पराजित गरेको हो । सिटीको फराकिलो जितमा सिल्भासँगै ६ खेलाडीले गोल गरे । सिल्भाले ह्याट्रिक पुरा गर्दा कप्तान डेभिड सिल्भा, सर्जियो अगुइरो, रियाद महारेज, निकोलस ओटामेन्डी र […]

September 21, 2019

पहिचान फेरेको भुटानविरुद्ध नेपालको परीक्षा

सुबास हुमागाईं, काठमाडौं केहि वर्षअघिसम्म दक्षिण एसियाको फुटबलमा भुटान कमजोर टोली थियो । समय यस्तो पनि थियो, भुटानसँगको खेल पर्ने भएपछि विपक्षी टोली जित-हारको हिसाब हैन, गोलको हिसाब गन्न थाल्थे । तर समयसँगै विपक्षी टोलीको हेर्ने नजर बदलिएको छ । र त्यो बदलाव भुटानले पछिल्लो समय गरेको प्रगतिकै कारण भएको हो । विगतमा भुटानविरुद्ध गोल […]

September 21, 2019

‘नेयमारलाई भित्राउन हरसम्भव प्रयास गरेका थियौं’

एजेन्सी – नेयमारलाई पुनः क्लबमा फर्काउन बार्सिलोनाले आफ्नोतर्फबाट हर सम्भव कोशिस गरेको क्लबका सिइओले बताएका छन् । तर, पेरिस सेन्ट जर्मेन (पिएसजी) ब्राजिलियन सुपर स्टारलाई बेच्न तयार नरहेका कारण सम्झौता हुन नसकेको बार्सिलोनाका सिइओ ओस्कार ग्राउले उल्लेख गरेका छन् । नेयरमालाई फर्काउनका लागि दुई पटक सम्म पिएसजीसँग प्रस्ताव गरेको सिइओ ग्राउले सञ्चारमाध्यमसँग प्रष्ट पारेका छन् […]

September 21, 2019

बंगलादेशको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा जारी साफ यु-१८ पुरुष फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा बंगलदेशले श्रीलंकालाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा शनिबार समुह बी को खेलमा बंगलादेशले श्रीलंकामाथि सहज जित हात पारेको हो । खेलको ३५ सेकेन्डमै मोहम्मद तनबीर हसनले गोलगर्दै अग्रता दिलाएका थिए । […]

September 21, 2019

बर्नमाउथसँग साउथह्याम्पटनको लज्जास्पद हार

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले बर्नमाउथसँग लज्जास्पद हार बेहोरेको छ । शुक्रबार राति सेन्ट मेरिज स्टेडियममा भएको खेलमा बल पोजेसन राखेपनि साउथह्याम्टन घरेलु मैदानमै बर्नमाउथसँग ३–१ ले पराजित भएको हो । बर्नमाउथको जितमा नाथन एके, ह्यारी विल्सन र कलुम विल्सनले गोल गरे । घरेलु टोलीका जेम्स वार्डले एक गोल फर्काए । खेलको १९औं […]

September 21, 2019

एएफसी यू १६ छनोटमा नेपालको अर्को लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू १६ च्याम्पियनसिप छनोटमा नेपाली टोलीले अर्को लज्जास्पद हार बेहोरेको छ । जोर्डनमा जारी छनोटमा शुक्रबार नेपाली टोली ताजकिस्तानसँग ७–० ले पराजित भएको छ ।   अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा नेपाली टोली पहिलो हाफमै ४–० ले पछि परेको थियो । टोलीले दोस्रो हाफमा थप ३ गोलको सामना […]

September 20, 2019

नेयमारलगायत सुपरस्टार नहुँदा टोलीलाई फाइदा

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार नभएकै कारण रियल म्याड्रिडलाई हराउन सकेको प्रशिक्षक थोमस टुचेलले बताएका छन् । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गतको पहिलो खेलमा बुधबार पिएसजीले रियललाई ३–० ले हराएको थियो । जसमा टोलीका स्टारत्रय नेयमार, केलियन एमबाप्पे र इन्डिन्सन काभानी खेलेका थिएनन् । नेयमार प्रतिबन्ध तथा काभानी र एमबाप्पे चोटका कारण […]

September 20, 2019

नेपाल माल्दिभ्ससँग बराबरीमा राेकियो

काठमाडाैं (हाम्राे खेलकुद) – डिफेन्डिङ च्याम्पियन नेपाल साफ यु-१८ पुरुष फुटबल च्याम्पियनसिपकाे पहिलाे खेलमा माल्दिभ्ससँग बराबरीमा राेकिएकाे छ । हल्चाेकस्थित नेपाल एपीएफ क्लबकाे खेल मैदानमा शुक्रबार भएकाे पहिलाे खेलमा नेपाल माल्दिभ्ससँग १-१ गाेलकाे बराबरीमा राेकिएकाे हाे । पहिलाे हाफमै पछि परेकाे नेपालले दाेस्राे हाफमा पुनरागमन गाेल गरेकाे हाे । नेपालका मनिष डाँगीले बराबरी गाेल फर्काए […]

September 20, 2019

नवयुग झापा स्पोर्टस अवार्डको मनोनयमा

बिर्तामोड (हाम्रो खलकुद)– राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ तथा शारीरिक सुगठनका राम दाहाल र उमेश राई झापा स्पोर्टस अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनमा पर्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले असोज १३ गते आयोजना गर्ने झापा स्पोर्टस् अवार्ड तेस्रो संस्करणको शुक्रबार मनोनयन सार्वजनिक गरेको छ […]

September 20, 2019

पहिलो हाफमा नेपाल पछाडि

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१८ च्याम्पियन्सिप अन्तर्गत उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल माल्दिभ्सविरुद्ध पहिलो हाफमा १-० ले पछाडि परेको छ । खेलकाे १३औं मिनेटमा माल्दिभ्सले पेनाल्टी गाेलमार्फत अग्रता लिएकाे हाे । पेनाल्टी बक्समा राेशन दाेङले माल्दिभ्सका कप्तान हसन नाजिमलाई फल गरेपछि प्राप्त पेनाल्टीमा कप्तान आफैंले सहजै गाेल गरेका थिए । त्यसअघि खेलकाे दाेस्राे मिनेटमा […]

Success

Thank you for your time.