default_image

फुटबल

August 6, 2019

राष्ट्रिय टोलीबाट ५ खेलाडी बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालिनले विश्वकप छनोटको तयारीमा रहेको टोलीबाट खेलाडी संख्या घटाएका छन् । पहिलो चरणमा ३६ खेलाडी बोलाइएकोमा ५ खेलाडी कम गर्दै ३१ खेलाडी दोस्रो चरणको छनोटमा परेका हुन् । पहिलो चरणबाट बाहिरिनेमा डिफेन्डर कमल श्रेष्ठ र अमित तामाङ तथा मिडफिल्डरहरु नितिन थापा, सेसेहाङ आङदेम्बे र मिक्छेन […]

August 6, 2019

कसले जित्ला ‘द बेस्ट’ अवार्ड?

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्दै आएको फिफा द बेस्ट अवार्डको लागि यसपटक कडा प्रतिस्पर्धा हुने भएको छ । मनोनयनमा च्याम्पियन्स लिग विजेता लिभरपुलको खेलाडीको दबदबा रहँदा साविक विजेता रियल म्याड्रिडका लुका मोड्रिचले स्थान बनाउन सकेनन् । सेप्टेम्बरमा घोषणा गर्ने नयाँ विजेताका लागि प्रिमियर लिगका ४ खेलाडी रहेका छन् । प्रिमियर लिगका […]

August 6, 2019

रोनाल्डोले खोले ‘सी’ सेलेब्रेसनको राज

एजेन्सी – युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो प्रख्यात ‘सी’ सेलेब्रेसनको बारेमा खुलासा गरेका छन् । उनले पहिलो पटक उक्त सेलेब्रेसन चेल्सीविरुद्ध सुरु गरेको पनि बताए । ३४ वर्षीय फरवार्ड रोनाल्डोले अमेरिका टुरमा रहेको खेलमा उक्त सेलेब्रेसन गरेका थिए । ‘हामी अमेरिकामा थियौं र चेस्लीविरुद्ध खेल्दा मैले सेलेब्रेसन गरें । मैले किन गरें थाहा छैन, आफैं […]

August 6, 2019

गोलरक्षक किरण प्रशिक्षणका लागि जापान जाँदै

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ बुधबार जापान प्रस्थान गर्ने भएका छन् । जापानको तेस्रो श्रेणी क्लब फुजिएदा माएफुसीमा प्रशिक्षणका साथै एनपीओ रियलको हिरो टु हिरो प्रोजेक्टको कार्यक्रममा सरिक हुन किरण त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । किरणले फुजिएदामा रहेर झन्डै ३ साता प्रशिक्षण गर्नेछन् । उनी नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका […]

August 5, 2019

क्विक्स कप छात्रा फुटबल अर्को साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद) – क्विक्स कप अन्तर विद्यालय राष्ट्रिय छात्रा फुटबल प्रतियोगिता अन्तर्गत काठमाडौं जिल्लाको प्रतियोगिता अर्को साता सुरु हुने भएको छ । साउन २६ गते सुरु हुने प्रतियोगितामा १४ विद्यालयको सहभागिता रहेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको कार्यक्रम अनुसार राष्ट्रिय खेलकुद परिषद्को समन्वय , क्विक्सिको प्रायोजन र अखिल नेपाल फुटबल संघको […]

August 5, 2019

मगाएर बने विश्वकै सर्वाधिक महँगो डिफेन्डर

एजेन्सी – इंग्ल्यान्डका राष्ट्रिय टोलीका सदस्य एवं लेस्टर सिटीका डिफेन्डर ह्यारी मगाएर विश्व फुटबलका सर्वाधिक महँगा डिफेन्डर बनेका छन् । म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीबीच मगाएरको ट्रान्सफरका लागि विश्व कीर्तिमानी ८० मिलियन पाउण्ड रकमको सम्झौता भएको हो । २६ वर्षीय डिफेन्डरलाई युनाइटेडले सोमबार सार्वजनिक गरेको छ । मगाएरले क्लबसँग ६ वर्षको सम्झौता गरेका छन् । […]

August 5, 2019

प्रशिक्षणमा फर्केकै दिन मेस्सी घाइते

एजेन्सी – बार्सिलोना कप्तान लिओनेल मेस्सी कोपा अमेरिकाको विश्रामपछि सोमबारदेखि प्रशिक्षणमा सामेल भए । तर दुर्भाग्यवस मेस्सी पहिलो दिन नै घाइते भएका छन् । प्रशिक्षणमा सामेल भएको केहिछिनमा नै उनको दायाँ खुट्टाको पिडुल्लामा चोट लागेको हो । उनको चोटबारे प्रारम्भिक जाँच गर्दा पहिलो श्रेणीको समस्या देखिएको क्लबले जनाएको छ । यद्यपि उनको चोटबारे विस्तृत विवरण […]

August 5, 2019

धेरै तलब मागेपछि युनाइटेडले डिबालालाई नभित्र्याउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालालाई अनुबन्धन नगर्ने निर्णय गरेको छ । युभेन्टसका फरवार्ड डिबालाले सोचेभन्दा धेरै तलबको माग गरेपछि युनाइटेड पछाडि हटेको हो । युनाइटेड र युभेन्टसबीच डिबाला र रोमेलु लुकाकु साटासाट गर्ने प्रारम्भिक सम्झौता भएपछि दुवै क्लबले खेलाडीसँग छलफल सुरु गरेका थिए । युभेन्टस र लुकाकुको छलफल सकारात्मक भएपनि […]

August 5, 2019

बार्सिलोनाको उद्दारमा सुआरेज

एजेन्सी – बार्सिलोनाले आइतबार राती आर्सनललाई पराजित गर्दै जोआन गाम्पर ट्रफीमाथि कब्जा जमायो । बार्सिलोनाको २-१ को जितमा लुइस सुआरेजले इन्ज्युरी समयमा विजयी गोल गरेका थिए । आर्सनलविरुद्ध सुआरेज ६५ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । उनी मैदान प्रवेश गर्दा आर्सनल १-० को अग्रतामा थियो । उनले पहिलो गोलको लागि संघर्ष […]

August 5, 2019

टिसीको बराबरीमा विमलको गोल

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्सको शीर्ष श्रेणी लिग धिवेहि प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा नेपाली फरवार्ड विमल घर्तीमगरले गोल गरेका छन् । टिसी स्पोर्ट्सबाट व्यवसायिक फुटबल खेल्दै आएका विमलले शीर्षस्थानमा रहेको डा ग्रान्ड विरुद्ध १-१ को बराबरीमा गोल गरे । पहिलो हाफमा विमलको गोलमा टिसीले अग्रता बनाएको थियो । उनले पेनाल्टी क्षेत्रभित्र पाएको कटब्याक पासलाई […]

Success

Thank you for your time.