default_image

फुटबल

June 3, 2019

रोनाल्डोको दबदबालाई मेसीले तोडे !

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका सुपर स्टार लियोनल मेसीले च्याम्पियन्स लिगमा युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डाको दबदबालाई तोडेका छन् । मेसीले रोनाल्डोको दबाबलाई तोड्दै यो वर्ष च्याम्पियन्स लिगको गोल्डेन बुट जितेका छन् । ३१ वर्षे मेसीले युरोपियन च्याम्पियन्स लिगमा १२ गोल गर्दै आफुलाई हकदार बनाउँदा लगातार छ पटक गोल्डेन बुट जितेका रोनाल्डो यो सिजन पछि परेका छन् […]

June 3, 2019

फ्रान्सको जितमा ग्रिज्मनको गोल

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा विश्व विजेता फ्रान्स विजयी भएको छ । घरेलु मैदानमा फ्रान्सले बोलिभियालाई २–० ले हराएको हो । फ्रान्सको जितमा थोमर लेमार र एन्टोइन ग्रिजमनले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको पाँचौ मिनेटमा नै लेमारको गोलबाट फ्रान्सले अग्रता बनाएको थियो । ४३औं मिनेटमा ग्रिजमनले गोल गर्दै […]

June 2, 2019

नेपाल मलेसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाले घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाललाई २-० ले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा २ गोल थप्दै मलेसियाले सहज जित दर्ता गरेको हो । डिफेन्डर अनन्त तामाङले वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अख्यर रसिदलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मलेसियाले पेनाल्टी पाएको थियो । उक्त […]

June 2, 2019

अभिषेकको राष्ट्रिय टोलीबाट डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – युवा विंगर अभिषेक रिजालले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् । मलेसियाविरुद्ध जारि मैत्रीपूर्ण खेलको ६४ औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै उनले पहिलो खेल खेलेका हुन् । नेपाल खेलमा १-० ले पछाडी छ । मनाङ मर्स्याङ्दीमा आबद्ध रहेर एएफसी कप खेलिरहेका अभिषेक एन्फा एकडेमीका उत्पादन हुन् । […]

June 2, 2019

किरणको लगातार बचाउ, पहिलो हाफ बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक किरण चेम्जोङकले राष्ट्रिय टोलीबाट गर्दै आएको उत्कृष्ट प्रदर्शलाई निरन्तरता दिँदा नेपाल र मलेसियाबीच जारि मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । खेलको सुरुवाती समयदेखि नै मलेसियाले नेपालमाथि दबाब बनाएको थियो । पहिलो मिनेटमा नै डरलाग्दो स्थानमा फ्रिकिक पाएको मलेसियाले त्यसको सदुपयोग गर्न सकेन । पाँचौ मिनेटमा मलेसियाका स्याज्वन […]

June 2, 2019

मलेसियाविरुद्ध खेल्ने सुरुवाती ११ सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि सुरुवाती ११ को घोषणा गरेको छ । गोलरक्षकमा किरण चेम्जोङ रहेका छन् । डिफेन्समा रंजित धिमाल, अनन्त तामाङ, देवेन्द्र तामाङ र विराज महर्जन छन् । मिडफिल्डमा रवी पासवान, रोहित चन्द, विक्रम लामा र सुजल श्रेष्ठले खेल्नेछन् । आक्रमणको जिम्मेवारी विमल राना र […]

June 2, 2019

विमल माल्दिभ्स प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड विमल घर्तिमगर माल्दिभ्सको शीर्ष डिभिजन क्लब तथा लिग च्याम्पियन ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्स क्लबबाट खेल्न आइतबार माल्दिभ्स प्रस्थान गरेका छन् । विमलले केहि महिनाअघि युरोपका टोलीहरुमा ट्रायल र प्रशिक्षण दिएपनि सफल नहुँदा माल्दिभ्सबाट उनलाई प्रस्ताव आएको थियो । विमलले क्लबसँग यस सिजनको लागि अनुबन्धन गरेका […]

June 2, 2019

‘संन्यास लिनुअघि अर्जेन्टिनालाई उपाधि दिलाउन चाहन्छु’ – मेसी

एजेन्सी – अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेसीले कोपा अमेरिकाको उपाधि जित्नु आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका मेसीले राष्ट्रिय टोलीको लागि केहि उपाधि नजिती संन्यास नलिने पनि प्रष्ट पारे । उनले संन्यास कहिले लिने भन्नेप्रश्नमा यस्तो जवाफ दिए । ‘जब मैले खेलमा रम्न छाड्छु, त्यो दिन मैले […]

June 2, 2019

नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपाल र मलेसिया भिड्दै छन् । नेपाली समयअनुसार साँझ ७:४५ मा हुने खेलका लागि नेपाली टोली शुक्रबार मलेसिया पुगेको थियो । एसियाली राष्ट्रहरुबीचको वरियतामा नेपाल र मलेसियाबीच एक स्थानको मात्र अन्तर छ । नेपाल ३४ औं स्थानमा छ भने मलेसिया ३५ औं स्थानमा छ । फिफा वरियतामा […]

June 2, 2019

लिभरपुललाई च्याम्पियन्स लिग उपाधि

म्याड्रिड (एजेन्सी)– लिभरपुलले च्याम्पियन्स लिग उपाधि जितेको छ । प्रिमियर लिग प्रतिद्धन्द्धि टोटेनहमलाई आइतबार २–० ले हराउँदै लिभरपुल छैटौं पटक च्याम्पियन्स लिग विजेता बनेको हो । लिभरपुलले पछिल्लो पटक सन् २००५ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो । लिभरपुललाई च्याम्पियन बनाउनका लागि मोहम्मद सलाह र परिवर्तित डिभोकओरिगीले गोल गरेका थिए । सलाहले दोस्रो मिनेटमा पेनाल्टी […]

Success

Thank you for your time.