default_image

फुटबल

March 1, 2019

भिनिसियस ब्राजिलको राष्ट्रिय टोलीमा, मार्सेलो अटेनन्

एजेन्सी – रियल म्याड्रिडका युवा विंगर भिनिसियस जुनियर ब्राजिलको राष्ट्रिय टोलीमा पहिलोपटम परेका छन् । मार्च तेस्रो सातामा हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक टिटेले शुक्रबार घोषणा गरेको टोलीमा अटाएका हुन् । ब्राजिलले मार्च २३ मा पानामा र मार्च २६ मा चेक गणतन्त्रविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । नियमित कप्तान नेयमार चोटका कारण टोलीमा […]

March 1, 2019

दमनशील दाउफिन्स !

सुबास हुमागाईं, पोखरा पछिल्लो समय नेपाली फुटबलमा ‘दाउफिन्स फुटबल क्लब’ नामक एक क्लब निकै चर्चामा छ । मोफसलका ६ प्रतियोगिता खेल्दै तीन उपाधि जितेको दाउफिन्सको आधिकारिकतामा एन्फाले नै लगातार प्रश्न उठाउँदा टोलीको सहभागिता भने नियमित नै रहेको छ । आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले दाउफिन्सलाई १-० ले पराजित गर्दै लगातार उपाधिको सिलसिलालाई […]

March 1, 2019

रुस्लान थ्री स्टार र आर्मीको उपाधि दाउ

पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकपको १७ हौं संस्करणको उपाधिका लागि शनिबार रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । पोखरा रंगशालामा हुने उपाधि भिडन्तको पूर्वसन्ध्यामा दुवै टोलीले उपाधिका लागि खेल्ने प्रस्ट पारेका छन् । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आर्मी जस्तो राम्रो टोलीविरुद्ध फाइनल खेल्न आतुर रहेको बताए । ‘ आर्मी निकै […]

March 1, 2019

भ्यालेन्सिया कोपा डेल रे फाइनलमा

एजेन्सी – घरेलु मैदानमा रियल बेटिसलाई पराजित गर्दै भ्यालेन्सियाले स्पेनिस कोपा डेल रेको फाइनलमा स्थान पक्का गरेको छ । बिहीबार रातिको खेलमा भ्यालेन्सिया १-० ले विजयी रहँदै समग्रमा ३-२ को जित दर्ता गर्न सफल रहयो । भ्यालेन्सियाका लागि फरवार्ड रोड्रीगो मोरेनोले ५६ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । त्यसअघि पहिलो लेग २-२ […]

February 28, 2019

रेनिएरी बर्खास्त

एजेन्सी – इंग्लिस क्लब फुलहमले आफ्ना मुख्य प्रशिक्षक क्लाउडियो रेनिएरीलाई बर्खास्त गरेको छ । प्रिमियर लिग अन्तरगत बुधबार राति साउथह्याम्पटनसँग २–० को हारसँगै क्लबले इटालियन प्रशिक्षक रेनिएरीलाई बिहीबार बर्खास्त गरेको हो । फुलहम अहिले रेलिगेसन जोनको १९औं स्थानमा छ । साउथह्याम्पटनसँगको हारसँगै फुलहम रेलिगेसन नजिक पुगेको छ । फुलहमले २८ खेलबाट मात्रै १७ अंक जोडेको […]

February 28, 2019

झापा गोल्डकपको खेल तालिका सार्वजनिक, मनाङ र आर्मी एकै पोलमा

बिर्तामोड (हाम्रो खेलकुद) – शनिबारबाट आयोजना हुने चौथो संस्करणको मग मग झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक भएको खेल तालिका अनुसार उद्घाटन खेलमा आयोजक झापा–११ ले साहरा क्लब पोखराको सामना गर्नेछ । यस्तै अघिल्लो वर्षको च्याम्पियन त्रिभुवन आर्मी क्लब र सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब एक पोलमा परेको छ । जसअनुसार […]

February 28, 2019

फुटबल विकासमा चीनले सहयोग गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल विकासका लागि चीन फुटबल एसोसिएसन (सिएफए) र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच चार वर्षे सम्झौता भएको छ । नेपाल भ्रमणमा रहेका चाईनिज फुटबल संघका कार्यवहाक अध्यक्ष डु जाओकाई र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बिहीबार चार बर्षे सम्झौता पत्रमा औपचारक रुपमा हस्ताक्षर गरे । एन्फा र चीनले मुख्य […]

February 28, 2019

नेपालका ९ ‘ए’ डिभिजन क्लब एएफसी कप खेल्न योग्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ‘ए’ डिभिजन लिगका १२ मध्ये लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबसहित नेपालका ९ ‘ए’ डिभिजन क्लबले एएफसी कप खेल्ने क्लब लाइसेन्स प्राप्त गरेका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी कपको लागि तोकेको मापदण्ड पुरा गरेको भन्दै नेपालका ९ ‘ए’ डिभिजन क्लबलाई क्लब लाइसेन्सको मान्यता […]

February 28, 2019

दाउफिन्स अहिले क्यामरुन नफर्कने

सुबास हुमागाईं, पोखरा पछिल्लो समय नेपाली मोफसल फुटबलमा लगातार सफलता हात पारिरहेको दाउफिन्स फुटबल क्लब अझै नेपालमा रहने भएको छ । कुनै प्रतियोगिता खेल्ने निश्चित नहुँदापनि दाउफिन्स नेपालमै रहेर प्रशिक्षण गर्ने टोलीका कप्तानले बताएका हुन् । बिहीबार १७ औं आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग १-० ले पराजित हुँदै लगातार चौथो उपाधिबाट दाउफिन्स […]

February 28, 2019

दाउफिन्सलाई हराउँदै आर्मी फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब १७ अौं अाहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा दाउफिन्स फुटबल क्लबलाई १-० ले पराजित गर्दै अार्मीले फाइनल भिडन्त पक्का गरेको हो । खेलको १३ अौं मिनेटमा टेकबहादुर बुढाथोकीले अार्मीलाई अग्रता दिलाए । दायाँ विङबाट अाएको क्रसलाई टेकले ६ यार्डमा बक्सभित्रबाट हेडरमार्फत […]

Success

Thank you for your time.