default_image

फुटबल

February 7, 2019

तेस्रो डिभिजनको क्लबमाथि पीएसजीको अतिरिक्त समयमा जित

एजेन्सी – फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले तेस्रो डिभिजनको क्लब भिल्लीफ्रान्चेलाई ३–० ले पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भएको छ । भिल्लीफ्रान्चेको घरेलु मैदानमा बुधबार राति भएको खेलमा पीएसजीले तेस्रो डिभिजनको क्लबलाई पराजित गर्न अतिरिक्त समय नै कुर्नुपरेको थियो । पीएसजीलाई जिताउन जुलियन ड्रेक्सलर, मोउसा डियावी र एडिन्सन काभनीले गोल गरे […]

February 7, 2019

बायर्न म्युनिख जर्मन कपको क्वाटरफाइनलमा

एजेन्सी – बायर्न म्युनिख जर्मन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बायर्नले अतिरिक्त समयमा हर्था बर्लिनलाई ३–२ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । बर्लिनको घरेलु मैदानमा बुधबार राति भएको खेलमा घरेलु टोलीले सुरुवाती अग्रता बनाएपनि जोगाउन नसक्दा पराजित हुन पुग्यो । खेलको तेस्रो मिनेटमा नै म्याक्सिमिलियनले गोल गर्दै घरेलु टोलीले खेलमा […]

February 7, 2019

बार्सिलोना र रियलको ‘एल क्लासिको’ बराबरी

एजेन्सी – विश्व फुटबलको दुई महारथी बार्सिलोना र रियल मड्रिडबीचको ‘एल क्लासिको’ अर्थात स्पेनिस कोपा डेल रेको अन्तरगतको सेमिफाइनलको पहिलो लेग १–१ को बराबरीमा सकिएको छ । नोउक्याम्पमा बुधबार राति भएको खेलमा बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्ट्याएर बराबरीको नतिजा निकालेको हो । खेलको छैटौ मिनेटमा लुकास भास्क्वेजको गोल गरेपछि घरेलु टोली पछि परेको […]

February 7, 2019

लिभरपुललाई पछि पार्दै सिटी शीर्षस्थानमा उक्लियो

एजेन्सी – लिभरपुललाई पछि पार्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तरगत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई २–० ले पछि पराजित गर्दै शीर्ष स्थनमा फर्किएको हो । सिटीले लिभरपुललाई गोल अन्तरमा पछि पारेको हो । सिटी र लिभरपुलको समान ६२ अंक छ । यद्दपि लिभरपुलले एक खेल […]

February 6, 2019

एल क्लासिको आज राती, मेसीको अवस्था अज्ञात

एजेन्सी – विश्व फुटबलकै चर्चित खेलमध्येको एल क्लासिकोमा आज राती रियल म्याड्रिड र बार्सिलोना भिड्दैछन् । स्पेनिस कोपा डेल रे को सेमिफाइनलका चरणको पहिलो लेगमा दुई टोली आमनेसामने हुन लागेका हुन् । बुधबार हुने पहिलो लेग बार्सिलोनाको घरेलु मैदानमा हुँदैछ । दोस्रो लेगको खेल भने रियलको मैदानमा २७ फेब्रुअरीमा हुदैछ । त्यसलगत्तै स्पेनिस ला लिगाको […]

February 6, 2019

मनाङ मनकामना पोखराको कपको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)– पल्सर सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लब पोखरामा जारी छैटौ मनकामना पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ‘ए’ डिभिजन प्रतिद्धन्द्धी ब्रिगेड ब्वाइज (बिबिसी) लाई टाइब्रकेरमा ५–४ ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो […]

February 6, 2019

लिग लिडर डर्टमन्ड जर्मन कपबाट बाहिर

एजेन्सी – लिग लिडर बोरुसिया डर्टमन्ड जर्मन कपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । डर्टमन्ड घरेल मैदानमा वेडर ब्रेमेनसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुदै प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो । डर्टमन्डले खेलमा तीपटक अग्रता लिएर पनि अग्रता जोगाउन असफल बन्यो । निकै नै रोमाञ्चक र नाटकीय बनेको खेलको निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट […]

February 5, 2019

जापानी टोलीसँग पुलिसको हार

पोखरा (हाम्रो खेलकुद) – उपाधिको दावेदार विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै जापानको रिस्सो युनिभर्सिटी छैटौं मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा रिस्सोले पुलिसलाई १–० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो । रिस्सोलाई अन्तिम चारमा पुर्याउन यासोटाका सुजुकीले पहिलो हाफमा गरेको […]

February 5, 2019

एसी मिलान जुनियर क्याम्प चैत अन्तिम साता

काठमाडौं (हाम्रो खेलकुद)- इटालियन क्लब एसी मिलान फुटबल क्लबको दोस्रो संस्करणको जुनियर क्याम्प चैत अन्तिम साता आयोजना हुने भएको छ । एटलान्टिक स्पोर्टस् म्यानेजमेन्टका आयोजना तथा वान अप प्रालिको व्यवस्थापनमा दोस्रो संस्करणको जुनियर क्याम्प आउदो चैत २४ गतेबाट ३० गतेसम्म एक साताका लागि आयोजना हुने जानकारी गराएको हो । कार्यक्रम संयोजक थम्मन भुषालले जुनियर क्याम्पमा […]

February 5, 2019

लिभरपुलको बराबरीसँगै प्रिमियर लिगको उपाधि होड खुल्ला

एजेन्सी – शीर्षस्थानमा रहेको लिभरपुल वेस्टह्याम युनाइटेडसँग बराबरीमा रोकिएसँगै इंग्लिस प्रिमियर लिगको उपाधि होड खुल्ला बनेको छ । प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले सुरुमै लिएको अग्रता जोगाउन नसक्दा वेस्टह्यामसँग १–१ को बराबरीमा रोकिएको हो । यससँगै प्रिमियर लिगको उपाधि होड खुल्ला बनेको छ । वेस्टह्यामलाई पराजित गर्न सकेको भए लिभरपुलले ५ अंकको […]

Success

Thank you for your time.