default_image

फुटबल

February 10, 2019

दाउफिन्सलाई पोखरा कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लबलाई पराजित गर्दै क्यामरुनको दाउफिन्स फुटबल क्लबले मनकामना केवलकार पोखरा कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा आइतबार भएको फाइनलमा दाउफिन्स १-० ले विजयी भयो । दाउफिन्सका लागि विदेशी खेलाडी यानिक ओवानाले दोस्रो हाफको ५३ औं मिनेटमा गरेको गोल निर्णायक सावित भयो । उनी फाइनल […]

February 10, 2019

नेपोलीको बराबरीसँगै युभेन्ट्सलाई अग्रता बढाउने अवसर

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा फिओरेन्टिनाको घरेलु मैदानमा नेपोली गोलरहित बराबरीमा रोकिएको छ । फिओरेन्टिनाका गोलरक्षक अल्बान लाफोन्टले उत्कृष्ट प्रदर्शन गरेपछि नेपोली बराबरीमा रोकिएको हो । यससँगै नेपोलीले लगातार तेस्रो अवे खेलमा गोल गर्न चुकेको छ । यता फिओरेन्टिनाले भने लिगको २३ खेलमा ११ औं बराबरी खेलेको छ । यस बराबरीले […]

February 10, 2019

संघर्षपूर्ण जितमा पीएसजीलाई चोटको पिरलो

एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत शनिबार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बोर्डोलाई १-० ले पराजित गर्यो । तर खेलमा दुई महत्त्वपूर्ण खेलाडी घाइते हुँदै बाहिरीपछि पीएसजीलाई ठूलो समस्या परेको छ । खेलको ४२ औं मिनेटमा पेनाल्टीमार्फत एडिन्सन कभानीले गरेको गोल नै पीएसजीको जितमा निर्णायक बनेको हो । तर उनी कभानी दोस्रो हाफमा […]

February 10, 2019

डर्टमुण्डले ३ गोलको अग्रता लिँदापनि जित्न सकेन

एजेन्सी – बोरुसिया डर्टमुण्डले जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राती भएको खेलमा ३-० को अग्रता लिनका बाबजुद अंक गुमाएको छ । होफेनहाइमविरुद्धको खेल ३-३ को बराबरीमा रोकिएपछि शीर्षस्थानमा पकड गुम्ने सम्भावना बढेको हो । डर्टमुण्डले खेलको ३२ औं मिनेटमा इंग्लिस खेलाडी जेडन सान्चोको गोलमा अग्रता लिएको थियो । लगत्तै ४३ औं मिनेटमा मारियो गोट्जेले अग्रता दोब्बर […]

February 10, 2019

एट्लेटिकोको मैदानमा रियलको सहज जित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ । एट्लेटिकोको घरेलु मैदानमा रियल ३-१ ले विजयी रह्यो । खेलको १६ अौं मिनेटमा रियलले क्यासेमिरोको गोलमा अग्रता लिएको थियो । सर्जियो रामोसको हेडरलाई क्यासेमिरोले पेनाल्टी क्षेत्रभित्रबाट दर्शनीय ढंगले गोलमा परिणत गरेका थिए । त्यसको ९ मिनेटमा […]

February 9, 2019

लिभरपुल पुनः शीर्षस्थानमा

लिभरपुल (एजेन्सी)– लिभरपुल पुनः प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । घरेलु मैदानमा शनिबार एएफसी बोर्नमाउथलाई ३–० ले हराएपछि म्यानचेस्टर सिटीलाई पछि पार्दै लिभरपुल पुन शीर्षस्थानमा उक्लेको हो । साडियो मानेको गोलबाट २४ औं मिनेटमा मिनेटमा अग्रता लिएको थियो । जेम्स मिल्नरको क्रममा उनले हेडमार्फत गोल गरेका थिए । त्यसको १० मिनेटपछि जर्जियो विज्नाल्डुमले गोल गर्दै […]

February 9, 2019

भारतले इरानलाई हरायो, नेपाल पुछारमा

काठमाडौं (हाम्रो खेलकुद) – भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपअन्तर्गत शनिबारको दोस्रो खेलमा खेलमा आयोजक राष्ट्र भारतले इरानलाई १-० ले पराजित गरेको छ । कालिंगा रंगशालामा भारतको लागि खेलको ४८ औं मिनेटमा अन्जु तामाङले गरेको गोल निर्णायक सावित भयो । यससँगै भारत प्रतियोगितामा ३ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा ३ अंकसहित […]

February 9, 2019

युनाइटेड प्रिमियर लिगको शीर्ष चारमा

फुलह्याम (एजेन्सी)– सिजनको पहिलो दिनपछि पहिलो पटक म्यानचेस्टर युनाइटेड इग्लिस प्रिमियर लिगको शीर्ष चार भित्र पर्न सफल भएको छ । पाउल पोग्बाको २ गोलको मद्दतमा शनिबार फुलह्यामलाई ३–० ले हराउँदै युनाइटेड शीर्ष चारमा उक्लन सफल भएको हो । फुलह्यामका लुसियानो भिट्टोले नजिकबाट गरेको प्रहार गोल हुन सकेन । तर, पोग्बाले १४ औं मिनेटमा गोल गर्दै […]

February 9, 2019

हिरो गोल्डकप महिला फुटबल- नेपाल म्यानमारसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले हारबाट भारतको भुवनेश्वरमा सुरु भएको हिरो गोल्ड कप महिला फुटबल च्याम्पियनसिपको सुरुवात गरेको छ । तस्बिर सौजन्य : अखिल नेपाल फुटबल संघ (एन्फा) । झन्डै चार महिना अघि ओलम्पिकको दोस्रो चरणका लागि छनोट भएको नेपाली टोली शनिबार हिरो कपको पहिलो खेलमा म्यानमारसँग ३–० सँग पराजित भएको छ । नेपालले ओलम्पिक […]

February 9, 2019

मनाङ मनकामना केबुलकार पोखरा कपबाट बाहिरियो

पोखरा (हाम्रो खेलकुद)– पल्सर सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मस्याङ्दी क्लब अर्को नकआउट फुटबल प्रतियोगिताको उपाधि दौडबाट बाहिरिएको छ । लिग च्याम्पियन बनेयता मनाङले कुनै नकआउट उपाधि जित्न सकेको छैन । मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको उपाधि दौडाबाट पनि मनाङ शनिबार बाहिरिएको छ । पोखरा रंगशालामा क्यामरुनको दाउफिन्स क्लबसँग सडन डेथमा […]

Success

Thank you for your time.