default_image

फुटबल

January 19, 2019

राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक योहन कालिनसँग अन्तर्वार्ता

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमिति बैठकले स्विडिस प्रशिक्षक योहान कालिनलाई नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पने निर्णय गरेको छ । यसअघि नेपालमै रहेर मछिन्द्र क्लबको प्रशिक्षकको पनि जिम्मेवारी सम्हालेका कालिन मार्चदेखि प्रशिक्षकमा नियुक्त हुँदैछन् । यसै सेरोफेरोमा हाम्रो खेलकुदका सुबास हुमागाईंले प्रशिक्षक कालिनसँग लिएको अन्तर्वार्ता : १. राष्ट्रिय टोलीको […]

January 19, 2019

बायर्नले डर्टमन्डसँगको अंक दुरी छोट्यायो

एजेन्सी – साविकको विजेता बायर्न म्युनिखले शीर्ष स्थानमा रहेको बोरुसिया डर्टमन्डसँगको अंक दुरी छोट्याएको छ । विन्टर ब्रेकपछिको पहिलो खेलमा बायर्नले टीएसजी होफेनहाइनलाई ३–१ ले पराजित गर्दै शीर्ष स्थानमा रहेको डर्टमन्डसँगको अंक दुरी ३ मा झारेको हो । बायर्नको १८ खेलबाट ३९ अंक पुगेको छ । एक खेल कम खेलेको डर्टमन्डको ४२ अंक छ । […]

January 18, 2019

मनाङलाई फिफा अध्यक्ष इन्फान्टिनोको बधाई

काठमाडौं (हाम्रो खेलकुद)– विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले नेपालको ए डिभिजन लिग च्याम्पियन बन्न सफल भएकोमा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबलाई बधाई दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पामार्फत बिहीबार पत्र पठाउँदै फिफा अध्यक्ष इन्फान्टिनोले आठौं पटक लिग च्याम्पियन बन्न सफल भएकोमा मनाङका खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्रावधिक टोली, […]

January 18, 2019

‘४० लाख बराबरको सामान दाखिला छैन’– एन्फा

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफु मातहतका ४ जिल्ला संघका अध्यक्षले निर्वाचनमा आर्थिक अनियमितता भएको भन्ने लगाएको आरोप आधारहिन भएको बताएको छ । केन्द्रिय कार्यसमितिको बैठक बसको भोली पल्ट शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाले काठमाडौं, ललितपुर, भक्तपुर र धादिङका अध्यक्षले लगाएको सबै आरोप आधारहिन भएको जनाएको छ । ‘जथाभावी भत्ता […]

January 18, 2019

एपिएफ रुस्लान सिमरा गोल्डकपको क्वार्टरफाइनलमा

सुनिल गाउँले सिमरा– नेपाल एपिएफ क्लब सिमरामा जारी रुस्लान सिमरा गोल्ड कपको क्वार्टरफाइनलमा पुगेको छ । विशाल मेमोरियल फाउन्डेसनलाई १–० ले हराउँदै विभागिय टोली एपिएफ सिमरा गोल्डकपको अन्तिम आठमा पुगेको हो । आशिष लामाले खेलको ३६ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । आशिष नै खेलको म्यान अफ दी म्याच बनेका थिए । […]

January 18, 2019

खप्तड गोल्डकप : उपाधिमा पुलिस र थ्री स्टारकै दाबेदारी

धनगढी (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लब मोफसलकै सर्वाधिक धनराशी पुरस्कार रहेको तेस्रो नेपाल अाइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा शनिबार भिड्दैछन् । प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तान एवं प्रशिक्षकले मोफसलको यात्रा सर्वाधिक ठूलो प्रतियोगिताको उपाधिसहित गर्ने लक्ष्य राखेको बताएका छन् । सेमिफाइनलमा सीएमजी क्लब संकटालाई टाइब्रेकरमा […]

January 18, 2019

रोनाल्डोका उपलब्धी – ४ क्लब, २६ उपाधि

टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा बुधबार युभेन्ट्सले इटालियन सुपर कपको उपाधि हात पार्यो । एसी मिलानलाई १–० हराउँदै युभेन्ट्सले उपाधि जितेको हो । रोनाल्डो यसै सिजनको सुरुवातमा १ सय ५ मिलियन युरोमा रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए । क्लब फुटबलका लागि सम्भव सबै खाले उपाधि जितेपछि रोनाल्डो रियल छाडेर इटाली लागेका थिए । रोनाल्डोमा […]

January 18, 2019

‘विभागको भएपनि व्यवसायिक क्लबलाई चुनौती दिनेछौं’ – प्रशिक्षक थापा

सुबास हुमागाईं, धनगढी नेपाल पुलिस क्लबले बिहीबार धनगढीमा जारी खप्तड गोल्डकपको सेमिफाइनलमा सीएमजी क्लब संकटालाई टाइब्रेकरमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान पक्का गर्यो । टाइब्रेकरमा पुलिसका लागि वैकल्पिक गोलरक्षक रोशन खड्काले संकटाका सुभाष गुरुङको पाँचौ प्रहार बचाएका थिए । त्यसपछि कप्तान विक्रम धिमालको गोलमा पुलिसले फाइनलमा स्थान पक्का गरेको थियो । टाइब्रेकरमा जित हासिल गरेपछि […]

January 18, 2019

बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा

एजेन्सी – पहिलो लेगमा २–१ ले पछि परेको बार्सिलोनाले लेभान्टेमाथि दोस्रो लेगमा ३–० को पुनरागमन जित निकाल्दै कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ । बार्सिलोनाले समग्रमा ४–२ को जित निकाल्दै आन्तिम आठमा पुग्न सफल भएको हो । घरेलु मैदान क्याम्प नोउमा बिहीबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन औसमान डेम्वेलेले २ तथा कप्तान लियोनल […]

January 17, 2019

शतप्रतिशत जितसहित जापान प्रि–क्वाटरफाइनलमा

एजेन्सी – एक गोलले पछि परेको स्थिति उल्ट्याउदै जापानले एसियन कप फुटबलमा उज्वेकिस्तानलाई २–१ ले पराजित गरेको छ । समूह ‘एफ’ को अन्तिम चरणका खेलमा उज्वेकिस्तानमाथिको जितसँगै जापानले समूहमा शत प्रतिशत जित निकाल्यो । युएईंस्थित खालिफा विन जायद स्टेडियममा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा जापान खेलको ४०औं मिनेटमा पछि परेको थियो । इल्डोर सोमुरोडोभले गोल गर्दै […]

Success

Thank you for your time.