default_image

फुटबल

December 17, 2018

मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

लेभान्टे (एजेन्सी) – कप्तान लियोनेल मेस्सीको  ह्याट्रिक प्रेरित खेलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा लेभान्टेमाथि शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको लेभान्टेलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । मेस्सीले ह्याट्रिक पुरा गर्दा लुइस स्वारेज र जेरार्ड पिकेले समान १ गोल गरे । ला […]

December 17, 2018

म्यानचेस्टरलाई हराउदै लिभरपुल पुनः शीर्ष स्थानमा फर्कियो

एनफिल्ड (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित पुनः शीर्ष स्थानमा फर्किएको छ । प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा लिभरपुलले युनाइटेडलाई ३–१ को गोल अन्तरमा पराजित गरेपछि लिगको शीर्ष स्थानमा फर्किएको हो । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई १ अंकले पछि परेको हो । लिभरपुलले १७ खेलबाट ४५ अंक जोड्दा […]

December 16, 2018

चेल्सी विजयी, आर्सनलको साउथह्याम्पटनसँग हार

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन होभ अल्वियोनलाई उसकै मैदानमा २–१ ले पराजित गर्दा अर्काे लन्डन क्लब आर्सनल साउथह्याम्टनसँग ३–२ ले स्तब्ध भएको छ । आइतबार भएको खेलमा चेल्सीलाई जिताउन पेड्रो रोड्रिग्वेज र इडेन हाजार्डले गोल गरे । घरेलु टोलीका लागि सोली मार्चले एक गोल गरे । चेल्सीले खेलको १७औं मिनेटमा […]

December 16, 2018

इलामको माइभ्याली गोल्डकप स्थगित

इलाम (हाम्रो खेलकुद) – इलाममा वर्षेनी आयोजना हुदै आएको माइभ्याली गोल्डकपको पाँचौ संस्करण स्थगित भएको छ । आयोजक माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघ इलामले आइतबार पत्रकार सम्मेलन गरेर सेनाको असहयोगका कारण प्रतियोगिता गराउन नसकिने जानकारी गराउदै प्रतियोगिता स्थगित गरिनु परेको बताएकोछ । प्रतियागिता हुदै आएको सदरमुकामस्थित ठूलो टुँडिखेलमा नेपाली सेनाले काँडेतारले तारबार गरेपछि […]

December 16, 2018

नवौं चरणमा थ्री स्टार र मनाङ बलिया टोलीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणको खेल सोमबारदेखि सुरु हुँदैछ । सातौं चरणमा मनाङले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा ३ अंकको अग्रता कायम राखेको थियो । नवौं चरणमा मनाङलाई च्यासल युवा क्लबले बलियो चुनौती पेस गर्नेछ । च्यासलले पछिल्लो समय सुखद नतिजा आत्मसात गर्दै आएको छ । […]

December 16, 2018

एन्फा पहिलो ब्याचका खेलाडीबाट ‘गजेन्द्र सर’लाई सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– केहि अघि सम्म गुमनाम जस्तै गजेन्द्र राना अहिले चर्चामा छन् । पत्रकार विद्या चपागाईले तयार पारेको हेर्ने कथा गर्जेन्द्र सर युट्यूबमार्फत सार्वजनिक भएपछि उनको चर्चा सुरु भएको हो । पाँच वर्षअघि आफन्त र नाता गोताका बारेमा बुझ्न राजधानीबाट सुर्खेतको आफ्नो गाँउ पुगेका गजेन्द्र त्यहाँको प्राथमिक विद्यालयको अवस्था देखेर केहि समय पढाउने योजनामा […]

December 16, 2018

रियलले विश्वकप सेमिफाइनलमा जापानी क्लबसँग खेल्ने

एजेन्सी – फिफा क्लब विश्वकपको साविक विजेता रियल म्याड्रिडले उपाधि रक्षाका लागि सेमिफाइनलमा जापानी क्लब काशीमा एन्टलर्सको सामना गर्ने भएको छ । एन्टलर्सले शनिबार भएको क्वाटरफाइनलमा मेक्सिकोको सिभास ग्वाडलाहारालाई ३-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । सिभासले खेलको पहिलो हाफमा एन्जल जल्दिभरको गोलमा सुरुवाती अग्रता लिएपनि रयोटा नागकीले बराबरी गोल फर्काए । […]

December 16, 2018

डर्टमन्ड अपराजित, बायर्नको फराकिलो जित

एजेन्सी – बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा वेर्डर ब्रेमेनलाई पराजित गर्दै आफ्नो शीर्षता थप पकड बनाएको छ । शनिबार राति भएको खेलमा डर्टमन्डले वेर्डेर ब्रेमेनलई २–१ ले पराजित गर्दै आफ्नो शीर्षता थप पकड बनाएको हो । लिगमा अपराजित रहेको डर्टमन्डको १५ खेलबाट ३९ अंक पुगेको छ । यसक्रममा डर्टमन्डले १२ खेलमा जित र ३ खेलमा बराबरीको […]

December 16, 2018

बर्नलीमाथि टोटेनहमको संघर्षपूर्ण जित

वेम्वली (एजेन्सी) – क्रिस्टियन इरिक्सनले इन्ज्युरी समयमा गोल गरेपछि टोटेनहम हस्टपरले बर्नलीलाई १–० ले पराजित गरेको छ । घरेलु मैदान वेम्वली स्टेडियममा शनिबार राति भएको प्रतिस्पर्धात्मक बनेको खेल बराबरीतर्फ धकेलिएपनि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इरिक्सनले गोल गर्दै टोटेनहमलाई महत्वपुर्ण ३ अंक दिलाए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका इरिक्सनले ह्यारी केनको पासलाई […]

December 16, 2018

रोनाल्डोको निर्णायक गोलमा युभेन्टस विजयी

टोरिनो (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेपछि युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा टोरिनोलाई १–० ले पराजित गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो । टोरिनोको घरेलु मैदानमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा विपक्षी गोलरक्षकको गल्तीमा रियलले ७०औं मिनेटमा पेनाल्टीको मौका पाएको थियो । सिमोन […]

Success

Thank you for your time.