default_image

फुटबल

February 18, 2017

बुढासुब्बामा रुपन्देही र काँकरभिट्टाबीच प्रतिस्पर्धा हुँदै

धरान (हाम्रो खेलकुद) — उदयपुर गोल्डकप च्याम्प्यिन रुपन्देही ११ ले बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा मा काँकरभिट्टा ट्रेनिङ सेन्टरको सामना गर्दैछ । उदयपुर जिते लगत्तै रुपन्देही धरान यात्रामा निस्केको हो ।बुढासुब्बाको शुक्रबार भएको खेलमा नेपाल पुलिसले आयोजक धरान फुटबल क्लबलाई सडन डेथमा हराएर अन्तिम आठको यात्रा तय गरेको थियो । धरान १७ स्थित […]

February 17, 2017

शेख कमल प्रतियोगिताको तयारी पुरा

चितगोङ –दोस्रो संस्करणको ‘शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७’ को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक चितगोङ अवहनी लिमिटेडले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो । प्रतियोगिता अघिको पत्रकार सम्मेलनमा सबै टिमको प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यसहित बंगलादेश आइपुगेको बताएका छन् । मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले करिव […]

ajit-nepal-police

February 17, 2017

नाटकीय खेलमा पुलिसको जित , आयोजक सडेन डेथमा पराजित

धरान (हाम्रो खेलकुद) – आयोजक धरान पहेलोलाई नाटकिय रुपमा हराउदै नेपाल पुलिस क्लव धरानमा जारी १९औं अन्र्तराष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको क्वाटर फाइनल प्रबेश गरेको छ । शुक्रवार धरान १७ स्थित एन्फा टेक्निकल सेण्टरको खेल मैदानमा भएको खेलमा पुलिसले आयोजक ‘पहेलो’ लाई सडेन डेथमा १०–९ले हराएको हो । निर्धारित समयको खेलमा १–१ गोलको बराबरी […]

February 17, 2017

बंगलादेशमा मनाङको खेल समय परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा भोलीबाट सुरु हुने दोस्रो ‘शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७’ का लागि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको खेल समयमा परिवर्तन भएको छ। बंगलादेश फुटबल संघ (बिएफएफ) ले गत मंगलबार टाइसिट ‘ड्र’ कै दिन सार्वजनिक गरेको खेल समय पुनः बिहिबार परिवर्तन गरेको हो। नयाँ समय अनुसार मनाङले समूह चरणका सबै तीन खेल […]

February 17, 2017

इब्राहिमोभिकको ह्याट्रिकमा युनाइटेडको जित

लन्डन (एजेन्सी)– ज्लाटान इब्राहिमोभिकको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडले युरोपा लिगअन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा सेन्ट इटिनीलाई ३–० ले पराजित गरेको छ । १५ औं मिनेटमा पहिलो गोल गरेका इब्राहिमोभिकले दोस्रो गोल ७५ औं मिनेटमा गरे । उनले खेल सकिन २ मिनेट अघि पेनाल्टीमा अर्को गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । अर्को इङ्लिस टोली टोटेनह्याम […]

February 17, 2017

बुढासुब्बा रेडबुल गोल्डकपमा पुलिस र आयोजक पहेलोबीच प्रतिस्पर्धा हुँदै

धरान (हाम्रो खेलकुद)— बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगितामा आज विभागिय टोली नेपाल पुलिस क्लब र आयोजक धरान फुटबल क्लबको पहेलो टोलीबीच प्रतिस्पर्धा हुँदैछ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा सञ्चालित प्रतियोगितामा पहिलो दिन बिहीबार सिएमजी क्लब संकटा र भारतको दुर्गापुर स्टिल कोलकातालाई ३–२ ले हराएको थियो । दुर्गापुर, भारतको अर्काे क्लब युनाइटेड सिक्कम फुटबल […]

February 16, 2017

उद्घाटन खेलमा हिमचुली एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो मध्यपुर थिमि नगरपालिका कप विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा हिमचुली एकेडेमी विजयी भएको छ । थिमी मैदानमा बिहीबार भएको खेलमा हिमचुलीले ग्लाडस्टोट एकेडेमीलाई टाइब्रेकरमा ३–२ ले हराएको थियो । ७० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । मध्यपुर थिमी नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एसोसिएसनको […]

February 16, 2017

चितगोङमा मनाङको प्रशिक्षण

काठमाडौं (हाम्रो खेलकुद) – शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा भाग लिन यहाँ बंगलादेश पुगेको लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले बिहीबार प्रशिक्षण सुरु गरेको छ । टोली बुधबार साझ चितगोङ पुगेको थियो । मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले हवाई यात्राको थकाईका कारण बिहिबार सामान्य प्रशिक्षण मात्रै गरिएको बताए । ‘खेलाडी मात्र हैन हामी पनि थकित […]

morang

February 16, 2017

रुपन्देही ११ लाई रमपम उदयपुर गोल्डकप

उदयपुर (हाम्रो खेलकुद) – रुपन्देही ११ ले रममप चौथो उदयपुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मोरङ फुटबल क्लबलाई टाइब्रकेरमा ४–३ ले हराउँदै रुपन्देहीले उपाधि जितेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा रुपन्देहीले बाजी मारेको हो । उपाधिसहित रुपन्देहीले २ लाख रुपैयाँ तथा मोरङले १ लाख रुपैयाँ प्राप्त गरे । टाइब्रेकरमा […]

February 16, 2017

उदयपुर गोल्डकप फाइनल – मोरङ की रुपन्हेदी ?

गाइघाट(हाम्रो खेलकुद)– रमपम चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि बिहिबार मोसफलका दुई टोलीबीच प्रतिस्पर्धा हुँदैछ । २ लाख रुपैयाँसहितको उपाधिका लागि रुपन्देही ११ र मोरङ फुटबल क्लबबीच दिउँसो थाहरुहट उदयपुर रंगशालामा प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलमा बलिया प्रतिद्वन्द्विलाई पन्छाउँदै रुपन्देही र मोरङले एकअर्कासँगको भेट पक्का गरेका थिए । रुपन्देहीले ए डिभिजन लिग टोली हिमालयन शेर्पालाई […]

Success

Thank you for your time.