default_image

फुटबल

December 1, 2021

च्यारिटी खेलमा रोनाल्डिन्होको ह्याट्रिक

एजेन्सी – ब्राजिलियन भेट्रान मिडफिल्डर रोनाल्डिन्होले च्यारिटी खेलमा ह्याट्रिक प्रहार गरेका छन् । ब्राजिलको स्टेडियो रेइ पेलेमा मंगलबार राति भएको च्यारिटी खेलमा ४१ वर्षीय रोनाल्डिन्होले आफ्नो अद्भुत कला पस्कदै समर्थकमाझ ह्याट्रिक पुरा गरेका हुन् । टिम रोनाल्डिन्हो र टिम कार्लिनहसबीचको च्यारिटी खेलमा रोनाल्डिन्होको टोली ५–१ ले विजयी हुन सफल भयो । उनले आफ्नो इन्स्टाग्रामको पोस्टको […]

December 1, 2021

रियल म्याड्रिडले ट्रान्सफर विन्डोमा गर्ने ५ निर्णय

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका लागि आउदो जनवरी महिना ठुला निर्णय गर्ने महिनाको रुपमा देखिने भएको छ । यसपटकको विन्टर ट्रान्सफरमा रियलले खेलाडी अनुबन्धमा केही महत्वपुर्ण निर्णय गर्न सक्नेछ । सोही कारण रियल जनवरी महिना भरि नै व्यस्त हुन सक्नेछ । गत जनवरी (२०२०) मा रियलले अष्ट्रियन भर्सटाइल डेभिड अलाबालाई क्लबमा अनुबन्ध गर्न सफल […]

December 1, 2021

मेस्सीसामु रोनाल्डो कमजोर सावित हुँदै

एजेन्सी – विश्व फुटबलमा पछिल्लो १५ वर्षयता दुई सुपर स्टार क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सीबीच प्रतिस्पर्धा रहँदै आएको छ । त्यसकै कारण पछिल्लो डेढ दशक बालोन डी ओर अधिकांश समय यि दुई खेलाडीको वरिपरि घुमेको छ । तर, अब विस्तार यी दुई खेलाडीबीचको प्रतिस्पर्धा अन्त्यतिर आइपुगेको देखिन्छ । प्रतिष्ठित बालोन डी ओर मेस्सीले सोमबार सातौं […]

December 1, 2021

बायर्न र बार्सिलोनाको खेल दर्शकविना हुने

एजेन्सी – युईएफ च्याम्पियन्स लिग अन्तरगतको जर्मन क्लब बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोनाबीचको समूह चरणको अन्तिम खेल बन्द रंगशालामा हुने भएको छ । यो खेल बायर्न म्युनिखको घरेलु मैदान एलिएन्ज एरिनामा अर्काे साता आयोजना हुदैछ । पछिल्लो समय जर्मनीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दै गएपछि जर्मन सरकारले खेलकुदलाई बन्द रंगशालामा गर्ने योजना […]

December 1, 2021

डिबाला र मोराटाको गोलमा युभेन्ट्सको जित

एजेन्सी – अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला र स्पेनिस फरवार्ड अल्भारो मोराटाको गोलमा इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले जित निकालेको छ । युभेन्ट्सले घरेलु टोली सालेरनिटानालाई २–० ले पराजित गरेको हो । स्टेडिया एरेची सालेरनोमा मंगलबार राति भएको खेलमा डिबालाले पहिलो हाफमा तथा मोराटाले दोस्रो हाफमा गोल गरेका थिए । खेलको २१औं मिनेटमा डिबालाले गोल गर्दै […]

November 30, 2021

नेयमार आठ साता मैदान बाहिर

एजेन्सी – ब्राजिल तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फरवार्ड नेयमार कम्तीमा आठ साता मैदान बाहिर रहने भएका छन् । घुँडाको चोटको कारण नेयमार लामो समय मैदान बाहिर रहने क्लबले पुष्टि गरेको छ । नेयमारले लिग वान अन्तरगत सेन्ट इटिएनमाथि ३–१ को पूनरागमन जित निकालेको खेलमा नेयमारको घुँडामा चोट लागेको थियो । […]

November 30, 2021

तथ्यांकमा ए डिभिजन – मनाङ अंक नगुमाउने एक्लो टोली

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको सोमबार दोस्रो चरणको समाप्ती सम्म आइपुग्दा शतप्रतिशत सफल नतिजा निकाल्ने मनाङ मर्स्याङ्दी क्लब एक्लो टोली रहेको छ । लिगको सर्वाधिक सफल टोलीले वाह भन्ने खेल प्रदर्शन गर्न नसकेपनि दुवै खेलमा १–० का जित निकाल्न सफल भएको छ । पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १–० […]

November 30, 2021

लेवान्डोस्कीलाई उत्कृष्ट गोलकर्ता अवार्ड

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले बालोन डि ओर अवार्ड अन्तरगतको वर्षको उत्कृष्ट गोलकर्ताको अवार्ड जितेका छन् । बालोन डि ओर अवार्डकै मुख्य दावेदार रहेको लेवान्डोस्की यसवर्ष दोस्रो स्थानमा रहे । सोमबार राति भएको अवार्ड कार्यक्रममा अर्जेन्टिना तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड लियोनेल मेस्सीले कीर्तिमानी सातापटक यो […]

November 30, 2021

मेस्सीले जिते कीर्तिमानी सातौ पटक बालोन डि ओर उपाधि

एजेन्सी – अर्जेन्टिना तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड लियोनेल मेस्सीले कीर्तिमानी सातापटक बालोन डि ओरको उपाधि जितेका छन् । मेस्सीको यो सातौ बालोन डि ओर अवार्ड हो । यस वर्षको अवार्ड जित्ने क्रममा क्याटलान क्लब बार्सिलोनाका पुर्व फरवार्ड मेस्सीले जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र चेल्सीका इटालियन मिडफिल्डर […]

November 29, 2021

उपाधि दाबेदारकै फरवार्ड लाइनमा समस्या

काठमाडौं (हाम्रो खेलकुद)– अघिल्लो संस्करणको कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको विजेता साविक विजेता मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले यसपटक सोमबार गोलरहित बराबरी खेल्दा दुवै टोलीका प्रशिक्षकले फरवार्ड लाइनमा समस्या रहेको बताए । २०७६ फागुन ३ गते लिगको अन्तिम खेलमा आर्मीलाई हराउँदै पहिलो पटक लिग मछिन्द्रलाई लिग च्याम्पियन बनाएका प्रशिक्षक प्रवेश […]

Success

Thank you for your time.