default_image

फुटबल

September 5, 2021

राष्ट्रिय टोलीमा गोलरक्षक विशालको ‘डेब्यु’

काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक विशाल श्रेष्ठले राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका छन् । भारतविरुद्ध घरेलु मैदानमा भएको दोस्रो मैत्रीपुर्ण खेलमा विशालले कप्तान तथा पहिलो रोजाईका गोलरक्षको स्थान लिदै राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । उनी ८६औं मिनेटमा कप्तान किरण चेम्जोङको स्थानमा मैदान छिर्दै राष्ट्रिय टोलीबट डेब्यु गरेका हुन् । ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल […]

September 5, 2021

नेपालविरुद्ध भारतको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा घरेलु टोली नेपालविरुद्ध दोस्रो हाफमा अग्रता लिएको छ । सब्सिच्युट फारुक हाजी कासम चौधरीले ६२औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन् । उनी दोस्रो हाफको शुरुमै मदान प्रवेश गरेका थिए । दोस्रो हाफको खेल जारी छ । ६६औं मिनेटमा तेज तामाङको प्रहार फ्रेम बाहिर परेपनि अन्जन विष्टले […]

September 5, 2021

नेपालविरुद्ध भारत – पहिलो हाफ गोलविहीन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारतले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपालले पहिलो हाफमा भारतको तुलनामा बढी अवसर सिर्जन गरेपनि फिनिसिङमा चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । खेलको १३औं मिनेटमा तेज तामाङको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुदै आएको बलमा मनिष डाँगीले […]

September 5, 2021

कप्तान किरण सर्वाधिक खेल खेल्ने खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक तथा कप्तान किरण चेम्जोङ राष्ट्रिय टोलीबाट सर्वाधिक ‘क्याप’ जित्ने खेलाडी बनेका छन् ।भारतविरुद्ध आइतबार दोस्रो मैत्रीपूर्ण खेलमा उत्रदै राष्ट्रिय टोलीको उनको खेल संख्या ७४ पुगेको छ । किरणले यसअघिका कप्तान तथा डिफेन्डर विराज महर्जनले राखेको ७३ क्यापको कीर्तिमानलाई तोडेका हुन् । भारतविरुद्ध बिहीबार पहिलो मैत्रीपूर्ण खेल खेल्दै किरणले विराजको ७३ […]

September 5, 2021

भारतविरुद्ध नेपालको सुरुवाती ११ घोषणा, तीन खेलाडी परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली चिरपरिचित प्रतिद्धन्द्धी भारतविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलका लागि नेपालको सुरुवाती ११ घोषणा भएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरली भारतविरुद्धको पहिलो खेलमा भन्दा तीन खेलाडी परिवर्तन गरेका छन् । प्रशिक्षक अलमुताइरीले अन्जन विष्ट, सुमन अर्याल र नवयुग श्रेष्ठलाई बेञ्चमा राख्दा आशिष लामा, मनिष डाँगी र सुजल श्रेष्ठलाई पहिलो रोजाईमा मौका […]

September 5, 2021

महिल टोलीले दशरथ रंगशालामा बंगलादेशसँग दुई खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपुर्ण खेल खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु मैदानमा बंगलादेशसँग दुई मैत्रीपुर्ण खेल पक्का भएको जनाएको छ । मैत्रीपुर्ण खेल २४ र २७ भदौमा हुनेछ । मंगलबार मात्रै महिला टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसिया कप […]

September 5, 2021

भारतविरुद्ध नेपालको सम्भावित ११

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले दुई खेलको मैत्रीपूर्ण सिरिज अन्तर्गत दोस्रो खेलमा आज भारतको सामना गर्दैछ । खेल दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ । पहिलो खेलमा नेपालले अन्जन विष्टको गोलमा पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा गोल खाएपछि १-१ को बराबरी खेलेको थियो । पहिलो हाफमा खेललाई नियन्त्रणमा राखेको नेपालले […]

September 5, 2021

सान्चोले विश्वकप छनोट गुमाउने

एजेन्सी – इंग्ल्यान्डका युवा विंगर जेडन सान्चोले फिफा विश्वकप कतार २०२२ अन्तरगतको युरोपेली छनोटको दुई खेल गुमाउने भएका छन् । चोटको कारण सान्चोले एन्डोरा र पोल्याण्डविरुद्धको खेल गुमाउने भएका हुन् । २१ वर्षीय सान्चोले प्रशिक्षणको दौरान चोट बोकेको बताईएको छ । सान्चोले चोट बोकेपछि उनलाई टोलीबाट फुकुवा गरिएको छ । म्यानचेस्टर युनाइटेडलाई उनको चोट सामान्य […]

September 5, 2021

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र भारत भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारतीय राष्ट्रिय टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज (आइतबार) साझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । खेल साँझ ५:३० बजे हुनेछ । अर्काे महिना माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा रहेका यी दुई टोलीबीचको बिहीबार भएको पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो । विहीबार पहिलो हाफमा अन्जन विष्टको गोलबाट लिएको […]

September 5, 2021

क्रोएसियाले स्लोभाकियालाई हरायो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा क्रोएसियाले स्लोभाकियामाथि १–० को झिनो जित निकालेको छ । स्लोभाकियामा शनिबार राति भएको खेलमा क्रोएसियाको जितमा मार्सेलो ब्रोजोभिकले खेल सकिन ४ मिनेट बाँकी रहँदा गरेको गोल नै पर्याप्त बन्यो । प्रतिस्पर्धात्मक खेलको तेस्रो मिनेटमा नै क्रोएसियाले आक्रमण बुन्दा मार्सेलो ब्रोजोभिकको प्रहारले पोस्टको दिशा लिन सकेन । […]

Success

Thank you for your time.